४८ घण्टे सरकारी नाटक, आफ्नै भातृ संगठनहरु सडकमा
पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता

Photo: Smita Magar for USNepalOnline.Com
Smita Magar in Kathmandu
काठमाडौं,
January 23, 2008 -
अन्तत: पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि विद्यार्थी र सर्ब
साधारण जनताले चर्को सडक आन्दोलन, तोडफोड र क्षति पुर्याए पछि सरकारले
फिर्ता लिन वाध्य भएको छ । माघ ९ गते बसेको मन्त्री परिषदको बैठकले
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि फिर्ता लिने निर्णय गरेको हो। गत
माघ ७ गते सरकारले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको थियो जस अनुसार
डिजल ५६ रुपैयाँ प्रतिलिटरबाट ६१, एलपी ग्यास ११०० रुपैयाँ
प्रतिसिलिण्डरबाट १२५० र मट्टीतेल प्रतिलिटर ६१ रुपैयाँ बनाइएको थियो ।
यो मूल्यबृद्धि बिरुद्ध सरकार चलाई रहेका सात दलसम्बद्ध बिद्यार्थी
संगठनहरुले ८ गतेदेखि बिरोध प्रदर्शन सुरु गरेका थिए । आफ्नै भातृ
संगठनहरुलाई पाच्य नहुने कार्य गर्ने सरकारबाट जनताले के अपेक्षा गर्ने?
कुरो सोचनीय छ।

Protesters in Kathmandu street.

Student leaders speaking on the protest rally against the price hike of
petroleum.

It's a child's play! A child playing an empty kerosene drum.
Photos: Smita Magar for USNepalOnline.Com |