|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
जापानमा नेवा:जागरण मन्चद्वारा मानवअधिकारबादी नेता
पद्मरत्न तुलाधरको स्वागत Famous Human Rights activist and Nepalese indigenous leader Padmaratna Tuladhar in Japan. Photos: Kumar जापान, January 11, 2009- आदिबासी जनजाति महासंघ जापानको प्रथम अधिवेशनको लागि पाल्नु भएका मानब अधिकार, भाषा आन्दोलन, आदिबाशी जनजाति आन्दोलन एवँ नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको सम्मानमा नेवा:जागरण मंच जापानको आयोजनामा ओओयामा तोक्यो स्थित नेपाली रेष्टुरेन्ट लोटस डाइनिङको सभा हलमा स्वागत समारोह हिजो साँझ सम्पन्न भएको छ। चर्चित ब्यक्तित्व तुलाधरको स्वागत लसकुस गर्न सकेकोमा नेवाः जागरण मञ्च जापानका साथिहरु अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै मञ्चका अध्यक्ष सुनिल कुमार शाक्यले जापानवासी नेपालीहरुको एकआपसको मैत्री भावमा घनिस्टता बढाउने र नेपालको रोजगारी प्रशिक्षणमा लगानी गर्ने मञ्चको उद्वेष्य रहेको कुरा बताउनुभयो। त्यस्तै मन्तब्य दिनेक्रममा मञ्चका प्रमुख सल्लाहकार बहुजाति बिशेषज्ञ एवं मानव अधिकारकर्मि सुवन् वज्राचार्यले स्वागत गर्नु हुँदै विश्व शान्तिका प्रतीक बुद्धको जन्मभूमि नेपालवासी सबै नेपाली भएता पनी समानता र समावेशीका शब्दको अर्थको ज्ञानको अभावबाट बहुसंख्याका नेपालीहरु पीडित रहनु परेको कारणहरुमा प्रकाश पार्दै अब बन्ने नयाँ संविधानबाट सबै नेपाली जातिको समानता र समावेशीकरण हुने गरी नयाँ संविधान बनाउन सकेमा नेपाली सबैको अपेक्षालाई सफल पारी शान्तिको पुनर्बहालि हुन सक्ने विश्वाश प्रकट गर्नु भयो। |
|
|
यसै क्रममा अतिथि आसनबाट आफ्नो मन्तव्य दिनुहुने तुलाधरले मन्चले सीपमुलक तालिमको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्वतालाई धन्यबाद दिदै अब बनाउने सन्बिधानमा सार्बोभम सत्तामा आफ्नै अधिकार प्राप्त गर्न र बिदेशमा बस्ने नेपालीहरुले पनि नेपालमा कस्तो किसिमको संबिधान उपयुक्त होला भन्ने सुझाब दिनु पर्ने कुरा प्रकाश पार्नु भयो । उक्त कार्यक्रममा मञ्चका उपाध्यक्ष कृष्ण बदन जोशीद्वारा टोस्ट् गरी नेवा: स्वादिस्त रात्रीभोजको सुभारम्भ गरिएको थियो भने कार्यक्रमको अन्तमा तुलाधरले नेवा: गीतहरु गाएर उपस्थित सबैलाई मनोरन्जन गराउनु भएको थियो । त्यस्तै जनक राज, ज्ञाना र अनिलकुमार शाक्यको गीत तथा नेपालबाट पाल्नु भएका अतिथी कलाकार प्रतिशाको नृत्यले सबैलाई नचाएको थियो । http://newajagaranmancha.blogsome.com -Kumar Bajra in Japan Newars in Japan with Padmaratna Tuladhar. Artists Pratisha performing dance. Padmaratna Tuladhar with organizers. Photos: Kumar |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||