Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सहमतीको सरकार बनाउन दलहरु असफल

काठमाडौं,  August 8, 2008-शक्ति बाँडफाँडमा कुरा नमिलेपछि राष्ट्रिय सहमतीको सरकार बनाउने दलहरुको प्रयास असफल भएको छ । सहमतीको सरकार निर्माणको लागि राष्ट्रपतिले दिएको दोस्रो म्याद भित्र पनि सहमती बन्न नसकेपछि सरकार गठन संविधान सभाबाट गरिने छ ।

सिंहदरबारस्थित शान्ति तथा पुनरनिर्माण मन्त्रालयमा साउन २४ गते बसेको प्रमुख चार दलको वैठकपछि माओवादी अध्यक्ष प्रचण्डले सरकार गठनको प्रकृया संविधान सभाबाटै टुङ्गो लाग्ने बताए । उनले सहमतीको प्रयास भने जारी रहने उल्लेख गरे ।

काँग्रेस उप-सभापति रामचन्द्र पौडेलले सबै कुरा प्याकेजमा समाधान गर्नु पर्ने धारणा राखे । भोलि ११ बजे बस्ने वैठकमा पनि सहमती खोजिने पौडेलको भनाई थियो ।
पाँच घण्टा लामो छलफलपछि सन्‍चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव झलनाथ खनालले माओवादीको नेतृत्वमा सरकार बन्नु पर्ने तथा बहुमतीय प्रणालीमा गए पनि सकेसम्म सहमती जुटाइने बताए ।

फोरम अध्यक्ष उपेन्द्र यादवले भने ठूला दलहरुवीचको असहमतीकै कारण वैठक निश्कर्ष विहिन भएको आरोप लगाए । यादवले कसको नेतृत्वमा सरकार बन्ने भन्ने निर्णय हुन नसक्दा शक्ति वाँडफाँड र न्यूनतम साझा कार्यक्रममा छलफल हुनै नपाएको बताए ।

वैठकमा काँग्रेसले समानन्तर संरचनाको अन्त्य, माओवादीले कब्जामा लिएका नीजि तथा सार्वजनिक सम्पत्ति फिर्ता, ब्यारेकमा रहेका माओवादी सेना सरकारको नियन्त्रणमा हुनु पर्ने र विगतमा सरकार तथा माओवादीवीच भएका सम्झौताहरु पालना हुनुपर्ने लगायतका पाँच बुँदे सर्त राखेको थियो ।

-Santa Bagam in Kathmandu














   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®