Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

'एक मधेश एक प्रदेश अस्वीकार्य' -गृहमन्त्री गौतम



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Deputy Prime Minister and Home Minister Bamdev Gautam in Tharu convention in Lumbini. Photos: Hari

बुटवल, October 19, 2008- तराईका विभिन्न संघ-संगठनले एक मधेश एक प्रदेशको मागलाई लिएर आन्दोलन गरीरहेका बेला उपप्रधान मन्त्री तथा गृहमन्त्री बामदेव गौतमले यो मागलाई सरकारले कुनै हालतमा स्वीकार नगर्ने बताउनुभएको छ ।

थारु कल्याणकारीणी सभा केन्द्रीय समितिको आयोजनामा शनिबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय थारु सम्मेलनको उदघाटन गर्दै गृहमन्त्री गौतमले राजनीतिक एजेण्डा लिएर आउने समूहसंग वार्ताका माध्यमबाट र आपराधिक गतिविधि गर्नेविरुद्ध बल प्रयोग गरेर भएपनि तराईको समस्या समाधान गर्ने बताउनुभयो।

सरकारले तराइमा सशस्त्र आन्दोलन गरिरहेका विभिन्न संमूहलाई वार्ताका लागि आह्वान गरिसकेको स्मरण गर्दै गृहमन्त्रीले उनीहरुले भनेजस्तो 'एक मधेश एक प्रदेश' को मागलाई सरकारले कुनै हालतमा स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । नयाँ नेपालमा भाषाभाषी, संस्कृति र आदिवासी-जनजातीहरुमा कुनै विभेद हुने छैन भन्दै गृहमन्त्री गौतमले विभेद अन्त्य नभएसम्म नयाँ नेपाल नबन्ने दावीसमेत गर्नुभयो । दीगो शान्ति, संविधान निर्माण र गरिवीबाट मुक्ति दिलाउने मुख्य तीन लक्ष्यलाई वर्तमान सरकारले प्राथमिकता दिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

 
भूमिसुधार लागु गरेर भूमिहीन र तराईका भूमिपुत्रलाई दिलाउने आश्वासनसमेत दिनु भयो । माओवादी लडाकु र हतियारको टुंगो नलागेसम्म शान्ति प्रकृया निष्कर्षमा पुग्न नसक्ने बताउदै भन्दै गृहमन्त्री गौतमले लडाकु व्यवस्थापनका लागि गठन गर्न लागिएको विशेष समितिको प्रतिवेदनका आधारमा कार्यान्वयन गरिने जानकारी गराउनु भयो । सभासद शान्ता चौधरीले क्रान्तिकारी भूमिसुधार लागु गरेर जमिन जोत्नेको र श्रम गर्नेको पक्षमा समानुपातिक रुपमा व्यवस्था मिलाइने बताउनुभयो । सभासद पासाङ्ग शेर्पाले संविधान लेख्ने कुरामा शंका उत्पन्न भएकोले आदिवासी-जनजातीहरुलो आफ्ना सभासदहरुलाई दवाव दिईरहन आग्रह गर्नुभयो ।

तीनदिनसम्म संचालन हुने सम्मेलनमा नेपालका २४ जिल्ला, भारतको युपि, विहार, उत्तरान्‍चलका गरी एक हजार प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको छ । सम्मेलनमा डा. कृष्ण भट्टचन, ज्योती दनुवार, वैजनाथ चौधरी र भुलही चौधरीले कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

-Haribahadur Saru in Butwal
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®