Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कबाट एमाले नेता प्रदीप नेपाललाई खुला पत्र



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कुरा प्रचण्डको घड़ीको कि तपाईंकै तीन तल्ले घरहरुको?

न्यूयोर्क, December 16, 2008- एमाले नेता प्रदीप नेपालको "प्रचण्ड जी अब के गर्नु हुन्छ ? सत्र लाखको घड़ी फ्यांकि दिनु हुन्छ" ? भन्ने लेख पढ़ने मौका मिल्यो र उक्त तथाकथित आत्मपरक लेखमा घुमाउरो पाराले आफूलाइ प्रचण्डसंग तुलना गरी अझ आफै गतिलो हुं भन्ने देखाउन वहांले त्यति लामो कसरत गरेको देख्दा हास्नसम्म हाँसो उठ्यो।

हचुवा भरको मूल्यांकन गरी आफू स्वयमको बारेमा मपाईत्व लेखमा त्यति लामो समय खर्चेको देख्दा वहांले अब लेख रचना लेख्न उपयुक्त बिषयबस्तु नै पाउन छाड्नु भएछ जस्तो लाग्यो । वहांले प्रचण्डको बदनाम गर्न पत्रिकामा छपाएको यो घड़ीको मूल्य सत्र लाख नभई पाँच हजार एक सय US $ 5,100.00 अमेरिकी डलर अर्थात तीन लाख नब्बे हजार रुपैयाँ हो । अरुको बदनाम गराउन ४०० प्रतिशत झूट लेख्न सक्ने बानी प्रदीप नेपालमा छ भन्ने कुरा पहिले नै थाहा पाएको भए सायद वहाको लेख रचना पढ़ी आफ्नो समय बरबाद गर्ने थिईन । जे होस चोर पक्राऊ पर्नु ठुलो कुरा हो, कहिले भन्ने कुरा सानो हो ।

प्रदीपजी, तपाईको लेख पढ्दै जांदा मलाई तपाइका अतीत र बर्तमान झल्झली यादमा आए । तपाईको १४ बर्से भूमिगत दौरानमा तपाईले नेपाल र नेपालीहरुको लागी गरेका, लेखेका र सोचेका कुराहरु सांच्चै सराहनीय थिए । आफुलाई तात्कालीन पंचायती ब्यबस्थाका कसाहीहरुका खुनी पंजाबाट बचाई तमाम नेपालीहरुको मन र मस्तिस्कमा प्रगतिसीलता भर्ने काम पक्का पनि सजिलो थिएन । उक्त अप्ठ्यारो परिस्थितिमा पनि तपाईले नटेकेका नेपालका कुनै जिल्ला नै थिएनन्‌ भन्न पनि म तैयार छु । आफूलाइ जोखिममा राखेर तमाम नेपालीहरुको मुक्तिका लागी तपाई हिंडेको यथार्थलाइ सलूट गर्न पनि म पछि पर्दिन ।

नेपालमा २०४६ सालको जनआन्दोलनमा चप्‍पल लगाएर आन्दोलनलाइ ऊर्जा दिदै गर्दा मैले तपाईलाइ २ -४ पटक भेटेको पनि हुं । यतिमात्र नभई काठमाण्डूको गल्लीहरुमा गोली चल्दा र तपाई अगाडीकै एक बीर ढल्दा तपाई आफू नभागी उनलाई उठाउनतिर लागेको देख्ने आँखा पनि यिनै हुन्‌ । भूमिगत जीवनलाइ भेष बदलेर गल्ली गल्लीमा पुगी राजनीतिक चेतना दिने तपाई जस्ता ब्यक्तिको कलम कसरी प्रधान मन्त्रीले पाएको उपहारको घड़ीमा गएर ग़लत तरिकाले पछारियो मलाई थाहा भएन ।

Rolex Watch. Photo courtesy: Rolex.Com

तपाईं का यि कुरा:
  "सबैभन्दा पहिले आफूप्रति इमानदार बन्न सिकाउनूस् बोगटीजी आफ्ना नेतालाई । विचरा अदना सभासद्हरू त के हुन् र ? नेता जता लाग्छन् उनीहरू त्यतै लाग्ने न हुन् । नेपालका कम्निस्ट पार्टीहरूको यो आमदोष पनि हो । जताजता नेता, उताउता कार्यकर्ता । सिद्धकाली एट याहू डटकमका नक्कली भोजपुरेले अर्कालाई अर्ति दिने तँ चाहिँ कस्तो जीवन बिताउँदै छस् भनेर मलाई सोध्न सक्छन् । त्यस्ता कोक्ल्याँटालाई मैले अहिले नै जवाफ दिँदा हुन्छ- यो कुनै अर्ति होइन, राजनीतिक पार्टीका नेताले जति बोल्छन्, त्यति गर्नैपर्छ, गर्न नसकिने कुरा बोल्नुहुँदैन भन्ने कर्मशील मान्यताको अभिव्यक्ति मात्र हो । चौध वर्ष भूमिगत हुँदा मैले कसैको केही लुटिनँ, मैले कसैको केही खोसिनँ । जनताले जे दिन्थे, त्यही खान्थेँ । जे दिन्थे, त्यही लाउथेँ । कहिलेकाहीँ परिवारले पठाइदिएका राम्रै लुगा पनि लगाउन पाउथेँ । यता सार्वजनिक भइसकेपछि मैले आफ्नो श्रमले जे उपार्जन गरेको छ, त्यो लिएको छु । भोलि पनि जे दिन्छ, त्यो लिन्छु नै । त्यसैले म कसैलाई पनि तिमीहरू सादा जीवन बिताऊ, नेताहरू उच्च विचार दिन्छन् भनेर आदेश वा अर्ति दिँदिनँ ।"

यी माथिका बकम्फुसे कुराहरु तपाईले नै लेखेका हुन् ।


Govindaraj Joshi, KP Oli, Ishwar Pokharel, Pradip Nepal, Vijaykumar Gachchhadar & Sujata Koirala. Photos: Sitaram, Santa, Nepali Congress.
माओवादी भर्सेस खाओवादी: क-कस्ले घर ठड्‍याए, क-कस्ले पजेरो चढे?


Pradip Nepal and his two houses in Kathmandu. Photo: Sitaram Baral

युएस नेपाल अन्लाइनमा यस अघी प्रकासित 'माओवादी भर्सेस खाओबादी' समाचार पढ्दा र तपाईंका दुई दुई वटा तीन तले घर काठमाडौंमा ठडिएको देख्दा यो तपाईंको लेख पत्याउन गाहरो हुन्छ।

न्यू योर्कमा तपाईंका तुच्छ व्यबहार

ल सुन्नुहोस, करिब एकबर्ष अगाडि न्यूयोर्क शहरको ज्याक्सन हाईट्समा "अन्तर्राष्ट्रिय साहित्य समाज" ले सम्पन्न गरेको महाकबि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा तपाईलाइ भेटने अबसर मिलेको थियो । कार्यक्रम समापन पश्चात् खानाको लागी बसेको करिब १०० फीट लामो लाइनलाइ लोप्पा खुवाउंदै जब तपाई बलपुर्बक सबैभन्दा अगाडी प्लेट समात्न पुग्नु भयो त्यति नै बेला मलाई सपना जस्तो लागेको थियो । लाइनमा बसेका तमाम नेपालीहरुसँग नबसी जसरी उनीहरुलाई प्रजा जस्तै ब्यबहार गर्नुभयो त्यतिबेलै तपाईको बिचारको मूल्यांकन नगरेको त हैन तर नेता जस्तो मान्छे फेरी अर्को कार्यक्रममा जानु पर्ने होला भनेर सम्झिएं । तर बल्ल अक्कल आयो की रातको १०:३० बजेको उक्त घटना पश्चात् कुनै नेपालीले रातको ११ बजे अर्को कार्यक्रम राखेको थियो होला भन्ने आधार पनि धेरै नै कम छ ।

लहरो तपाईले नै तानी हाल्नु भो, पहरो चाहिं तपाईका काठमाण्डूको अवस्थित २-२ वटा भब्य महलहरुमाथि बज्रिने भए । तपाईकै महलहरु हैनन्‌ ती ? अंशबण्डामा परेका घर त पक्कै हैनन्‌ होला ? राजनीतिमा हिंडेको मान्छे बिज़नस गरेर पनि कमाएको त पक्कै होइन होला ? २-४ पटक छोटो समयको लागि मन्त्री हुंदा पनि १०-१५ करोड़को तलब त पक्का पनि थाप्नु भएन होला ? प्रचण्डले पाएको घड़ी जस्तै उपहार पनि पाउनु भएको हैन होला ? श्रीमतीले दाइजो या जिउनीमा भित्र्याएको जस्तो पनि लाग्दैन मलाई ? फेरि ती देख्दै डर लाग्ने महल कहाँबाट आए प्रदीपजी?


Pradip Nepal and his two houses in Kathmandu. Photo: Sitaram Baral

अन्तमा, एक पटक ठण्डा दिमागले यसको जवाफ दिने जमर्को गर्छ की तपाईको भोको कलमले ? विवेकशील मान्छेले "अरुको आँग को जुम्रा देख्ने, आफ्नो आँगको भैसी नदेखने" प्रबृति त्याग्न सके नाचाहिंदो कुरामा गर्ने अनुसन्धानको समय बचाई कुनै सार्थक कुरामा लगाउन सकिन्छ । बिदेश भ्रमणको सिलसिलामा आफूले चाहिं फ़ूलको गुच्छा समेत नपाएको झोक यसरी पत्रिका मार्फ़त अरुको मान मर्दन गर्नमा नलागाए तपाईको त्यागको कथाहरु लेख्न पनि मेरो कलम कहिल्यै कहिल्यै पछि पर्ने छैन ।

-Santosh Thapalia in New York. Comments? 917-497-1862

Mr. Thapalia is the Vice President of Progressive Nepalese Forum in Americas.
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®