|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
पूर्व युवराज पारशका गाडी चालक माओवादी कर्मचारी संगठनको सचिव |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कार्यक्रम भएको फोहोरा बगैंचास्थित मन्च र कार्यक्रममा उपस्थित कर्मचारीहरु Photos: Sitaram काठमाण्डौ, 29 Jan, 09- कुनै बेला नारायणहिटी राजदरवारभित्र राजाहरुले निजी कार्यक्रम आयोजना गर्ने स्थलमा माओवादी कर्मचारी संगठनले बुधबार आफ्नो सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा बिगतमा राजदरवारको कर्मचारी रहेपनि माओवादी समर्थित कर्मचारीहरुले राजतन्त्र सामन्तवादको प्रतिक भएको र आफूहरुले त्यसबाट छुटकरा पाएको बताएका थिए । माओवादी समर्थित नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन नारायणहिटी संग्रहालय इकाइ समितिको पहिलो अधिवेशन गरेका हुन् । नारायणहिटी दरवारबाट राजाको बहिर्गमन भएलगत्तै अधिकांस कर्मचारीहरु माओवादीमा प्रवेश गरी सो संगठनको स्थापना गरेका थिए । राजप्रासाद सेवाका पूर्व कर्मचारीहरुमाझ एमाले र नेपाली कांग्रेस निकटका कर्मचारी संगठनहरुले आफ्नो संगठन बनाउन सकेका छैनन् । कार्यक्रम नारायणहिटीको मूल दरवारको पश्चिमपट्टि रहेको फोहोरा बगैंचामा रहेको मन्चमा भएको थियो । राजतन्त्र रहेका बेला सो मन्चमा राजाहरुले प्रत्येक बुधबारका दिन चियापान कार्यक्रमको आयोजना गर्ने गरेका थिए । यसैगरी राजपरिवारका सदस्यहरुको होलीपनि त्यही आयोजना गर्ने गरिएको थियो । सो बगैंचामा दशैंको चतुर्दशीका पुरै समय रात्रिभोजको आयोजना गर्ने गरिन्थ्यो । सो कार्यक्रममा राजदरवारका सचिव शेखरनाथ ढुङ्गाना, सह सचिव राजेश्वरमान िसंह, मचाकाजी डंगोल, नारायणहिटी संग्रहालय प्रमुख जयराम महर्जनलगायतका उच्च कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन कर्मचारी संगठनका केन्द्रीय मणिरत्न श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि केन्द्रीय सचिव मधुसुदन अधिकारी थिए । |
|
|
नारायणहिटी पछाडि रहेको फोहोरा पोखरी Photos: Sitaram संगठनको नारायाण्हिटी दरवार कर्मचारी संगठनका अध्यक्ष कृष्णमणि फुयाल र उपाध्यक्ष कबिराम बस्नेतको उद्घोषणमा भएको सम्मेलनले अध्यक्षमा कबिराम बस्नेत उपाध्यक्षमा अनिल अधिकारी, पूर्व युवराज पारशका गाडी चालक सचिव शंकरकुमार थापा, कोषाध्यक्ष श्रीमति ज्योति श्रेष्ठलाई चयन गरेको छ । समिति १३ सदस्यीय बनाइएको छ । फोटो सबै सीताराम बराल -Sitaram Baral in Kathmandu कार्यक्रम भएको फोहोरा बगैंचास्थित मन्च र कार्यक्रममा उपस्थित कर्मचारीहरु Photos: Sitaram यही चौरमा स्व. युवराज दीपेन्द्र बस्ने त्रिभुवन सदन नामक भवन थियो । दरवार हत्याकाण्डपछि सो भवन भत्काइएको छ । पछिल्तिर देखिने भवनमा त्रिभुवन सदनमा काम गर्ने नानी धाई सुसारे आदि बस्ने गर्थे । Photos: Sitaram राजपरिवारका सदस्यहरुले घुम्नकालागि प्रयोग गर्ने बगैंचा Photos: Sitaram |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||