Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

NRNA Statement on the State of Deteriorating Civil Security in Nepal (In English: See below)



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

नेपालमा विग्रँदै गएको शान्ति-सुरक्षाको स्थितिप्रति गैरआवासीय नेपाली संघ चिन्तित


NRNA logo. Courtesy: http://www.nrn.org.np

काठमाण्डौं, January 3, 2009- गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association)ले आज एक प्रेस वक्तव्य जारी गर्दै भनेको छ-" वर्तमान समयको आवश्यकता विपरित दलहरु बिच बढ्दै गएको असमझदारी तथा देशमा विग्रँदै गएको शान्ति-सुरक्षाको स्थितिले हामीलाई अत्यन्त दुखी तुल्याएको छ। उद्योगधंदा बंद हुने क्रममा छन् ; कानुनी उपचार खोज्नुको सट्टा हिंसात्मक गतिविधिद्वारा उद्योग-व्यवसायमा हस्तक्षेप गर्ने र व्यवसायीहरुको हत्या समेत गर्ने जस्ता गैरकानुनी क्रियाकलापमा बृद्धि भएकोछ।..."

प्रेस वक्तव्यको पूर्ण विवरण पढ्नुहोस्:

ऐतिहासिक जनआन्दोलनको सफलतापछि राजनैतिक सहमतिको वातावरणमा संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भई नेपाल शान्त, समृद्ध र लोकतान्त्रिक नयाँ युग तर्फ उन्मुख भएको गैरआवासीय नेपाली संघले विश्वास गरेको हो। यस निर्वाचन पछि सवै वर्गका नेपाली जनतासँग अन्तत: आफ्नो पक्षमा शान्तिपूर्ण ढङ्गले राष्ट्रको सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्ने एउटा अवसर आएको विश्वास गर्ने आधारहरु छन् । यसै आधारमा विश्वभरि छरिएर रहेका नेपालीहरुले आफू मत हाल्ने अवसरबाट वञ्चित हुँदा पनि संविधानसभाको निर्वाचनलाई हृदयदेखि नै स्वागत गरेको कुरा सवैमा विदीतै छ । त्यसै अनुरुप देशको सर्वांङ्गीण विकासलाई मद्दत पुग्ने किसिमको र मानव अधिकार एवं प्रजातन्त्रको विश्वव्यापी मूल्य-मान्यतालाई आत्मसाथ गर्ने संविधान निर्माणकालागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता गैरआवासीय नेपाली संघले गर्दै आएको हो ।

तर राजनैतिक सहमतिको वातावरणमा लोकतान्त्रिक संविधान निर्माण र आर्थिक विकासमा केन्द्रीत हुनुपर्ने वर्तमान समयको आवश्यकता विपरित दलहरु बिच बढ्दै गएको असमझदारी तथा देशमा विग्रँदै गएको शान्ति-सुरक्षाको स्थितिले हामीलाई अत्यन्त दुखी तुल्याएको छ। उद्योगधंदा बंद हुने क्रममा छन् ; कानुनी उपचार खोज्नुको सट्टा हिंसात्मक गतिविधिद्वारा उद्योग-व्यवसायमा हस्तक्षेप गर्ने र व्यवसायीहरुको हत्या समेत गर्ने जस्ता गैरकानुनी क्रियाकलापमा बृद्धि भएकोछ; कर्मचारीहरुको लगातार हत्या हुनु, सरकारी र निजी सम्पत्तिमाथि बलपूर्वक कब्जा गर्ने क्रम नरोकिनु, राष्ट्रिय र व्यक्तिगत सम्पत्तिको तोडफोड र आगजनी भइरहनु, राजमार्गहरु सुचारुरुपमा सञ्चालन हुन नसक्नु, संचारगृहहरुमा लगातार हिंसात्मक आक्रमण हुनु, समाचार पत्रहरु जलाइनु, पत्रिका प्रकाशनमा अवरोध खडा गरिनु र संविधानसभाको निर्वाचन पछि पनि पत्रकारहरुमाथि घातक हमला र हत्या हुनुले नेपाली जनताको संविधानप्रदत्त निर्वाध सुचनाको हकलाई कुण्ठित गर्ने योजनावद्ध प्रयास नै शुरू भएको हो की भन्ने आशंका उत्पन्न भएकोछ । यसलाई संक्रमणकालको स्वभाविकता मानेर दण्डहीनताको संस्कृतिको अन्त्य तर्फ दृढ कदम चाल्न नसकिएमा नेपाली जनताको ठूलो बलिदानले प्राप्त राजनैतिक उपलव्धीहरु समाप्त भई मुलुक अराजकता र असफलतातिर उन्मुख हुनेछ ।
 
हाम्रा राजनैतिक उपलव्धीहरुको स्थायीत्वकालागि द्रुततर आर्थिक विकास अपरिहार्य छ। नेपालको विकासमा वैदेशिक लगानी र सहयोगको आवश्यकतालाई कसैले नकार्न सक्दैन । तर निरन्तर जटिल हुँदै गएको आर्थिक संकटले ग्रस्त वर्तमान विश्वमा कानुनी राज्यको प्रत्याभूति दिन सक्षम मुलुकले मात्र आर्थिक लगानी आकर्षित गर्न सक्छन् । नेपालमा राजनैतिक स्थायित्व र विधिको शासन छ, मानव अधिकारको सम्मान हुन्छ, विचारको पूर्ण स्वतन्त्रता र शान्ति-सुरक्षाको ग्यारेन्टी छ भन्ने कुराको संदेश वाह्य विश्वमा गएमा मात्र नेपालको आर्थिक रुपान्तरणकालागि अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन सकिन्छ ।

यिनै कुराहरुलाई मनन गरी गैरआवासीय नेपाली संघ नेपालका सबै पक्षलाई विधिसम्मत तरिकाबाट आफूलाई संचालन गर्न र आफ्नो काम कारवाहीले अर्काको मौलिक अधिकारको हनन् नगर्न आह्वान गर्दछ । सबैको आफ्नो विचार राख्ने, प्रचार प्रसार गर्ने अधिकारमा हामी विश्वास गर्दछौं । नेपाल सरकार, सबै राजनैतिक दलहरु, दलसँग आवद्ध भएका र नभएका सबै समूहलाई विधि अनुसार चल्न र भएका मतभेद विधिपूर्वक नै हल गर्न हार्दिक अपिल गर्दै कानुन सम्मत काम नगर्ने र अरुको अधिकार कुण्ठित गर्ने जो कोही माथि पनि कडा कारवाही गर्न हामी सरकारसँग आग्रह गर्दछौं।

गैरआवासीय नेपाली संघ सधैं लोकतन्त्र, मानवअधिकारका विश्वव्यापी मान्यताहरु, नेपालको राष्ट्रिय एकता र सर्वांङ्गीण बिकासप्रति प्रतिवद्ध रहेको दोहोर्‍याउँदै सहमतिको आधारमा सबै समस्या समाधान गर्न सबै पक्षलाई पुन: आग्रह गर्दछौं । यसकालागि सक्दो सहयोग गर्न हामी जहिलेपनि तत्पर रहेको समेत यहाँ दोहोर्‍याउन चाहान्छौं ।

गैरआवासीय नेपाली संघ

मितिः २०६५ पौष १९

NRNA Statement on the State of Deteriorating Civil Security in Nepal

Following the historic People's Movement of 2006 and the successful election of the Constitutional Assembly (CA), the Non-Resident Nepali Association (NRNA) believed that the apparent understanding and cooperation among political parties would usher in an era of peace, prosperity and democratic polity in Nepal. Indeed, there are enough reasons to believe that the election of the Constituent Assembly provides a basis for all to effect the peaceful social and economic transformation of Nepal in his or her own way. The Nepali diaspora heartily welcomed the political developments in Nepal, despite being unable to vote in the CA elections and it has always expressed its willingness to support the making of the new constitution that guarantees globally accepted norms of human rights, democracy, and the rule of law.

Our hope of an era of peace and prosperity in Nepal has been frustrated by the recent events in the country. The NRNA notes with dismay the situation in Nepal where, following the historic political realignment, the incumbent political forces have bred an atmosphere of violent discord and lawless insecurity, instead of focusing on crafting a democratic constitution and taking the country on a road to a lasting peace and prosperity.

Unfortunately, today, industries are being shuttered; industrial activities stymied by violent gangs instead of seeking legal remedies for grievances; civil servants killed; cases of arson, damage to and illegal appropriation of state and personal property abound; national highways frequently blocked, communications facilities, newspapers and news staff attacked and sometimes media houses ransacked and publication severely hindered. It has given rise to the suspicion that this is a planned effort to divest the Nepali people of their hard-earned constitutional right to uncensored news. If this culture of impunity is tolerated as normal during the time of transition, there is every chance that the political gains achieved through the great sacrifice of Nepali people will be lost and the country may head towards anarchy and failure.

Robust economic growth is absolutely necessary to consolidate the political gains thus far achieved and the importance of international assistance and investments in Nepal for this is well recognized. But only a country with stable political climate, democratic polity, respect to human rights and the undeniable rule of law may attract them, especially in the current environment of worldwide economic crisis.

The NRNA appeals to all parties in Nepal to conduct their affairs lawfully with proper regard for the fundamental rights of all other parties, respect for each other’s rights to express their opinions freely and without fear or intimidation. We call on the Government of Nepal to act decisively against anyone not abiding by these norms and severely punish any who resort to unlawful actions.

NRNA reaffirms its commitment to the principles of democracy, universal human rights, the national unity and the overall development of Nepal and with this in mind calls on all parties to ongoing conflicts to resolve them peacefully within the norms of the law. It stands ready to extend any assistance it can.


Non-Resident Nepali Association

3 January, 2009

Non-Resident Nepali Association (NRNA) Secretariat
FNCCI Building
Pachali Shahid Shukra FNCCI Milan Marg, Teku,
PO Box 269, Kathmandu, Nepal.
Tel: (+977-1) 4215247/4262061
Fax: (+977-1) 4215247
Email: nrn@nrn.org.np
URL: http://www.nrn.org.np

   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®