Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Canada

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
क्यानाडाका नेपालीहरुको पहिलो भेला र मेला
अर्थ मन्त्री डा. भट्टराई कि श्रीमती पूर्व मन्त्री यमी र गायिका आनिले गाए गीत
द्वैद नागरिकता (Dual Citizenship) र दश बर्षे भिसाको माग


Members of Non-Resident Association (NRN) Canada. Photos: Rashmi

Toronto, Canada, August 25, 2008- गैर-आबासीय नेपाली संघ (एन.आर.एन) क्यानाडा (Non-Resident Association (NRN) Canada) को पहिलो अधिबेशन बिबिध नाँचगान, खानापानका साथ रमाइलो गरी सम्पन्न भएको छ।

योर्क सिभिक सेन्टर टोरोन्टोमा भएको उक्त अधिबेशनले ३४ सदस्सीय राष्टिय समिति तथा ११ सदस्सीय कार्य समितीको चयन गरेको छ । जस अनुसार नब निर्वाचित ११ जनाको कार्यसमिति निम्न अनुसार छ:
अध्यक्ष- नवराज गुरुङ, उपाध्यक्ष- सुजाता राई, उपाध्यक्ष- चित्र प्रधान, महासचिव- सृजना पन्त, सचिव- गोपी कृष्ण काफ्ले, कोषाध्याक्ष- भरत पौडेल, राष्टिय प्रतिनिधि- प्रमोद ढकाल, प्रवक्ता- मनिक दुगर्ड, सदस्य- राजन तामाङ र प्रकास मुङराती ।


Former Minister Hishila Yemi speaking at the convention.
 
३४ सदस्सीय राष्टिय समितिका सदस्यहरुमा निम्नानुसार निर्बाचित हुनुभएको छ: वेतमान भन्डारी, विष्णु सुब्वा, हिरेन्द्र कार्की, गाविन्द सिवाकोटी, भानुराज पौडेल, चित्र प्रधान, वासु शर्मा, गोपी कृष्ण काफ्ले, गुरु श्रेष्ठ, सुजाता राई, शान्त राज भन्डारी, नर बहादुर टन्डन, प्रकास ज्ञावाली, दयाराम पोख्रेल, केदार श्रेष्ठ, ज्योति वैध, केदार वस्नेत, भरत पौडेल, पशुपति पोख्रेल, राजन तामाङ, प्रमोद ढकाल, राधा बस्नेत, राजन श्रेष्ठ, कृष्ण हुमागाई, नवराज गुरुङ, सृजना पन्त, विश्व वर्मा, कीशोर राजभण्डारी, अनुप न्यौपाने, तुल्सी धरेल, प्रकास मुङराती, चक्र वलायर, निरमला शर्मा र मनिक दुगर्ड ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित हुन आइपुग्नु भएकी अर्थ मन्त्री डा. बाबुराम भट्टराई कि धर्मपत्नी तथा पूर्व मन्त्री हिशिला यमी र नेपालकि लोकप्रिय गायिका आनी छोयिङको उपस्थितिले कार्यक्रमलाई अरु रमाइलो गराएको थियो। The Himalayan Nepali Festival मा अझ आनीको गीतलाई साथ दिदै पूर्व मन्त्री यमीले समेत गाउन थाले पछि क्यानाडाली नेपालीहरुले नेपालको मायालाई हुरुक्क भएर आत्मसाथ गरेको अनुभुति हुन्थ्यो।


Minister Yemi and singer Ani Choying

अधिबेशनको उत्घाटन एन.आर.एन क्यानाडा कि बयोवृद्ध सदस्य पर्बाश्री गुरुङले पानसमा बत्ती बाली गर्नु भएको थियो भने स्वागत मन्तब्य डा. कुन्जन शर्माले गर्नु भएको थियो।


Parbashree Gurung inaugurating the convention. Photos: Rashmi

मन्तब्यको क्रममा प्रमुख अतिथी पूर्व मन्त्री हिशिला यमिले नेपालमा दिगो शान्ती र बिकास निर्माणमा स्वदेश र बिदेशमा रहेका सबै नेपालीहरुको समान दायित्व भएको कुरा उल्लेख गर्दै बिदेशमा रहेका नेपाली दक्ष जनशक्तीलाई नेपालमा उपयोग गर्नु पर्ने तथा नेपालको आर्थिक बिकासमा गैर-आबासीय नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो।

गैर-आबासीय नेपाली संघ (एन.आर.एन) अन्तरराष्ट्रिय उपाध्यक्ष रामप्रताप थापाले विश्वभर ४५ देशमा एन.आर.एनको शाखाहरु खोली सकिएको जानकारी गराउदै बीस लाखभन्दा बढी गैर आबासीय नेपालीहरुलाई द्वैध नागरिकता (Dual citizenship) प्रदान गर्नु पर्ने र १० बर्षभन्दा बढीको भिशाको ब्याबस्था गरी नेपालमा लगानी गर्ने बातावरण बनाउन नेपाल सरकारसँग माग गर्नु भयो।

कार्यक्रममा क्यानडाका प्रधान मन्त्रि स्टीफन हार्पर को शुभकामना सन्देश पढेर सुनाईएको थियो ।

सविन निलॆङखुले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा NRN ICC का तर्फवाट उपाध्याक्ष रामप्रताप थापाले अध्यक्ष उपेन्द्र महतोको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो र आफ्नो मन्तब्यमा NRN ICC ले नेपालीहरुलाई पर्ने जटिल समस्याहरुलाई केलाएर लैजानु पर्ने कुरामा जोड दिनुभएको थियो ।

शुभकामना सन्देश कै क्रममा नर्थ अमेरिकाका प्रतिनिधि नरेश कोईराला, प्रा. डा. हष नारायण धौवडेल, NRN का अध्यक्ष अम्विकाप्रसाद अधिकारी ले पनि NRN को भुमिकाको वारेमा वोल्नु भएको थियो ।

अधिबेशनमा panel discussion अन्तर्गत "NRN Movements and Prospect" र "Nepalese in Canada: Collaborative Initiatives" बिषयमा छलफल कार्यक्रम राखिएको थियो। प्यानेलिस्टहरुमा Dr. Ambika Adhikari, Ram P. Thapa, Dr. Kunjan Sharma, Aditya Jha, Naresh Koirala, Dr. Pramod pradhan, Dr. Dorona Rasaili आदि हुनु हुन्थ्यो।

जलपान पश्चात आयोजित उक्त समूहगत छलफलमा भाग लिदै डा. कुन्जर शर्मा अम्विका अधिकारी र रामप्रताप थापाले NRN आन्दोलनको वारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । त्यसै गरी मन्तब्यकै क्रममा नरेश कोईराला, प्रमोद ढकाल, दोर्ण रसाईलीले क्यानडामा रहेका नेपालीले के कस्ता अवधारणा बनाएर संगठित रुपमा एकिकृत भएर कार्य गर्न सकिन्छ भन्ने विषयमा आ आफ्नो धारणा रान्नु भएको थियो ।

कार्यक्रममा NRN को प्रथम सम्मेलनको दौरानमा के कस्ता कुरा भए भन्ने सवालमा वुदागत रुपमा गोविन्द सिहं रावतले प्रस्ट पार्नु भएको थियो । विभिन्न उप कमिटिका तर्फवाट वोल्ने क्रममा पत्रिकाका तर्फवाट गोपी कृष्ण काफ्ले, फन्डराईजिङको तर्फवाट भरत पौडेल, ईलेक्सन कमिसनको तर्फवाट दुर्गा अधिकारी, सदस्यता वितरणको तर्फवाट मान पौडेल र ईलेक्सन गाइड लाइनको तर्फवाट केदार वस्नेतले आ आफ्ना धारणाहरु राख्नु भएको थियो ।

नेपाली र क्यानडाको राष्टिय गान पनि गाईएको उक्त कार्यक्रमको फोरम छलफलमा उपस्थित जनसमुदायले आ आफ्ना जिज्ञासा राखेका थिए । गैर-आबासीय नेपाली भई नेपाल जाँदा खेप्नु पर्ने विभिन्न समस्या तर्फ धेरैको गुनासो थियो । खास गरि Visa मा लाग्ने पैसा नेपालमा जादा पनि विदेशिले जस्तै आफूहरुले तिर्नु पर्ने Tax तथा आफ्नो देशमा विदेशीलाई जस्तो गरिने ब्यवहारलाई धेरैले प्रश्नहरु उठाएका थिए । दोहारो नागरीकताको सम्वन्धमा संबिधान सभाको संसदले टुंगो लगाओस भन्ने सवैको चाहना थियो । पूर्व मन्त्री हिसिला यामी मार्फत सरकार र संसदमा पुर्याउन आग्रह गरिएको थियो । नेपालीलाइ नेपाल जानवाट रोकीनु वा हतोत्साहित नगर्न सुझावहरु समेत दिईएको थियो ।

सोही दिन वेलुका भएको गाला डिनर कार्यक्रममा नेपाली सस्कृतीसंग झल्कने गीत संगीतहरु प्रस्तुत गरिएको थियो । नेपाली चर्चित गाईका आनी छोईङ डोल्मा तथा स्थानीय कलाकार प्रदिप वास्कोटा, नवराज गुरुङ, विश्व वर्मा र किशोर राज भण्डारीले आफ्नो कला प्रस्तुत गर्नु भएको थियो।

त्यसै क्रममा नवनिर्वाचित कमिटिको परिचयात्मक कार्यक्रम सम्पन्न भएको थियो । त्यसै गरि सवैभन्दा पहिला क्यानडामा वसोवास गर्ने नेपालीहरुलाई सहयोग गर्नेहरुलाई प्रमाण पत्र तथा खातावाट सम्मान गरिएको थियो । कार्यक्रमको समापन गर्दै डा. कुन्जर शर्माले कार्यक्रम सफल वनाउन विभिन्न क्षेत्रवाट आउने आगुन्तुक र विभिन्न तरिकाले सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

साथै नेपाली हिमालयन मेला पनि भब्यताका साथ सम्पन्न भयो । उक्त अधिबेसन र Himalayan Mela Festival मा नेपाली जनजाति एसोसियसन क्यानाडा (Nepalese Janajati Association Canada) को सकृय सहभागीता रहेको थियो भने Danphe Band र NJAC को कला प्रस्तुतिले भरपुर मनोरन्जन दिन सफल भएको थियो।

-Rashmi Thapa Magar in Canada
Contributed by Gopi Krishna Kaphle, Secretary, NRN Canada


Canadian Nepalese performing Nepalese dance. Photos: Rashmi Thapa
















Smile from Canada! Photos: Rashmi
  NRN Canada 11-member Executive Committee
Chair-Nabraj Gurung, Vice-Chairs-Sujata Rai & Chitra Pradhan, General Secretary-Shrijana Pant, Secretary-Gopi Krishna Kaphle, Treasurer- Bharat paudel, National Representative-Pramod Dhakal, Press Secretary-Manik Dugad, Members-Raajan Tamang, Prakash Mungrati.

NRN Canada 34-member National Committee
Betman Bhandari, Bishnu Subba, Hirendra Karki, Govinda Siwakoti, Bhanuraj Paudel, Chitra Pradhan, Basu Sharma, Gopikrishna Kaphle, Guru Shrestha, Sujata Rai, Shanta Raj Bhandari, Narbahadur Tandan, Prakash Gyawali, Dayaram Pokhrel, Kedar Shrestha, Bharat Paudel, Pashupati Pokhrel, Rajan Tamang, Pramod Dhakal, Radha Basnet, Rajan Shrestha, Krishna Humagai, Nabaraj Gurung, Shrijana Pant, Bidhwa Varma, Kishor Rajbhandari, Anup Neupane, Tulsi Dharel, Prakash Mungrati, Chakra Balayar, Nirmala Sharma and Manik Dugad.

Read our related news:
»
क्यानाडामा गायिका आनिद्वारा नेपालको बाढी पीडितका लागि रकम सङ्कलन (5 photos)
»
क्यानाडाका नेपाली जनजातिहरुले चुने नयाँ नेतृत्व (4 photos)
» क्यानाडाका नेपालीहरुको पहिलो भेला र मेला (13 photos)
 
द्वैद नागरिकता (Dual Citizenship) र दश बर्षे भिसाको माग

Our earlier news on Canada Nepalese events:
»
क्‍यानाडामा मगर संघ गठ‍न
»
क्यानडा एमालेद्वारा उपराष्ट्रपति झाको कडा आलोचना
»
कानाडाली नेपालीहरुले 'कानाडा डे' यसरी मनाए (9 photos)
» क्यानाडाका नेपाली जनजातिहरुले नयाँ बर्ष र ल्होसार मनाए (5 photos)


Our Faces of the week Canada feature:
»
Faces of the Week from Lhosar & New Year 2008 Event in Canada (5 photos)
   साताको अनुहारहरु ओन्‍टारिओ, क्यानाडाबाट (5 photos)
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®