Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

पाल्पामा मोटर सरर… तर पेट्रोल होइन सजिवनको तेलबाट



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरे Photos: Hari

पाल्पा, October 14, 2008- तेल खाडीमा मात्र होईन झाडीमा पनि पाईन्छ भन्ने कुरालाई पाल्पा मदनपोखरा गाविस ४ जरेपिपलका युवा कृषक केशव कार्कीले तेस्रो पटक पनि सफल परीक्षण गरेर साकार पारेका छन् ।

हामीले गाँउघरमा दाँत माझ्न प्रयोग गरिदै आएको सजिवनको दानाबाट तेल निकालेर केशव कार्कीले गाडी चलाएर परीक्षण साकार पारेका मात्र छैनन् नेपालमा नयाँ कामको शुरुवातसमेत गरेका छन् । गाँउ, पाखा, पखेरा र सडकमाका छेउछाउमा फालिएका सजिवाको दाना पेलेर तेल निकाली उनले डिजेलको सट्टा सजिवनको तेल हालेर २ पटकसम्म गाडी चलाएर देखाउन सफल भएका छन् ।

उनले डिजेल बिना पनि बस, ट्रक, जीप र ट्रयाक्टर लगायतका गाडीहरु चलाउन सकिन्छ नेपालकै घर आँगनमा प्रसस्त मात्रामा बैकल्पिक उर्जा छ भन्ने उदाहरणीय काम गरेर देखाएका छन् । उनले गएको साउन २५ गते शनिबार पहिलो पटक सजिवनको तेल हालेर १० किलोमिटर गाडी चलाएर परीक्षण गरेका थिए । त्यस पछाडि भदौ २८ गते शनिबार फेरी ट्रयाक्टर र जीपमा सजीवनको तेल हालेर करीव ५० किलोमिटरसम्म गाडी गुडाएर दोस्रो पटक सफल परीक्षण गरेका थिए । उनले गाँउघरको ढिक, कान्ला, कान्लीमा भेटिएको सजिवनको दाना जम्मा गरी घाममा सुकाएर तोरी पेल्ने मिसिनमा दाना पेलेर तेल निकाली सोही तेल गाडीमा हाली गाडी चलाएर सवैलाई चकित पारी दिएका थिए । त्यसको करीव १ महिना पछि यही असोज २६ गते आईतबार सल्लाको खोटोबाट पेट्रोल निकाली तानसेन बसपार्कदेखि बतासेडाँडासम्म ३ किलोमिटर मोटरसाईकल चलाएर देखाएका छन् । उनको यो प्रयास र मिहिनेतलाई नेपाल सरकारले सम्मान र प्रोत्साहन गर्ने होभने साच्चैनै यो कदमले फड्को मार्न सक्नेछ ।
 
केशव कार्की (Keshav Karki). Photos: Hari

केशव कार्कीले तोरी पेल्ने मिलमा सजिवनको दाना पेलेर निकालेको तेल डिजेलको विकल्प बने पछि पाल्पाका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरे, स्थानीय विकास अधिकारी बद्रीनाथ घिमिरे र प्रहरी नायव उपरीक्षक भिमप्रसाद ढकाल लगायत विभिन्न दलका प्रतिनिधिले उनलाई धन्यबाद दिनुका साथै सजिवनलाई व्यवसायिक रुपमा उत्पादन गर्नु पर्ने कुरामा पनि जोड दिएका छन् ।



साहसी केशव कार्कीको लगनसिलता र मिहिनेतले आफुलाई पाल्पामा नयाँ किर्तिमान कायम गरेको अनुभव भएको प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरे बताउनु हुन्छ। यस्तै, स्थानीय विकास अधिकारी बद्रीनाथ घिमिरेले पाल्पा र आसपासका खाली जमिन र सामुदायिक बनमा सजिवनको खेती गर्ने कृषकलाई बिशेष प्रोत्साहन प्रदान गर्ने अठोट ब्यक्त गर्नु भएको छ ।

नव प्रतिभावान कार्कीले आगामी वर्षको लागि विभिन्न स्थानमा गरी करीव १ लाख वटा जेट्रोपा नामक हाईबृड सजिवनको विरुवा लगाएका छन् । करीब १ हजार विरुवा लगाएमा १ जना किसानले बार्षिक १ लाख रुपैया कमाउन सक्ने दाबी कार्कीले गरेका छन् । नेपालमा दिनहुँ जसो डिजेल र पेट्रोलको लाईन देखेर चिन्तित बनेका कार्कीले छिमेकी जिल्ला रुपन्देहीको गुप्ता नस्ररीमा सजिवनको बारेमा पूर्ण रुपले जानकारी लिएपछि व्यवसायिक रुपले नै सजिवनको खेती थालेका हुन् । उनकाअनुसार लगाएको १ वर्षमै सजिवनले फल दिन शुरु गर्दछ । ३ वर्षसम्म कम मात्रामा फल दिए पनि ४ वर्ष पछि राम्रो फल दिन थाल्छ । ३ किलो सजिवनको दाना बराबर १ लिटर तेल उत्पादन हुने उनको दाबी रहेकोछ । यस्तै, ५ लिटर खोटोलाई प्रशोधन पछि २ लिटर पेट्रोल तयार हुने समेत बताए । उनले गाँउघरमा १५ रुपैया किलो सजिवनको दाना खरिद पनि गर्दै आएका छन् । अहिले केशव कार्की सजिवन लगाउने अभियनमा लागेका छन् । पाल्पा र गुल्मी जिल्लाको विभिन्न गाँउमा ६० हजारभन्दा बढी सजिवनको विरुवा लगाई सकिएको सजिवन उर्जा प्रबद्र्धन नेपालका अध्यक्षसमेत रहेका कार्कीले बताएका छन् ।


सजिवनको फल Photos: Hari

सजिवन नेपालको गाँउघर, शहर, बजार जही कही सजिलै रुपमा पाउन सकिन्छ । बाबु बाजेले दन्तमन्‍जनको रुपमा प्रयोग गर्ने एक प्रकारको मझौला रुख हो सजिवन । एउटा हाँगा लगाए पछि स-साना हाँगा निकालेर झुण्ड हुने भएकाले गाँउघरमा सजिवनलाई बारको रुपमा प्रयोग गर्ने चलन अझै पनि कायमै रहेको पाईन्छ । सजिवनले दाँत माझ्दा दाँत बलियो हुने हर्सा हट्ने, चोप पिउदा पखाला रोकिने विस्वास रहदै आएको छ । सजिवनको फल काँचोमा लब्सीको दाना जस्तै देखिन्छ र पाके पछि भने कालो हुन्छ । दाना भित्र ४५ वटा बियाँ रहेको हुन्छ । फल भित्र रहेको बियाँ निकालिन्छ र बियाँको बाहिरी भागको कालो बोक्रा निकालिन्छ त्यस पछि बियाँलाई मिलमा पेलिन्छ । बियाँ पेल्दा लेदो अबस्थामा तेल निस्कन्छ यो लेदो तेललाई १२ देखि १८ घण्टा सम्म पिल्टरको अवस्थामा राखिन्छ । त्यस पछि मात्र सवारी साधानमा डिजेलको रुपमा प्रयोग गर्न सकिन्छ । सजिवनको तेलले गाडीमा माईलेज पनि बढी दिने गरेको मिस्त्री शिवनारायण शाहले बताए । उनका अनुसार ५० किलोमिटर दुरी पार गर्न एउटा ट्रयाक्टरलाई ११ लिटर सजिवनको तेल खपत भएको थियो ।

यसरी १ जना साधारण युवाको प्रयास र मिहिनेतले भएको यो प्रगतिलाई समग्र नेपाली र नेपाल सरकारले ध्यान दिने र यस तर्फ कदम अघि बढाउने हो भने पक्कै पनि यो सफलताले नेपाल र नेपालीको सफलता बन्न सक्ने छ । यसबाट नेपालले डिजेल र पेट्रोलियम पदार्थमा भोग्नु परेको समस्याको हल हुनेछ ।

-Hari Saru Magar in Tansen, Palpa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®