Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पाल्पाको सुकेतालमा सालैजो, सोरठीको भाका घन्कियो



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Batuk Roti being prepared in Suketal Festival. Photos: Hari

पाल्पा, December 18, 2008- दोभान, सुकेतालकी घिउकुमारी उचैमगरलाई वटुक बनाउन भ्याई नभ्याई भयो । आफुले सोचेभन्दा धेरै मानिसहरु महोत्सवमा आएकाले उनले भने जतिलाइृ बटुक पुर्याउनै सकिनन् ।

महोत्सवमा वटुक खान आउन उनले एक सातादेखि पाल्पा र वुटवलमा पुगेर निम्तो दिएकी थिईन् । तर निम्तो दिएभन्दा बढी उनले मानिस आएको देख्दा भने अचम्म परिन् । उनी मात्रै होईन सुकेतालकी बसन्ती उचै मगरलाई तीन जना वटुक बनाउने मान्छे राख्दा पनि पुर्याउन नसकेकोमा दुखी छन् । भनिन् यति धेरै मानिस आउलान् भन्ने सोचकै थिईन । ग्रामिण पर्यटनलाई टेवा पुर्याउन दोभान गाविसले आयोजना गरेएको सुकेताल महोत्सवमा बटुक यसरी खोसा खोस भएको हो ।

पाल्पाको दोभान गाविस-९ सुकेतालको समग्र विकास र पहिचालन गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा सिस्नोको तरकारी, डिलो, लोकल कुखुराको मासु, सिन्कीको अचारले निकै लोकपि्रयता कमायो । 'वटुक खान लाईन नै लाग्नु पर्ने अवस्था आयो' तानसेनबाट महोत्सव हेर्न पुगेका जीवन कुवरले भने ।

सिद्धार्थ राजमार्गको दोभान गाविसको पैठेडाडाबाट एकघण्टा तेर्सो र एक घण्टा ठाडो उकालो हिडेपछि सुकेताल पुगिन्छ । १० किलोमिटर मात्र टाढा रहेको वुटवल बजारबाट मासिनहरुको महोत्सवमा घुईचो लागेको थियो । दोभान र छिमेकी गाविसबाट समेत मेला हेर्न स्थानीय बासिन्दाको भिड लागेको थियो ।
 

Traditional Sorathi dance. Photos: Hari

महोत्सवमा स्थानीय कला, सीप तथा उत्पादनको प्रदर्शनी गरिएको छ । साथै सामाग्रीहरुको विक्री, जातिय पोसाकसहितको झाकी, पुरानो ठुलो नाच, भजन, चुट्का, सालैजो, सोरठी, झ्याउरे, लोक तथा दोहोरीगीत प्रदर्शन गरिएको थियो । साथमा स्थानीय उत्पादन र स्थानीय खानाको प्रवन्ध गरिएको थियो ।

महोत्सव मुल आयोजक समितिका संयोजक केशरिसंह गाहामगरले महोत्सव सोचेभन्दा राम्रो भएको बताए । महोत्सवको उद्घाटन गर्दै पाल्पा क्षेत्र न २ की सभासद् लिला सोमै मगरले भनिन् 'सुकेतालको महत्व वुझाउने र वुटवल र लुम्विनीमा आएका पर्यटकलाई यहा ल्याउनु पर्छ'।

लुम्विनी अन्चलको सदरमुकाम वुटवलदेखि सात किलोमिटर उत्तर र पाल्पा सुदरमुकामदेखि ३५ किलोमिटर दक्षिँणमा रहेको सुकेताललाई प्रचार प्रसार गर्न सकियो भने ग्रामिण पर्यटनको नमुना बन्न सक्ने अर्की सभासद् रुपा विकले बताईन् ।



सभाषदहरुको कुरामा थप्दै मुल आयोजक समितिका संयोजक केशरिसंह गाहाले भने 'सभाषदहरुले भने जस्तै गर्न भनि महोत्सव गरेर प्रचार प्रसार गर्न खोजिएको हो', लुम्विनी वुटवल आउने पर्यटकलाई एक पटक सुकेताल जानुपर्छ भन्ने गराउने महोत्सवको योजना भएको पनि उनले बताए । आदिवासी मगर समुदायको ४३ घर बस्ती र दुई घर दलित समुदाय सुकेतालमा रहेका छन् ।

महोत्सव स्थलदेखि आधा घण्टाको दुरीमा शिद्ध गुफा छ । नमुना मगर बस्ती र आफ्नै कला, भाषा र संस्कृति रहेको छ । सिद्धार्थ राजमार्गसंग र वुटवल बजारसंग जोडिएको पाल्पाको दोभान क्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनिरहेको बेला महोत्सव आयोजना गरिएको हो । यस क्षेत्रलाई सास्कृतिक पर्यावरण र मनोरन्जनात्मक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाका अगुवाहरु कस्सिएर लागेका छन् ।

उद्योग वाणिज्य संघ वुटवलले पनि यस क्षेत्रलाई सहयोग गर्ने अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवराज श्रेष्ठले बताए ।


Suketal. Photos: Hari

'लुम्विनी आउने पर्यटक र पोखरावाट लुम्विनी जाने पर्यटकलाई दोभान भित्रयाउन सकिन्छ' उनले भने । महोत्सवको लागि जिल्ला विकास समितिले सहयोग नगरेकोमा भने निकै आक्रोस पोखेका थिए । जिविसले अहिलेसम्म वजेट नै दिएको छैन । गाविस स्थानीय बासिन्दाले रकम उठाएर महोत्सव संचालन गरेका छन् ।

दोभान गाविसमा रामापिथेकसको अवषेश फेला परेको स्थान, पुरानो नुवाकोट गढी, बसन्तपुर ग्रामिण परिवेशमा सुकेताल, भुतखोलाको क्षेत्र नमुना गाउको रुपमा अगाडि बढ्न खोजेको खुर्साने लगाएतका क्षेत्रलाई संरक्षण गर्न सकियो भने पर्यटक आर्कषण हुने दोभान गाविसका स्थनीय बासिन्दा चोपलाल गिरिले बताए । महोत्सव सोमवार सकिएको छ । महेात्सवमा १० हजार भन्दा बढी आन्तरिक पर्यटक भित्रयाउने आयोजकको लक्ष्य पुरा भएको प्रचार सदस्य दलबहादुर गुरुङले बताए ।

-Haribahadur Saru in Palpa
 
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®