काठमाण्डौं,
December 27, 2008- आफ्ना पति एबं पूर्व युवराज पारशसँग थप बिग्रँदै गएको
सम्बन्धका कारण तनावमा रहेकी पूर्व युवराज्ञी हिमानी अन्तत: हिजो
फ्रान्सतर्फ लागिन्। छोरा ह्दयेन्द्र, छोरीहरु पूर्णिका र कृतिकासहित उनी
त्यसतर्फ लागेकी हुन् । उनको साथमा दिदी रेश्मा राणा र उनकी छोरीसहित पूर्व
अधिराजकुमार धीरेन्द्रकी छोरी दिलाशापनि छन् ।
पारश पुष ६ गते नै सिङगापुरतर्फ लागिसकेका छन् । पारश सिङ्गापुरतर्फ लाग्नु
अघि पारस र हिमानीलाई मिलाउन पूर्व अधिराजकुमारी प्रेरणाले ठूलो प्रयत्न
गरेकी थिइन् । यसकालागि प्रेरणाले अघिल्लो शुक्रबार दाजु-भाउजूलाई एकठाउँ
खाना खुवाउन बोलाएकी थिइन् । तरपनि उनीहरुबीचको सम्बन्ध सुध्रन सकेन ।
प्रेरणाले आफ्नो निवास ताहाचलमा दाजु-भाउजूका लागि खानाको व्यवस्था गरेपछि
हिमानी बिहान नौ बजेदेखि नै विजयाघर पुगेकी थिइन् । त्यो दिन कुरा
मिलेजस्तो भएपनि सम्बन्ध भने सुधार नभएको श्रोतको भनाई छ । गत ६ गते पारश
सिंगापुरतर्फ लागेलगत्तै पूर्व युवराज्ञी हिमानीको फ्रान्स भ्रमणको
कार्यक्रम रोकिएको थियो ।