|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राँगो उपहारले पनि मत्थर पार्न सकेन उपत्यका बन्द |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कुमारी मन्दिर अगाडि बालिएको टायर Photos: Sitaram काठमाडौँ, September 21, 2008- कुमारीको पूजा र रथ तान्ने कार्यक्रम सकिएपछि काटिने राँगोको खर्च नदिएकोमा आक्रोसित बसन्तपुर र इन्द्रचोक क्षेत्रका स्थानीय नेवार एबं गुठियारहरुले दोश्रो दिनपनि आन्दोलन जारी राखेपछि आइतबार राजधानीको जनजीवन प्रभावित भएको छ । शनिवार अपरान्ह उनीहरुको आन्दोलन साम्य भएपनि असन्तुष्टहरुको एक समूहले शनिवार बेलुकी उपत्यका बन्दको आयोजना गरेको थियो । इन्द्रजात्राको आठौं दिनमा रथ तान्ने कार्यक्रम सम्पन्न भएपछि राष्ट्रपतिले कुमारीको हातको टीका लगाई इन्द्रजात्रा सम्पन्न गरिने परम्परा छ । यसक्रममा गुठियारहरुलाई सरकारले राँगो किन्न आवस्यकपर्ने रकम दिने गरेको थियो । तर सरकारको खर्च कटौति गर्ने एबं पशुबलिलाई निरुत्साहित गर्ने नीति अनुरुप यस बर्षदेखि रकम नदिने निर्णय सरकारले गरेको थियो । सरकारको यो निर्णयका विरुद्ध स्थानीयबासी र गुठियारहरुले शुक्रबार रातिदेखि नै आन्दोलन सुरुगरेपछि राष्ट्रपतिद्धारा कुमारीको टीका लगाउने कार्य सम्पन्न हुन सकेन । उनीहरु आन्दोलनमा उत्रिएपछि सरकारले उनीहरुलाई पूर्ववत अनुसार नै रकम दिने बताएको थियो । धर्म, परम्पराकालागि खर्च गरिने रकममा कटौति नगरिने निर्णयपनि सरकारले सुनाइसकेको थियो । त्यसपछि आन्दोलनकारीहरु केही मत्थर भएका थिए । तर अकस्मार शनिवार बेलुकी उपत्यका बन्दको घोषणा गरियो । उपत्यका बन्दले राजधानीको न्यूरोड, असन, सुन्धारा, भोटाहिटीलगायतका नेवार बहुल क्षेत्रमा असर गरेको थियो । आन्दोलनकारीहरुले ठाउँ-ठाउँमा टायर बालेर, रोड डिभाइडरहरु ढालेर, यातायातका साधन अवरुद्ध पारेका थिए । दिनभरि जसो ती क्षेत्रहरुमा जुलुशपनि निस्केको थियो । उनीहरुले सरकार विरोधी नारा लगाएका थिए । उनीहरुले आइतबार बेलुकी मशाल जुलुश प्रदर्शनपनि गरेका थिए । -Sitaram Baral in Kathmandu |
|
|
न्यूरोडमा आन्दोलनकारीहरुले बालेको टायर र प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न खटिएका प्रहरीहरु सुन्धारा-शहीदगेट क्षेत्रमा रोड डिभाइडर ढालेर सडक अवरुद्ध पािरंदै Photos: Sitaram |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||