|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेवा:जागरण मन्च जापानद्वारा मानब अधिकारवादी नेता पद्मरत्न तुलाधरको अभिनन्दन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Nepalese Human Rights leader Padmaratna Tuladhar being honoured in Japan. Photos: Kumar Bajra जापान, टोक्यो, January 21, 2009- नेपाल आदिबासी जनजाती महासंघ जापानको प्रथम अधिवेशनको लागि जनवरी १७ तारेख शनिवारको दिन पाल्नु भएका मानब अधिकार आन्दोलन, भाषा आन्दोलन, आदिबाशी जनजाति आन्दोलन, नागरिक समाजका एक अगुवा एवँम एक वरीस्ठ ब्यक्तित्व पद्म रत्न तुलाधरको सम्मानमा नेवा:जागरणमंच जपानले ओकुबो, टोक्योको के.बी.कीचेनको सभा हलमा उहाँको सम्मानमा अभिनन्दन गरिएको छ। चर्चित ब्यक्तित्व तुलाधरको अभिनन्दन गर्न पाएकोमा आफु र नेवाः जागरण मञ्च जपानका सम्पूर्ण साथिहरु अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै मञ्चका अध्यक्ष सुनिल कुमार शाक्यले तुलाधर जस्तै सम्पूर्ण नेपालका नेताहरुले त्याग र तपस्या गर्न सकेमा राष्ट्रको बिकास द्रुत गतीले हुन सक्ने कुरा बताउनु भयो । त्यस्तै मन्तब्य दिनेक्रममा मञ्चका सल्लाहकार, बहुजाति बिशेषज्ञ एवं मानव अधिकारकर्मि सुवन् वज्राचार्यले लसकुस गर्नु हुँदै नागरिक समाजका एक अगुवा ब्यक्तित्व पद्म रत्न तुलाधरको त्याग र तपस्यालाई कहिल्यै बिर्सन नहुने र नेपालका नेताहरुले समस्या परेको बेलामा मात्र उहाँलाई सम्झिने र पछी बिर्सने गरेको कुरा बताउनु भयो । त्यसतै नेपालको भाबी राष्ट्रपतिमा नेपालको शान्ती प्रकृयामा प्रमुख भूमिका खेल्ने तुलाधरलाई बनाउनु पर्ने कुरामा जोड दिनु भयो । भाषा आन्दोलनमा र मानव अधिकारको लागि ससस्क्त आन्दोलन गर्ने तुलाधरको योगदानलाई कहिल्यै बिर्सन नहुने र नेपालमा अबदेखि जनमनसको चाड पर्वमा प्रचलित रहेको तिथीको आधारमा चल्ने नेपाल सन्बतलाई व्यबहारमा लागु गर्नु पर्ने कुरा हिरोशिमा विश्वाबिध्यालयका प्राध्यापक डा. केशबलाल महर्जनले बताउनु भयो। |
|
|
नेवा: अन्तरराष्ट्रिय फोरुम जापानका महासचिब एवंम भर्खर मात्र सम्पन्न नेपाल जानजाती महासंघ जापानको महासचिबमा निर्बिरोध नियुक्त हुने डा. दिनेश मानन्धरले आफ्नो मन्तब्य दिने क्रममा तुलाधरलाई जापानमा अभिनन्दन गर्न पाएकोमा ठुलो सौभाग्य महसुस गरेको कुरा बताउनु भयो। अन्तमा नागरिक समाजका एक अगुवा तुलाधरले आफ्नो दुई शब्द राख्ने क्रममा आफुलाई यस सभामा बोलाएकोमा मन्चलाई धन्यवाद दिनु हुँदै अव बनाउने सन्बिधानमा स्वायत्त राज्य बनाउनै पर्ने र सम्पूर्ण जनजातिहरुलाई आ-आफ्नो आदिभुमिमा अग्राधिकार दिनै पर्ने भन्ने माग राखी नेपाल सरकारलाई सुझाब एवंम दबाब दिन आग्रह गर्नु भयो। स्वायत्त राज्य हुँदैमा राष्ट्र नटुक्रने र सम्पूर्ण राष्ट्रको हितको कार्य केन्द्र सरकारले गर्ने कुरा पनि बताउनु भयो । उक्त कार्यक्रमको सन्चालन एवंम सभापति मन्चका सल्लहकार सुवर्न बज्रचार्यले गर्नु भएको थियो भने मन्चका कोशाध्यक्ष जनक राज शाक्यले आफ्नो मन्तब्य राख्दै मञ्चका अर्को सल्लहकार केशबलाल श्रेष्ठद्वारा टोस्ट् गरी नेवा: स्वादिस्ट रात्रीभोजको सुभारम्भ गरिएको थियो । -Kumar Bajra in Japan Photos: Kumar Bajra |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||