काठमाडौं, August 17, 2008- सरकार सन्चालन सम्बन्धी
नीति तथा कार्यक्रममा सहमती बन्दै गए पनि मन्त्रालय बाँडफाँडमा भने तीन
दलमा अझै कुरा मिल्न सकेको छैन ।
भदौ २ गते प्रधानमन्त्रीसँग सबै मन्त्रीहरुले सपथ लिने तयारीमा लागेको
बताउँदै आएका उनीहरु आज पनि निश्कर्षमा पुग्न सकेनन् ।
मन्त्रालय बाँडफाँडमा कुरा मिल्न नसकेपछि आज हुने भनिएको तीन दलको वैठक पनि
बस्न सकेन । उता हिजो आजकै लागि सारिएको माओवादी केन्द्रीय समितिको वैठक
समेत फेरी भोलिलाई सारिएको छ ।
प्रधानमन्त्रीको नीजि निवास नयाँबजारमा माओवादीले एमाले र फोरमसँग
छुट्टा-छुट्टै छलफल गरेको छ । दुबै दलसँग भएको छलफलमा मन्त्रालय बाँडफाँड
सम्बन्धी टुङ्गोमा पुग्न नसकेको माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले
बताए ।