|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
खुँखार पञ्चहरु अब धमाधम
माओवादीतिर माओवादी प्रवेशको घोषणा गर्दै राजपा नेता आचार्य । र दायाँबाट क्रमशः सेन ओली पोख्रेल र प्राध्यापक जगत केसी Janardan Archarya (standing), Suryabahadur Sen Oli, Prof. Jagat KC. Photo: Sirab बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 1, 2008-पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले नेतृत्व गरेको राष्ट्रिय जनशक्ति पार्टीका बरिष्ठ केन्द्रीय सदस्य तथा नेपाली पत्र र समकालीन साप्ताहिकका सम्पादक जनार्दन आचार्य सोमबार नेकपा माओवादी मा प्रबेश गरेका छन् । उनीसँगै कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन पोख्रेललेपनि माओवादी प्रवेशको घोषणा गरे । आचार्य राजपाको केन्द्रीय कार्यसम्पादन समितिका सदस्यपनि थिए । उनी राजपाको समानुपातिक सूचिका उम्मेदवारपनि हुन् । उनीहरुको माओवादी प्रवेशको कार्यक्रम पूर्व अन्चलाधीस सूर्यबहादुर सेन ओलीको नेतृत्वमा रहेको देशभक्त गणतान्त्रिक एकता अभियानले मिलाएको हो । अन्चलाधीस सेनओलीको नेतृत्वमा माओवादीले राष्ट्रवादी पृष्ठभूमिका व्यक्तिहरुलाई आफू निकट ल्याउने अभियान नै चलाएको छ । देशमा गणतन्त्र आउने पक्का भएकाले हिजो दरवार निकट रहेका व्यक्तिहरुलाईपनि समेटेर लैजान आवस्यक रहेको माओवादी अध्यक्ष प्रचण्डले बताउँदै आएका छन् । 'सबैलाई समेटेर लैजाने माओवादी अध्यक्ष प्रचण्डको सोचाई हामीलाई मन पर्यो' बरिष्ठ पत्रकारसमेत रहेका राजपा नेता आचार्यले सोमबार आयोजित कार्यक्रममा भने- 'नयाँ नेपाल एक दुई जनामात्र लागेर बन्दैन सबैको सहभागिता चाहिन्छ । यो कुरा माओवादीले बुझ्यो । त्यसैले हामी माओवादीमा लागेका हौं ।' अर्का प्रवेशी पोख्रेलको भनाई पनि यही थियो । उनीहरु दुबैले आगामी संविधान सभा निर्वाचनसम्म थुप्रै राष्ट्रवादीहरु नेकपा माओवादी मा सामेल हुने तैयारीमा रहेको बताए । माओवादी प्रवेश गरेका आचार्य पन्चायतकालमा नेकपा माक्स्रवादी को पोलिटव्यूरो सदस्यसमेत थिए । सानैदेखि बामपन्थी आन्दोलनमा लागेका उनी धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस स्ववियूका प्रथम सभापति हुन् । यसैगरी उनी त्रिभुवन विश्वविद्यालयमापनि बाम विद्यार्थी प्यानलबाट स्ववियू सभापतिमा विजयी भएका थिए । आचार्य सभापति हुँदा पोखे्रल स्ववियू सचिवमा निर्वाचित भएका थिए । नेपाली पत्र र समकालीन साप्ताहिकका सम्पादक रही सकेका आचार्य बामपन्थी प्यानलबाट नेपाल पत्रकार महासंघको सभापतिको प्रत्यासीसमेत बनेका थिए । तर उनी पत्रकार हरिहर विरहीसँग झिनो मतले पराजित भए । उता चितवन जिल्ला राजपाका चार जना उम्मदेवार नै नेकपा माओवादी मा प्रवेश गरेको छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®