Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'मधेश एक स्वायत्त प्रदेश नभए मन्त्री त के सभासदबाटै राजीनामा दिन्छौं'

काठमाण्डौं, December 17, 2008- एक मधेश एक प्रदेशका विषयमा मधेशी जनअधिकार फोरमभित्र दुई धारणा देखा परेको छ ।

फोरम संसदीय दलका नेता एबं निर्माण तथा यातायात मन्त्री विजय गच्छेदारले फोरमले एक मधेश एक प्रदेशको माग छाडिसकेको बताइरहेका बेला फोरम नेतृ एबं शिक्षामन्त्री रेणुकुमारी यादवले विगत सरकारले मधेश एक स्वायत्त प्रदेश बनाउन गरेको सम्झौताविपरित जान खोजिए सभासदबाटै राजीनामा दिने चेतावनी दिएकी छन् ।

मधेशको माग सम्बोधन गर्न आनाकानी गरिए तेस्रो जनआन्दोलन गर्ने चेतावनी समेत नेतृ यादवले दिएकी छन् ।

'मधेश एक स्वायत्त प्रदेश नभए मन्त्री त के सभासदबाटै राजीनामा दिन्छौं' मन्त्री यादवले भनेकी छन्- 'हामी मन्त्री बन्न नभएर मधेशको माग पूरा गर्न सरकारमा गएका हौं ।' गच्छेदारले आफ्नो दलले एक मधेश एक प्रदेशको माग छाडिसकेको अभिव्यक्ति दिइरहँदा यादवको पछिल्लो भनाई आएको हो । मन्त्री यादवले गच्छेदारको भनाई पार्टीको आधिकारिक भनाई नभएको समेत बताइन् । संसदीय दलका नेताले भनेको कुरा आधिकारिक नभए कस्को भनाई आधिकारिक हुन्छ भन्ने प्रश्नपनि उठेको छ ।

उता फोरमका विभिन्न जिल्ला समितिहरुले गच्छेदारलाई मन्त्री र पार्टीको जिम्मेवारीबाट मुक्त गर्न पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन् । गच्छेदारलाई संविधान सभा निर्वाचनमा विजयी गराएर पठाउने मोरङ्ग जिल्ला समितिले समेत उनलाई मन्त्री पदबाट हटाउन एक प्रस्ताव पारित गर्दै केन्द्रमा पठाएको छ । यसैगरी अन्य जिल्ला समितिहरुपनि गच्छेदारलाई हटाउनकालागि केन्द्रलाई दबाब दिने मानसिकतामा पुगेको फोरम श्रोतले बताएको छ । स्मरणीय छ, गच्छेदार संविधान सभा निर्वाचनकालागि उम्मेदवारी दर्ता हुनुभन्दा केही दिनअघिमात्र कांग्रेस छाडी फोरममा प्रवेश गरेका थिए ।

-Sitaram Baral in Kathmandu











   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®