स्ववियु चुनाव समानुपातिक प्रणालीमा माग्ने प्रहरी गोली प्रहारबाट
मृत्यु
काठमाण्डौं, 19 Mar, 09-स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जातीय समानुपातिक
प्रणालीमा गर्नुपर्ने माग राख्दै आन्दोलन गरीरहेका लिम्बुवान विद्यार्थी
परिषदका मनिल तामाङ्गको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।
झापाको धुलाबारी क्याम्पसमा चैत ६ गते प्रहरीले गोली चलाउँदा तामाङ्गको
मृत्यु भएको लिम्बुवान विद्यार्थी परिषदका मातृसंस्था संघीय लिम्बुवान
राज्य परिषदका अध्यक्ष सन्जुहाङ्ग पालुङ्गाले जानकारी दिएका छन् ।
पालुङ्गाले आफ्नै भूमिमा अधिकारको खोजी गर्दा सरकारले गोली प्रहार गरेको
प्रतिकि्रया दिए । उनले प्रशासनको दमन बढे आन्दोलनको स्वरुप नै परिवर्तन
गर्ने चेतावनी दिएका छन् । पालुङ्गाका अनुसार प्रहरीको गोलीबाट घाइते
मानबहादर शेर्पा र राजेन्द्र लिम्बुलाई उपचारको लागि सिलगुढी लगिएको छ ।