|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
पुराण बाचनबाट रु. १ अर्ब उठाइदिएका पं. पोखरेललाई
धार्मिक शहीद घोषणा गर्न माग तीन वर्षअघि रुपन्देहीमा हत्या गरिएका पण्डित शिरोमणि नारायणप्रसाद पोखरेलको हत्या माओवादीका नाममा अरु कसैले गरेको बताउँदै हत्याबारे उच्चस्तरीय न्यायिक छानविन समितिको माग माओवादीलगायतका अन्य पार्टीका नेता र परिवारका सदस्यहरुले गरेका छन् । स्व. पण्डितको चौंथो बार्षिक पुण्यतिथि तथा ५४ औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमका बक्ताहरुले सो माग गरेका हुन् । माओवादीका तत्कालिन केन्द्रीय सदस्य तथा काठमाडौं- २ का सभासद् झक्कुप्रसाद सुवेदीले पण्डित पोखरेलजस्ता समाज सुधारकहरुको हत्या गर्ने पार्टीको कुनै नीति नभएको बताए । 'उहाँको हत्या हाम्रो नाममा भयो तर उहाँको हत्या गर्ने पार्टीको नीति थिएन' स्व. पण्डित पोखरेलका समर्थकहरुका माझ माओवादी नेता सुबेदीले भने- 'त्यसैले घटनाका बारेमा विश्वसनीय ढंगले छानविन गर्नुपर्छ ।' पुराण बाचन गरी स्थानीय क्याम्पसलाई सहयोग रकम जुटाइदिने क्रममा रुपन्देहीको दुधराक्ष गाविसमा पुगेका बेला २०६२ बैशाख २५ गते पण्डित पोखरेलको हत्या भएको थियो । हत्या माओवादीको दलित संगठनबाट भएको भनिएपनि हत्यामा दरवारिया तत्वहरुको हात रहेको आशंका गिरंदै आएको छ । हत्या गरिएका बेला पोखरेल विश्व हिन्दू महासंघ राष्ट्रिय कार्यसमितिका अध्यक्ष थिए । पोखरेललाई हटाएर विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका तत्कालिन अध्यक्ष तथा राजाका मानार्थ शाही पाश्ववर्ती मेजर जनरल भरतकेशर िसंहले राष्ट्रिय कार्यसमितिको अध्यक्षमा भोलानाथ झालाई ल्याएका थिए । त्यसैलेपनि पोखरेलको हत्या जनरल िसंहको योजना रहेको र त्यसकालागि माओवादीलाई प्रयोग गरिएको आशंका उतिबेलैदेखि गरिदै आएको छ। कार्यक्रममा सहभागीहरु बायाँबाट क्रमश झक्कुप्रसाद सुवेदी स्व. पण्डित पोखरेलका छोरा तथा पुराणबाचक दीनबन्धु पोखरेल, कांग्रेसका युवा नेता चन्द्र भण्डारी, दरवारका पूर्व नायब बडा गुरुज्यू डा. माधब भट्टराई र सबैभन्दा दायाँ एमाले नेता मोदनाथ प्रश्रित Photos: Sharmila Thapa हत्या हुनुभन्दा एक हप्ता अघिमात्र पुराण बाचनको सिलसिलामा प्यूठान पुगेका पण्डित पोखरेललाई स्थानीय माओवादी कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । एक हप्ताअघिमात्र माओवादीबाट त्यतिधेरै स्वागत पाएका पण्डित पोखरेलको हत्या माओवादीबाट भएको कुरालाई अधिकांसले स्वीकार गर्न सकेका छैनन् । त्यसैले हत्या लगत्तैदेखि छानविनकालागि उच्चस्तरीय छानविन समितिको माग गरिदै आएको छ । पोखरेलको हत्याको जिम्मेवारी माओवादी सम्बद्ध दलित संगठनले लिएपनि माओवादी अध्यक्ष प्रचण्डलेपनि पार्टी नीति विपरित हत्या भएको स्पष्टोक्ति उतिबेलै दिएका थिए । शनिवार पण्डित पोखरेलको स्मृतिमा आयोजित कार्यक्रममा माओवादी नेता सुबेदीले पोखरेलको मुक्तकण्ठले प्रसंशा गर्दै हत्यामा पार्टीको संलग्नता नरहेको बताएपछि हत्याबारे अरु सन्देह बढाएको छ । माओवादी सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेकाले पण्डित पोखरेलको हत्याबारे छानविन गर्न आफूले पार्टीभित्र आवाज उठाउने विश्वासपनि सभासद् सुवेदीले दिलाए । सुवेदीको भनाई थियो- 'हत्या हाम्रो नाममा भएकाले त्यसको छानविन हुनुपर्छ । छानविन र उहाँलाई शहीद घोषणा गर्नेबारेमा पार्टीभित्र आवाज उठाउनेछु।' पोखरेलको स्मृतिमा आयोजित सो कार्यक्रममा बोल्ने अन्य बक्ताहरुलेपनि हत्या शंकास्पद भन्दै चाँडोभन्दा चाँडो उच्चस्तरीय छानविन समिति निर्माण गर्न र पोखरेललाई धार्मिक शहीद घोषणा गर्न सरकासँग माग गरे । एमाले नेता मोदनाथ प्रश्रितले पण्डित पोखरेलको हत्याराको पहिचान समेत नहुनुलाई राज्यको उदासिनताको रुपमा व्याख्या गरे । प्रश्रितले हत्या माओवादीको भातृसंगठनको नामबाट भएकाले माओवादीलेपनि सत्यतथ्य बाहिर ल्याउन सघाउनुपर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद दीपकुमार उपाध्यायले पोखरेल धर्मका माध्यमले समाजको परिवर्तन गर्न हिडेका शान्तिका योद्धा भएको बताउँदै शान्ति योद्धाकॊ हत्या गर्नेहरुलाई कसैलेपनि छूट दिन नहुने बताए भने एमालेका केन्द्रीय सदस्य एवं सभासद प्रदीप ज्ञवालीले नारायण पोखरेलको हत्याको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भीर हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै दरबार पूर्व नायब बडा गुरुज्यू डा. माधब भट्टराई कार्यक्रममा दरवारका पूर्व नायब बडा गुरुज्यू डा. माधब भट्टराईलेपनि पण्डित पोखरेलको हत्याबारे निष्पक्ष छानविन हुनुपर्ने बताएका थिए । यसैगरी कांग्रेसका युवा नेताहरु चन्द्र भण्डारी, सभासद् गगन थापा, मानवअधिकारकर्मी पुरुषोत्तम दाहाल लगायतलेपनि पण्डित पोखरेलको हत्या शंकास्पद भन्दै छानविनको माग गरेका थिए । पण्डित पोखरेलद्धारा गरिने पुराण बाचन गराएर विभिन्न जिल्लामा बाटोघाटो, पुलपुलेसा र विद्यालय एबं क्याम्पसकालागि चन्दा संकलन गरिन्थ्यो । यस क्रममा पण्डित पोखरेलले सबै ठाउँमा गरी एक अर्ब रकम भन्दा बढि रकम उठाइदिएका थिए । पण्डित पोखरेलको हत्यापछि उनका छोरा दीनबन्धु पोखरेलले पिताको कामलाई अघि बढाएका छन् । पिताको िबंडो धान्दै छोरा पोखरेलले बाचन गरेका पुराण र महायज्ञबाट विभिन्न जिल्लामा ९ करोड रुपैंया भन्दा बढि रकम उठाइसकेका छन् । स्व. पण्डित पोखरेलले हिन्दू धर्ममा हुने छुवाछुत र जातिप्रथाको समेत विरोध गरेका थिए । उनकै अगुवाईका कतिपय स्थानमा दलितहरु मन्दिरसमेत प्रवेश गरेका थिए । त्यसैले उनी सबै जाति र समुदायका माझ लोकप्रिय हुँदै गएका थिए । -Sharmila Thapa in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®