|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
संविधान सभा निर्वाचनमा कुन दलले कति खर्च गरे
? काठमाडौं, June 13, 2008- संविधान सभा निर्वाचनमा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन तर्फ गरेको खर्च विवरण युएस नेपाल अनलाईनले प्राप्त गरेको छ । आयोग स्रोतले दिएको जानकारी अनुसार नेकपा एमालेले सबैभन्दा बढी १ करोड ३६ लाख ८० हजार खर्च गरेको छ भने सबै भन्दा कम हिन्दु प्रजातान्त्रिक पार्टीले जम्मा ३१ रुपियाँ मात्रै खर्च भएकॊ विवरण आयोगमा बुझाएको छ । समानुपातिकमा सबै भन्दा बढी अर्थात १ सय सीट जीतेको नेकपा माओवादीले जम्मा ३७ लाख ८४ हजार ३ सय २३ रुपियाँ खर्च गरेको छ । निर्वाचन परिणामको आधारमा सबै भन्दा ठूलो दल बनेको माओवादी समानुपातिक तर्फ खर्च गर्नेमा भने पाँचौ स्थानमा छ । उसले समानुपातिकमा २९.२८ प्रतिशत अर्थात ३१ लाख ४४ हजार २ सय ४ मत प्राप्त गरेको थियो । निर्वाचनमा सबैभन्दा बढी खर्च गरेको नेकपा एमालेले ७० सीट सहित तेस्रो स्थानमा छ । एमालेले २०.३३ प्रतिशत अर्थात २१ लाख ८३ हजार ३ सय ७० भोट पाएको छ । सबै भन्दा कम खर्च गरेको हिन्दु प्रजातान्त्रिक पार्टीले देश भरीबाट जम्मा ४ हजार ९ सय २ मत प्राप्त गरेको छ । समानुपातिकमा २१.१४ प्रतिशत भोट ल्याएको नेपाली काँग्रेसले ५८ लाख ५० हजार खर्च गरेको विवरण निर्वाचन आयोगलाई दिएको छ । समानुपातिकमा ७३ सीट जितेको काँग्रेसले देश भरीबाट २२ लाख ६९ हजार ८ सय ८३ मत प्राप्त गरेको छ । माओवादीले भन्दा धेरै खर्च गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जम्मा २ लाख ६३ हजार ४ सय ३१ मत ल्याएको छ । समानुपातिकको लागि ६५ लाख ३९ हजार खर्च गरेको राप्रपाले ८ सभासद पाएको छ । माओवादीको भन्दा धेरै खर्च विवरण बुझाएको जनमुक्ति पार्टी नेपालले एउटा पनि सभासद जितेको छैन । उसले निर्वाचनमा ३९ लाख ५० हजार खर्च गरेको छ भने देश भरीबाट प्राप्त मत जम्मा ३ हजार ३ सय ९६ छ । संविधान सभामा चौथो ठूलो दलको हैसियत बनाएको मधेशी जनअधिकार फोरमले ८ लाख १० हजार खर्च गरेको छ । उसले समानुपातिकमा ६ लाख ७८ हजार ३ सय २७ मत सहित २२ सभासद जितेको छ । राजतन्त्रको वकालत गरेर निर्वाचनमा गएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १८ लाख ४२ हजार खर्च गरेको छ । उसले देश भरीबाट १ लाख १० हजार ५ सय १९ मत सहित ४ सभासद पाएको छ । संविधानसभा निर्वाचनको समानुपातिक तर्फ सद्भावना पार्टीले २० लाख १५ हजार, नेपाल मजदुर किसान पार्टीले १२ लाख ४५ हजार ८ सय ८७, राष्ट्रिय जनमुक्ति पार्टीले १५ लाख ६३ हजार ५ सय २२ रुपियाँ ५० पैसा, नव नेपाल प्रजातान्त्रिक दलले १ लाख ९६ हजार ८ सय ३३, नेकपा मालेले ७ लाख ४७ हजार ५ सय खर्च गरेको छ । यसै गरी नेपाल कम्युनिष्ट पार्टी 'संयुक्त' ले १ लाख ५४ हजार २ सय, नेपाल परिवार दलले २९ लाख ९६ हजार ३ सय ४७, राष्ट्रिय जनता दलले ६८ हजार ५ सय १०, नेपाली काँग्रेस राष्ट्रवादीले १ लाख ५३ हजार ५ सय, नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिकले ३ लाख १७ हजार ४ सय, नेपाः राष्ट्रिय पार्टीले १० लाख ११ हजार ५ सय ६४ रुपियाँ खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएको छ । समानुपातिक निर्वाचनको लागि नेकपा एकिकृतले ३ लाख ९९ हजार ४ सय ८, नेपाल राष्ट्रिय विकास पार्टीले ७ लाख १२ हजार २ सय ३०, जनमोर्चा नेपालले १७ लाख ८ हजार ५ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले ३ लाख ३२ हजार ५ सय, समाजवादी प्रजातान्त्रिक जनता पार्टीले २८ लाख ७६ हजार ८ सय, राष्ट्रिय जनशक्ति पार्टीले १३ लाख ७७ हजार ५ सय र शान्ति पार्टी नेपालले ३५ हजार रुपियाँ खर्च गरेको छ । निर्वाचन आयोगले समानुपातिकमा दलहरुले गरेको खर्च विवरण बुझाउने अन्तिम म्याद जेठ २९ गतेलाई तोकेको थियो । निर्वाचन परिणाम प्रकाशित भएको ३५ दिन भित्र सबै दलले खर्च विवरण पेश गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । निर्धारित मितिमा खर्च विवरण पेश नगर्ने राजनीतिक दलहरुलाई कानुनी कारवाही अघि बढाउने निर्वाचन आयोगले जनाएको छ । समानुपातिक तर्फका हरेक उम्मेदवारले बढीमा ५० हजार खर्च गर्न पाउने व्यवस्था छ। -सन्त बगाम (Santa Bagam) in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®