|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काम चलाऊ सरकारको निर्णयप्रति अन्य दल रणभुल्ल काठमाडौं, July 29, 2008- कहिं नभएको जात्रा हाँडी गाउँमा भने झै राजिनामा स्विकृत भईसकेको काम चलाउ सरकार दक्षिण एशियाली सार्क शीखर सम्मेलनमा भाग लिन जाने निर्णय संविधान सभाका पच्चीसै दलका नेताहरु सिंहदरबारमा यस विषयमा छलफल गरिरहँदा कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले खुसुक्क गरेको हो । काम चलाउन सरकारले सार्कमा आफै सहभागी हुने निर्णय गरिसकेको थाहा नपाएर पच्चिस दलका नेताहरु भने झण्डै दुई घण्टा यहि विषयमा बहस गरिरहेका थिए । सिंहदरबार स्थित माओवादी संविधान सभा दलको कार्यालयमा बसेको वैठकमा स्वयम काँग्रेसका नेताहरु समेत सहभागी थिए । तीन ठूला दल मध्ये काँग्रेस मात्रै सम्मिलित सरकारको निर्णय प्रति जनसंख्या तथा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल समेत असहमत छन् । कामचलाउ सरकारको नेतृत्व गरीरहेका प्रधानमन्त्री कोइरालाले आफ्नै छोरी विना विभागीय मन्त्री सुजाता कोइराला, अर्थमन्त्री डा. रामशरण महत सहित ३५ जनाको जम्बो भ्रमण टोली लिएर श्रीलंकाको कोलम्बो जाने भएका छन् । महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर गर्नुपर्ने हुनाले काम चलाउ सरकार कुनै हालतमा जान नसक्ने कुरा नेताहरुले वैठकमा उठाएका थिए । सार्कका पूर्व महासचिव यादवकान्त सिलवालले काम चलाउ सरकार जाने चलन इतिहासमै कहिल्यै नभएको बताए । पूर्व महासचिव सिलवालको विचारमा नयाँ सरकारै बन्न नसके बरु राष्ट्रपतिलाई पठाउनु पर्थ्यो । या त केही महिनाको लागि सार्क स्थिगित गर्न सकिन्थ्यो । दक्षिण एशियाका ८ देश सहभागी रहेको सार्कका कुनै एक देश उपस्थित नभएमा सम्मेलन स्थिगित गर्ने परम्परा छ। -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||