Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
भाइमारा बन्नुभन्दा छाड्‍नु बेश भो एक मधेश एक प्रदेशको नारा

काठमाण्डौं, December 26, 2008- मधेश आन्दोलनको जग 'एक मधेश एक प्रदेश'को गुलियो नारामा संविधान सभा चुनावबाट चौंथो ठूलो दलको रुपमा स्थापित मधेशी जनअधिकार फोरमको जग यसै नाराकै कारण हल्लिन थालेको अनुभब राजनितिकबृत्तमा गरिएको छ ।

संविधान सभा चुनावले रोल नं. ४ मा दराएपछि सत्ताको बागडोर सम्हाल्न सहिछाप ठोक्दै राम्रै स्थान अजमजाएको फोरम अहिले आपसी द्वन्द्वमा फसेको छ । फोरमको भर्खरै जनकपुरमा सम्पन्न बैठकदेखि छाँयामा देखिन थालेको आपसी विवाद मंगलबार भने राम्ररी नै सतहमा आएको छ ।

िसंहदरबारमा मंगलबार बसेको संविधान सभा दलको बैठकमा फोरमका नेताहरु बीच राम्ररी नै हानाथापी भएको छ । स्रोतले युएस नेपाल अनलाईनलाई जानकारी दिएअनुसार बैठकमा विवाद चर्किएपछि फोरम संविधानसभा दलका नेता तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदार बैठक छाडी आफ्नो कार्यकक्षमा आएर बसेका थिए । बैठकमा सहभागि अधिकांश नेताहरुले गच्छेदारको उछित्तो काढे पछि उनी कार्यकक्षमा आएर ठूस्किएका हुन् । गच्छेदार फोरम छाड्ने मनस्थितीसम्म पुगेको फोरम निकट स्रोतले जनाएको छ । बैठक सकिएपछि पनि गचछेदारले भने संचारकर्मीहरुलाई कुनै प्रतिकि्रया दिनु भएन ।

विवादको चुरो 'मधेश एक प्रदेश'

मधेशी जनअधिकार फोरमको मूल जग भनेकै मधेश आन्दोलन हो । र आन्दोलनसँगै फोरमले अघि सारेको अडान एक मधेश एक प्रदेश । तर फोरमलाई अहिले एक मधेश एक प्रदेशको अडानले नै फूटको संघारमा पुर्याउन लागेको जानकारहरु बताउँछन् । एक मधेश एक प्रदेशको कुरा यति धेरै चर्किएर गएको छ की यो नाराको विरुद्धमा उभिने जो कोहिलाई पार्टी निष्काशनसम्मको कारर्वाही गर्ने मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले अभिव्यक्ती सार्वजनिक गरेका छन् । सुनसरीको इनरुवा पुगेर कड्किएका यादवले मुखले जे भने पनि निशाना भने गच्छेदारतिर सोझ्याएको चर्चा सेलिएको छैन । यादवले मधेश एक प्रदेश पार्टीको मूल नीति भएको बताएका छन् ।

तर भन्नेले जे भनेपनि फोरमका एक निर्णायक तहका बल्लेबाज विजयकुमार गच्छेदारले पछिल्लो समयमा एक मधेश एक प्रदेश आफूलाई मान्य नहुने कुरा सार्वजनिकरुपमै दोहोर्याइ-तेहेर्याइ रहेका छन् । गच्छेदारले घुमाउरोपाराले भनिरहेका छन्- थारुहरुलाई एक मधेश एक प्रदेश कुनै पनि किमतमा मान्य हुन्न । गच्छेदार समर्थित नेताहरुको एक मधेश एक प्रदेश नमान्ने अडान र एक मधेश एक प्रदेशको नारा छाडेको दिन आफू पनि माटोमा विलिन भइने अरुको सोचले गर्दा फोरममा अहिले लफडा लागेको हो । फोरमभित्रको विवादलाई राम्ररी नियालिरहेकाहरुले फोरम फूटको संघारमा तैरिरहेको भनेरसमेत भविष्यवाणी गर्न भ्याइसकेका छन् ।

पार्टीलाई फूटसम्म पुर्याउन लागिरहेको दुवैखाले अडानबाट दुवै पक्ष एक इन्च पनि पछि नहट्ने स्थिती रहेको स्रोतको भनाई छ । दुवै पक्षले आफ्नो अडानमा लचकता नदेखाउने हो भने फोरम दुई टुक्रा हुने निश्चित छ ।
  गच्छेदारको बाध्यता

संविधान सभा चुनावको मुखैमा नेपाली कांग्रेसको महत्वपूर्ण पदलाई छाडेर फोरममा पुगेर छलाङ मारेको विजयकुमार गच्छेदारले एक्कासी भने एक प्रदेशको विरुद्धमा उभिन पुगेका होइनन् । थारु समुदायको भोटले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसममको यात्रा तय गर्न पुगेका गच्छेदारलाई अहिले आदिवासी थारुहरुको दर्हो दवाव छ । यस्ले पनि उनी एक मधेश एक प्रदेश आफूलाई मान्य नहुने हाकाहाकी बोल्न थालेका हुन् । दूरभविष्य स्पष्ट देखिसकेका नेता गच्छेदारले आफ्नै समुदायको मागलाई वेवास्ता गर्ने हो भने भोली आफूले राजनीतिबाट हात धुनुपर्ने बाध्यता आइपर्ने बुझेकाले त्यतातिर ढल्किएको बुझिन्छ । तर एक मधेश एक प्रदेशको नारा आफ्नो प्राण सम्झने मधेशी नेताहरुलाई विजयकुमार गच्छेदारको पछिल्लो अस्त्र बाँदरलाई नरिवल झैं साबित भएको छ ।

-Khagendra Makhim in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®