Former Crown Prince Paras and his wife Himani. Photos courtesy:
Royal sources
काठमाण्डौं, November
23, 2008-
पारशलाई सिङ्गापुर फर्कन नदिन पत्नी हिमानी लगायत पूर्व राजपरिवारका
सबैजसो सदस्यले प्रयत्न गरेपनि उनी फेरि सिङ्गापुर गएरै छाडेका छन् ।
श्रोतकाअनुसार गत असारमा जाँदा झैं यसपटकपनि उनी 'अब म कहिल्यै नेपाल
फर्कन्न' भन्दै सिङ्गापुरतर्फ लागेका थिए ।
पारिवारिक असहमतिका बाबजुद पूर्व युवराज पारश फेरि सिङ्गापुरतर्फ लागेका
छन् । गत असारमा सिङ्गापुरतर्फ लागेपछि नेपालै नफर्कने सोचाईमा रहेका उनी
आफ्ना बहिनी ज्वाईं पर्ने अभिनेश शाहको निधनका कारणमात्र नेपाल फर्केका थिए
।
नेपाल फर्केपछि आफ्नी बहिनी प्रेरणाको स्वयम्भू छाउनीस्थित निवासमामात्र
गएका र धेरै जसो समय निर्मल निवासमै बिताएका पारश फेरि सिङ्गापुरतर्फ
लागेको निर्मल निवास श्रोतले बताएको छ । बताइएअनुसार उनी अघिल्लो हप्ता
सिङ्गापुरतर्फ लागेका हुन् ।
दशैंमासमेत नेपाल नआएका पारश तिहारमापनि नेपाल नफर्कने सोचमा रहेको
बुझिएपछि पूर्व युवराज्ञी हिमानी आफ्ना श्रीमानलाई नेपाल फिर्ता गराउन
तिहार भन्दा केही दिनअघिमात्र सिङ्गापुर पुगेकी थिइन् । तरपनि पारश नेपाल
आउन मानेनन् ।
पारशलाई नेपाल फर्कन हिमानीले गरेको आग्रह र पारशको अस्वीकारोक्तिका कारण
उनीहरुबीच झगडासमेत परेको थियो । झगडाको क्रममा पारशले हिमानीमाथि आक्रमण
गरेपछि हिमानी पारशलाईसमेत जानकारी नदिई नेपाल फर्केकी थिइन् । फर्कंदा
उनको अनुहार पुरै सुन्निएको थियो ।
कहिल्यै नेपाल नफर्कने निष्कर्षमा पुगेपनि तिहारको भाईटीकाको दिन पूर्व
अधिराजकुमार स्व. धीरेन्द्रका माहिली छोरी शीताष्मा शाहका पति अभिनेश
िसंहको निधनपछिमात्र पारश भाईटीकाको दिन नेपाल फर्केका थिए । अभिनेशसँग
पारशको प्रगाढ सम्बन्ध थियो ।