|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
अमेरिकाबाट एक हप्ता नेपालमा, प्रधानमन्त्री भेटेर मनै फुरुङ्ग |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
![]() Anil Pandey with Prime Minister Prachanda. Photo courtesy: Anil. काठमाण्डौं, October 20, 2008- नेपालीको अन्तस्करणमा रोपिएको एक मात्र भावना के हो भनेर कसैले सोध्यो भने निसङ्कोच भन्न सकिन्छ- स्थायी शान्ति । नेपालीहरु शान्तिका लागि समर्पित छन् । उनीहरुका लागि जसले शासन गरोस् केही छैन । तर शान्ति चाहिएको छ। राष्ट्रपति र प्रधानमन्त्री जो बनोस् वास्ता छैन अमन-चयन भए पुगेको छ । राजनीतिक व्यवस्थामा पनि खास चिन्ता छैन केबल चिन्ता छ त- रक्तपातरहित परिवर्तनमा । यस पन्क्तिकारले एक साता लामो नेपाल बसाइबाट हालै आर्जन गरेको ज्ञान हो यो । यस बसाइमा यसले हिजोका खतरनाक विद्रोही नेता प्रचण्ड वा आजका हँसिला प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पत्रकार, कलाकार, सामान्य नागरिक सबैलाई भेट्यो । सबैमा शान्तिको चाहना शीर्ष स्थानमा रहेको पायो । उनीहरु सबै नै कथंकदाचित शान्ति भंग भयो भने मुलुक र जनताले पाउने भयानक दु:खप्रति निकै संवेदनशील थिए । यो पन्क्तिकार काठमाडौं छोडेर िसंगापुर हुँदै क्यालिफोर्निया आइपुग्दानपुग्दै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जिल्लास्तरमा मात्र होइन गाउँ स्तरमा पनि शान्ति समिति गठन गर्ने घोषणा गर्यो । स्थानीय समितिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने गरी सरकारले नियम बनायो । पहिला बनिसकेका र महिलालाई सम्मानजनक स्थान नदिएका समितिहरु पुनर्गठनमा पर्ने भए । पचहत्तरै जिल्लामा शान्ति समिति गठन हुने, संविधान निर्माण, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई स्थानीय स्तरबाट सघाउने र नयाँ नेपालको निर्माणमा गाउँस्तरदेखि योगदान पुग्ने वातावरणको पूर्वाधार तयार भयो । यसमा मुलुकभित्र र बाहिरबाट भएका योगदानलाई बिर्सन हुन्न । जब अधिकारकर्मीहरुले शान्ति समितिमा आधा आकास तिरस्कृत भएको सन्दर्भमा पैरवी गरे त्यसलाई गति दिन सन्चारमाध्यम जुरुक्क उभियो । परिणामरुपमा शान्ति स्थापनाका लागि देशभर समिति गठन हुने अवस्था सिर्जना भयो । यसमा एक थोपाको योगदान गर्न पाएकोमा पन्क्तिकार र यसको संस्था मदरल्याण्ड नेपाल दंग छ । |
|
|
प्रधानमन्त्री प्रचण्डसँग आधा घण्टासम्म कुराकानी भएपछि पाएको प्रभावले भने यस पन्क्तिकारको पूरापुर पुरानो धारणा नै परिवर्तन गरिदियो । लाग्यो अब नेपालमा केही सकारात्मक परिवर्तन भयो भने केबल माओवादीकै नेतृत्वमा हुन्छ अन्यथा कहिल्यै केही हुँदैन । किनभने माओवादी नेतामा परिस्थितिलाई हेर्ने दृष्टिकोण र सबै विचारधारका व्यक्तिहरु यदि राष्ट्रभक्त छन् भने उनीहरुलाई समेट्नुपर्छ भन्ने जुन भावना मैले पाएँ त्यसले मलाई माओवादी र त्यस पार्टीका नेता प्रचण्डको उच्च मूल्यांकन गर्न वाध्य बनायो । प्रधानमन्त्री प्रचण्डसँगको कुराकानीमा दुई विषयले प्रमुखता पाए- नेपालमा शान्ति स्थापनाका लागि मदरल्याण्डजस्तो प्रवासी नेपालीको संस्थाले के गर्नसक्छ र अमेरिकाको क्यालिफोर्नियामा नेपाली कन्सुलर कार्यालको आवश्यकता कति छ ? यी दुवै विषयमा निकै आशाप्रद कुराकानी हुनसक्यो । यसका बारेमा केही सकारात्मक संकेत व्यवहारमा देखापर्नुअघि नै केही बोल्नु कुनै पक्षका लागि पनि हितकर हुनेछैन । त्यसैले आजै केही नभनौं । समय र परिस्थितिले केही काम हुन सघाएछ भने प्रवासमा रहेका खासगरी क्यालिफोर्निया तथा यस क्षेत्रमा रहेका नेपालीका लागि लाभ नै हुनेछ । मदरल्याण्ड नेपालको अध्यक्षका हैसियतले यस पन्क्तिकार काठमाडौंमा एक अन्तरकृया कार्यक्रमको आयोजना पनि गर्यो । 'शान्ति प्रकृयामा प्रवासी नेपालीको भूमिका' विषयक अन्तरकृयामा परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रवासी नेपालीलाई प्रोत्साहन दिने जुन अभिव्यक्ति दिनुभयो त्यसको पनि सराहना हुनैपर्छ । जसरी इजरायलका यहुदीहरु जहाँ रहेपनि आफ्नो मुलुकको विकासका लागि सदा तत्पर रहन्छन् त्यसरी नै नेपालीहरु जहाँ रहेपनि नेपालको विकासका लागि लागिरहनुपर्ने आवश्यकता यादवले औंल्याएका थिए । उनको भनाइ थियो- 'आज विश्वमा यहुदीको इज्जत यस कारण छ कि किनभने इजरायलको अस्तित्व छ । इजरायलले राम्रो प्रगति नगरेको अवस्थामा विश्वका विभिन्न कुनामा रहेका यहुदीलाई कसैले मान्ने छैन । यसैगरी नेपालले प्रगति गरे मात्र नेपाली विश्वको जुनसुकै कुनामा रहे पनि सम्मानित हुने छन् भन्ने तर्क मन्त्री यादवको थियो । त्यसैले प्रवासी नेपालीले आफ्नो मुलुकमा लगानी बढाउनुपर्छ ।' मन्त्री यादव प्रवासी नेपालीलाई मुलुकमा लगानीको अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै थिए यसका लागि उनको प्रशंसा गर्नैपर्छ । मैले नेपालसम्मको यात्रा गरेको अरु कुनै कारणले नभएर शान्ति प्रकृयामा सघाउने उद्देश्यले नै हो । हिजो मदरल्याण्डले भरियादेखि पत्रकारसम्म र बाढीपीडितदेखि स्वास्थ्यकर्मीसम्मलाई गरेको सहयोग पनि शान्तिकै लागि हो । अभाव, पीडा र दुख, अशान्तिका कारण हुन् भने सहयोग, प्रेम र सद्भाव तथा आर्थिक विकास शान्तिका कारण हुन् । मेरा मित्रहरुले मलाई नेपालमा जाँदा जति सहयोग गरे त्यो पनि शान्तिका लागि हो भन्ने मैले विश्वास लिएको छु । -Anil Pandey, Chairman, Motherland Nepal (अनिल पाण्डे, अध्यक्ष, मदरल्याण्ड नेपाल) |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||