NRN Association Forms Constitution
Suggestion Committee
न्यू योर्क, 12 Feb, 09- संसारका बिभिन्न मुलुकमा झन्डै २०
लाखको हाराहारीमा बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था गैरआबासीय
नेपाली संघ (Non-Resident Nepali Association-NRN)ले नेपालको नयाँ
संबिधानमा सुझाब पेश गर्नको निम्ती कानुनबिद तथा प्रोफेसर सुर्यप्रशाद
सुबेदी, (युके) को अध्यक्षतामा ५१ सदस्यिय संबिधान सुझाब समिति गठन गरेको
छ। उक्त समितिमा ४५ देशका संघका च्याप्टरहरुबाट १/१ जना सदस्यमा मनोनित
गरिएको छ।
उक्त समितीमा संयुक्त राष्ट्र संघका पूर्व सहायक महासचिब कुल चन्द्र गौतम
लगायत अमेरिकाको प्रतिनिधित्व डा. तारा निरौलाको नेत्रित्वमा गरिएको छ।
जानकारी अनुसार, अमेरिकामा न्यू योर्कका पाका अधिबक्ता खगेन्द्र जिसीको
पहलमा सङ्कलन गरिने छ।
यो समितीले मार्च १५ सम्ममा सुझाब सङ्कलन गरी सक्नु पर्ने पनि बिग्यप्तिमा
उल्लेख छ।
उता सरकारले संविधान सुझाव संकलनको लागि ४० टोली राजधानीबाट फागुन १६ गते
गाँउ-गाँउमा खटाउदैछ। उक्त टोलिले आवश्यकताअनुसार उपटोली निर्माण गरेर ७५
जिल्लाबाट जनताको राय सुझाव संकलन सुझाव चैत १५ गते (April 28) भित्र
संविधान सभामा पेश गर्नु पर्ने छ ।