Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'एक मधेश एक प्रदेश' को अरु बहस चर्कियो


कार्यक्रमका सहभागीहरु । Photo: Sitaram

काठमाडौं,  July 13, 2008- विभिन्न राजनीतिक पार्टीका नेता, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुले देश अत्यन्त सम्बेदनशील घडीमा प्रवेश गरेको बताउँदै 'एक मधेश एक प्रदेश' सम्बन्धी माग र बहसको चित्तबुझ्दो समाधान नखोजे देश विभाजनको दिशातर्फ जानसक्ने चेतावनी दिएका छन् ।

जनमोर्चा नेपाल निकट 'क्रान्तिकारी मधेशी मोर्चा नेपाल' को आयोजनामा शनिवार राजधानीमा आयोजित 'एक मधेश एक प्रदेश वा बहु प्रदेश' विषयक बिचार गोष्ठीमा बोल्ने बक्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै 'मधेशी प्रोफेसनल एसोसिएसन' का जय निशान्तले भने- 'नेपाल यतिबेला राजनीतिक इतिहासको सबैभन्दा कठिन घडीमा छ । भारतलेपनि संविधान सभाकै बेला कहिल्यै नमेटिने विभाजनको घाउ ब्यहोरेको थियो । हामीपनि अहिले त्यही घडीमा छौं । मधेश, मुस्लिम, थारुबीचको विवाद यसका संकेत हुन् । यदि हामीले यो विवाद सही ढंगले समाधान गर्न सकेनौं भने हामीलेपनि भारत विभाजनकै जस्तो नियति भोग्नुपर्ने हुनसक्छ ।'

उनले 'एक मधेश एक प्रदेश' को विषयमा बहस गर्दा र माग राख्दा पर्याप्त अध्ययन-अनुसन्धान हुनुपर्ने, यस्तो सम्बेदनशील विषयमा वादविवाद गर्ने मानिस इमान्दार हुनुपर्ने र एक मधेश एक प्रदेशका पक्षधरहरुले आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको कुरापनि सम्झनुपर्ने कुरामा जोड दिए । उनले भने- 'यो बेला सम्बद्ध पक्षहरुले आफ्नो कुरा बढि गर्नुभन्दा अरुको कुरा बढि सुन्नुपर्छ ।' निशान्तले संघीय प्रदेश निर्माणको सबैभन्दा ठूलो आधार राजनीतिक सहमतिलाई बनाइनुपर्नेमा जोड िदंदै 'एक मधेश एक प्रदेश' सम्बन्धी कार्यको नेतृत्व राजनीतिक दलहरुले लिनुपर्ने बताए ।

मधेशी बुद्धिजीवी तथा मैथिल साहित्यकार धीरेन्द्र प्रेमर्षिले एक मधेश एक प्रदेशका पक्षधर मधेशवादी पार्टीहरुले मधेशको विविधतालाई मासेर हिन्दी भाषाको वकालत गरेकोमा आलोचना गरे । उनले भने- 'मधेशीको मातृभाषा हिन्दी होइन आ-आफ्नो मातृभाषामा सपथ गर्नुपर्नेमा मधेशवादी दलका ६४ सभासद्ले हिन्दीमा शपथ ग्रहण गरे, यसले उनीहरुको नियतमा शंका उत्पन्न गरेको छ ।'

नागरिक समाजका अगुवा तथा लेखक खगेन्द्र संग्रौलाले नेपाली समाज संक्रमणबाट गुजि्ररहेकाले नेपाली समाजलाई जोड्ने पुराना तन्तुहरु चुडिएको बताउँदै समाजलाई जोड्न नयाँ तन्तु निर्माण नभएको यो स्थिति खतरानाक भएको बताए । उनले आग्रह गरे- 'यो बेला सबै संयमित भएर बहस र विवाद अघि बढाउनुपर्छ ।'
  एमाले संसदीय दलका सचेतक रामचन्द्र झाले मधेशवादी दलहरुले संविधान सभाप्रति नै नकरात्मक धारणा निर्माण गर्न थालेको आरोप लगाउँदै उनीहरु वास्तविक मधेशवादी दल नभएको बताए । उनले भने- 'कुनैपनि न्यायप्रेमी मधेशवादीले एक मधेश एक प्रदेशको माग गर्न सक्दैन किनभने मधेशमा एउटा होइन धेरै प्रदेश बन्ने आधारहरु छन् ।' एक मधेश एक प्रदेशको वकालत गर्नेहरुलाई उनले 'पृथ्वीनारायण शाहको केन्द्रीकृत राज्य व्यवस्थाका दोश्रो संस्करण' को रुपमा व्याख्या गरे ।

नागरिक समाजका अर्का अगुवा तथा पत्रकार श्याम श्रेष्ठले संघीयताको अर्थ जातीय, भाषिक, सांस्कृतिक विविधतालाई सम्मान गर्नु रहेको बनाउँदै संघीय व्यवस्थामा जनताले खोजेकै बेला सहजै राज्य उपलब्ध हुनु हो भन्ने बताए । उनले भने- 'मधेशवादी दलले संघीय व्यवस्थाको माग गर्नु जायज थियो तर संघीयताको नाममा एक मधेश एक प्रदेशको माग गर्नु गलत हो । किनभने मधेश एक प्रदेश हुँदा त्यो प्रदेश निकै ठूलो हुन जान्छ र जनताले सहजै राज्यसम्मको पहुँच प्राप्त गर्न सक्दैनन् ।' संघीयतामा कुनैपनि प्रदेश अर्को प्रदेशबाट पुरै घेरिएको हुन नहुने बताउँदै श्रेष्ठले एक मधेश एक प्रदेश हुँदा मधेशबाट पहाडी प्रदेश पुरै घेरिने र पहाडमा समस्या उत्पन्न हुने बताए ।

कार्यक्रममा बोल्दै नेपाल सद्भावना पार्टीका महासचिव अनिलकुमार झाले मधेशीहरुले राष्ट्र विभाजन गर्न खोजेको नभई आफ्नो अधिकारमात्र खोजेको बताए । उनले भने- 'अहिले कतिपय राजनीतिक पार्टी र नेताहरु मधेश हिजोपनि थिएन र भोलिपनि मधेश बन्दैन भन्दैछन् । तर शक्तिशाली मधेश आन्दोलनले मधेशको निर्माण गरेरै छाड्नेछ र त्यो मधेश पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको हुनेछ ।'

सद्भावना आनन्दीदेवीकी सभासद् सरिता गिरी र तमलोपाका सभासद् रामकुमार शर्मालेपनि कार्यक्रममा एक मधेश एक प्रदेशको पक्षमा बोलेका थिए ।

क्रान्तिकारी मधेशी मोर्चाका संयोजक रामरिझन यादवको सभापतित्वमा भएको कार्यक्रममा नेकपा माओवादी का केन्द्रीय सल्लाहकार सुरेश आलेमगर र नेपाली कांग्रेसका महासमिति सदस्य आनन्दसन्तोषी राईले आफूहरुको पार्टी एक मधेश एक प्रदेशको विपक्षमा रहेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि जनमोर्चा नेपालका उपाध्यक्ष लीलामणि पोख्रेललेपनि एक मधेश एक प्रदेशको मागमा गलत नियत लुकेको बताउँदै मधेशमा एक प्रदेश होइन बहुप्रदेश बन्ने बताएका थिए ।

-Sitaram Baral in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®