'एक मधेश एक प्रदेस'को विरोध गर्नेहरुलाई कारबाही
गरिने
काठमाण्डौं, December 20, 2008- परराष्ट मन्त्री तथा मधेशी जनअधिकार फोरमका
अध्यक्ष उपेन्द्र यादवले 'एक मधेश एक प्रदेस' फोरमको प्रमुख नीति भएको
बताउँदै यसको विरोध गर्नेहरुलाई कारबाही गर्ने बताएका छन् । चेतावनी अनुसार
कारवाही गर्ने हो भने निर्माण तथा यातायात मन्त्री एबं फोरम संसदीय दलका
नेता विजय गच्छेदार कार्वाहीमा पर्नेछन् ।
सुनसरीबाट यूएसनेपाल अनलाइनलाई प्राप्त जानकारीअनुसार मन्त्री यादवले केही
व्यक्तिले फोरमविरुद्ध षड्यन्त्र गरेको भन्दै सचेत भएकोसमेत बताए ।
गच्छेदारप्रति लक्षित गर्दै यादवले भने- 'चाँडै' बिश्वास गरेर केहि
ब्यक्तिहरुलाई फोरममा प्रवेस गराइयो तर उनीहरु पार्टी फूटाउने षडयन्त्रमा
लागेका रहेछन् ।'
आफनो पार्टी फुटाउन लागेको व्यक्तिहरुलाई आगामी महाधिवेशनबाट मुहतोड जवाफ
मिल्ने बताएका उनले बिगतमा सरकारसँग भएका बिभिन्न सम्झौताहरु अझै
कार्यान्वयन हुन नसकेको भन्दै सरकार छाडी फेरी संघर्षको बिकल्प रोज्ने
चेतावनी दिए ।
'सरकारले अहिले जसरी शसस्त्र शक्तिहरुलाई समायोजन गर्न खोजेको छ त्यसबाट
समस्या समाधान हुन नसक्ने' भन्दै सत्ताभित्र नै सत्ताधारी दलहरुभित्र आपसी
समझदारी नभएको आरोपसमेत लगाए ।