Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'दलहरु सत्ताको बाँडफाँडमा फँस्दा मुलुक संकटमा पर्दै गएको छ'

काठमाडौं,  August 11, 2008-नेकपा माओवादीका सचिवालय सदस्य पोष्टबहादुर बोगटीले रक्षा मन्त्रालय अन्य दललाई नदिने बताएका छन् भनेकांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले रक्षा मन्त्रालय नपाए कांग्रेस सरकारमै नजाने दोहोर्याएका छन् ।

बोगटीको भनाई छ- 'सेना समायोजन र शान्ति प्रकृयालाई असफल बनाउने उद्येश्यबाट रक्षा मन्त्रालय माओवादीलाई नदिने रणनीति बनाइएको छ यो माओवादीलाई स्वीकार्य छैन ।'

'रक्षा मन्त्रालय कांग्रेस या अन्य दललाई दिन सकिदैन' बोगटीले भने- 'रक्षा मन्त्रालय लिएर कांग्रेसले सेना समायोजनलाई धरापमा पार्ने षड्यन्त्र गरिरहेछ ।' देशलाई द्वन्द्वमा फसाउने षड्यन्त्रहरु भइरहेको बताउँदै माओवादी नेता बोगटीले रक्षा मन्त्रालय नपाएकै आधारमा कांग्रेस सरकारमा नआए कुनै फरक नपर्ने बताए । कांग्रेसले सरकारको नेतृत्व गर्दा रक्षा, गृह, अर्थ, जलस्रोत जस्ता महत्वपूर्ण मन्त्रालय अन्य दललाई नछाडेको स्मरण गराउँदै उनले भने- 'प्रमुख पद आफूलाई चाहिन्छ भन्ने कांग्रेस सर्वसत्तावादले ग्रस्त छ ।'

बोगटीले माओवादीको हातखुट्टा बाँधेर सरकारको नेतृत्व दिन खोजिएकाले सचेत भएको बताउँदै लोकतान्त्रिक र राष्ट्रवादी शक्तिहरु एक हुन लागेकाले कांग्रेस आत्तिएकोपनि बताएका छन् । अमेरिका र भारत आफूहरुविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाउँदै नेता बोगटीले भने- 'राष्ट्रिय सहमतिको सरकार निर्माणमा अवारोध आएपनि त्यसलाई पन्छाएर नेकपा माओवादी अगाडि बढ्नेछ ।' रिपोटस्र क्लबद्धारा आयोजित साक्षात्कार कार्यक्रममा बोगटीले उपरोक्त कुरा बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले नेपाली कांग्रेसले रक्षा मन्त्रालयको जिम्मेवारी नपाए सरकारमा सहभागी नहुने बताए । रक्षा मन्त्रालय नपाउँदा कांग्रेस प्रतिपक्षमा रहेर शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर्याउने बताउँदै श्रेष्ठले सेना समायोजनलाई तार्किक निष्कर्षमा पुर्याउनकै लागि कांग्रेसले रक्षा मन्त्रालय पाउनुपर्ने जिकिरपनि गरे । श्रेष्ठको भनाई थियो- 'आफ्नै सेना भएको पार्टी प्रमुखले रक्षा मन्त्रालय लिएर राज्यको सेनाको जिम्मेवारी लिन मिल्दैन ।' माओवादीबाहेक एमाले र फोरमले रक्षा मन्त्रालय पाए मान्य हुने भनाईपनि श्रेष्ठको थियो ।

एमालेका केन्द्रीय सदस्य भीम रावलले आफ्नो दलले गृह मन्त्रालय पाउने सहमति बनिसकेको बताउँदै शक्ति बाँडफाँड, नीति तथा कार्यक्रम, आचारसंहिता तथा विधिको प्याकेजमै सहमति हुने र यसै हप्ता सरकार बनिसक्ने जानकारी दिए ।

रावलले भने- 'सरकार गठनका लागि बढी लागे सात दिन लाग्छ ।' गृह, रक्षा र अर्थ मन्त्रालयको बांडफाँड हुनुपर्ने एमालेको धारणा रहेको बताउँदै उनले कम्बोडियामा शान्ति प्रकृया सफल बनाउन दुईवटा प्रधानमन्त्रीको अवस्था समेत रहेको स्मरण गराउदै शक्ति बाँडफाँड गर्दा विशिष्ट परिस्थिति मध्यनजर गरिनुपर्ने बताए । दलहरुले लचकता देखाएर अघि बढ्नुको विकल्प नभएको बताए ।
  साक्षात्कारमा सहभागी जनमोर्चा नेपालका कार्यवाहक अध्यक्ष लिलामणि पोखरेलले रक्षा मन्त्रालय सरकारको नेतृत्व गर्ने दलको हैसियतले माओवादीले नै सम्हाल्नुपर्ने बताएका थिए । उनको भनाई थियो- 'माओवादीलाई सरकारको नेतृत्व गर भन्ने तर रक्षा मन्त्रालय अन्य दलले दाबी गर्नु भनेको हलो अड्काउने बहानामात्र हो । कांग्रेसले रक्षा मन्त्रालय दाबी गरेर अहिले सरकार गठनको हलो अड्काउन खोजिरहेको छ ।'

माओवादीले सरकारको नेतृत्व गर्नुपर्नेमा जोड िदंदै पोखरेलले शक्तिशाली मन्त्रालयबाट माओवादीलाई बन्चित बनाएर सरकारको नेतृत्व िदंदा थप जटिलता आउने बताए । उनले भने- 'दलहरु सत्ताको बाँडफाँडमा फँस्दा मुलुक संकटमा पर्दै गएको छ ।'

-Sitaram Baral in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®