Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पाल्पाली लोक स्रष्टाहरु सम्मानित



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Singers Srijana Birahi Thapa & Rajan Thakuri (right). Photos: Hari

तानसेन, December 22, 2008- हरेक नेपालीको मुखमुखमा झुण्डिने र हरेक कार्यक्रमहरुमा लोक संगीतहरु घन्किने क्रम दिन प्रतिदिन बढिरहेको बेला नेपाली लोक संगीतको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका चार जना पाल्पाली लोक स्रष्टालाई पाल्पाको तानसेनमा सम्मानित गरिएको छ ।

सम्मानीत हुनेमा वरिष्ठ लोक गायक तथा संगितकार नारायण रायमाझी, तानसेन नगरपालिका-३ बस्ने पुराना कलाकार ब्रम्ह्शेखर बज्रचार्य, पाल्पा मस्याम गाविस कि मनो शेरचन र तानसेन नगरपालिका -३ भीमसेन टोल निवासी हुम बहादुर गन्धर्व 'होनी माया गन्धर्व' रहनु भएको छ ।

स्रष्टालाई सम्मान गरौं लोक संस्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ पुष ३ गतेदेखि पाल्पाको तानसेन टुँडिखेलमा आयोजित स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम-२०६५ को अन्तिम दिन उहाँहरुलाई सम्मान गरिएको हो । आफ्नो जिवनको महत्वपुर्ण समय नेपाली लोक संस्कृतिको जगेर्ना गर्ने लोक स्रष्टाहरुलाई सम्मान गर्ने परम्पराको थालनी गर्ने उद्देश्‍यले यो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक जमुना रानाले बताईन्‌ । यस कार्यले नयाँ पुस्ताका कलाकारहरुलाई समेत थप हौस्ला र प्रेरणा प्रदान गर्ने विश्वास आयोजक संस्था करियर ग्रुप नेपालका कार्यबाहक अध्यक्ष धनु रुचालले बताए ।

सम्मानित कलकाकारहरु मध्ये सवैको मनको ढुकढुकि संगीतको क्षेत्रमा सुपरिचित गायक तथा संगीतकार नारायण रायमाझिले नेपाली लोक क्षेत्रमा महोत्वपूर्ण योगदान पुर्याउनु भएको छ । 'कार्गीलको लडाई' देखि लिएर 'पाल्पाली लोक भाकाहरु' लगायतका थुप्रै लोक गीत र सङ्गितका एल्बमहरुमा स्वर र सङ्गित दिनु भएका र विभिन्न आधुनिक गीत संगीतमा समेत संगीत दिई सक्नु भएका नारायण रायमाझि लोक संगीतको दुनियामा धेरैलाई बाटो देखाउने र चिनाउने अभिभाककै रुपमा रहनु भएको छ । अझ हरेक सार्वजनिक सभा समारोहमा गाउनु हुने 'हाँसेर बोलि देउ माया यसै गरि भेट कहिले हुन्छ र…' गीतले एक पटक सवैलाई नारायण रायमाझिलाई संम्झाई रहने बनाई दिन्छ ।
 


यस्तै अकौ सम्मानित ब्यक्तित्व होनी माया गन्धर्वले हिजोको नेपाली संचारमा गाँउ गाँउमा पुगेर गीतको माध्यमबाट संचार र सन्देश बाड्नेहरु मध्येका एक हुनुहुन्छ भने २०६२/२०६३ को जनआन्दोलन र नेपालकै ईतिहासमा पहिलो पटक भएको संविधान सभाको चुनावमा एशियाकै पहिलो समुदायिक रेडियो मदनपोखरले संचालन गरेको संविधान सभाको अभियान कार्यक्रममा पाल्पाका धेरै जसो गाँउ र चोक तथा बस्ति बस्तिमा गीत संगीतको माध्यमबाट संविधान सभाको जनचेतना जगाउने काममा महत्वपूर्ण योगदान दिनु भएको छ । यस्तै सम्मानित अन्य २ जनाले पनि पाल्पाली र सिङ्गो नेपाली गीत संगीतमा महत्वपूर्ण योगदान दिनु भएको छ ।



सम्मान कार्यक्रममा वरिष्ठ लोक तथा संगितकार नारायण रायमाझी उपस्थित हुन नसकेकाले उहाँको आमा कृष्ण कुमारी रायमाझीलाई सम्मानित गरिएको थियो ।

करियर ग्रुप नेपाल, लेाक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा र पाल्पा कलाकार मन्‍च पाल्पाको संयुक्त आयोजनामा भएकॊ सांस्कृतिक कार्यक्रममा सृजना विरही थापा, राजन ठकुरी, खुमन अधिकारी, शिरीष देवकोटा, सकुन्तला थापा, कमल खनाल, शिव हमाल, जमुना राना लगायत दुई दर्जन बढी कलाकारहरुको बेजोड सांगितिक प्रस्तुतिले हजारौ दर्शकहरुलाई भरपुर मनोरन्‍जन दिलाएका थिए । हास्यकलाकार दीपक थापा, किरण चित्रकार, गिरी प्रसाद पुन 'लाउरे' को प्रस्तुतीले दर्शकहरुलाई पेट मिचि मिचि हसाएका थिए ।



यस अघि कार्यक्रमको उदघाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले कलाकारहरु राष्ट्रका गहना भएको भन्दै यस कार्यक्रमबाट कलाकारहरुलाई गरिने सम्मानले उनीहरुको प्रतिभाको कदरका साथै लोक संस्कृतिको संरक्षण र संबद्र्धनमा टेवा पुग्ने बताउनुभएको थियो ।



प्रमुख जिल्ला अधिकारी घिमिरेले कलाकारहरुको प्रतिभा र क्षमतालाई सम्मान गर्न सके मात्र नेपाली लोक संस्कृतिको पहिचान र अस्तित्व रहने स्पष्ट पार्नुभयो । पाल्पाली कलाकार मन्‍चका महेश देउरालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले ख्याती प्राप्त कलाकार र खेलाडीहरुलाई राज्यले सम्मान र प्रोत्साहन गर्न नसकेका कारण कलाकारहरु विदेशी‍ने गरेको यथार्थतालाई कोट्याउदै यसरी कलाकारहरु विदेश पलायन भएकोमा दुख ब्यक्त गरेका थिए । उनीहरुले कलाकार र खेलाडीको प्रतिभा र व्यवसायिक दक्षतालाई ख्याल गरि राज्यले विशेष व्यवस्था गनुपर्नेमा जोड दिए।

-Haribahadur Saru Magar in Palpa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®