|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाललाई हेप्ने र चेप्ने अब पाकिस्तानको पालो काठमाण्डौं, December 22, 2008- भारतको 'आर्थिक राजधानी' मानिने मुम्बईमा गत महिना नोबेम्बर २६ मा भएको हमलामा नेपालको कुनै संलग्लनता नभएपनि नेपाललाई परोक्ष रुपमा मुछ्ने प्रयास सुरु भएको छ। यसअघि यस्ता घटनामा भारतीय सन्चारमाध्यमहरुले नेपाललाई मुछ्ने प्रयास गर्थे भने यसपटक पाकिस्तानी सन्चारमाध्यमहरुले यस्तो प्रयास सुरु गरेका छन् । अनाहकमा नेपाललाई मुछ्ने प्रयास भएपछि परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको छ । मुम्बई हमलामा संलग्न ९ मध्ये भारतीय सुरक्षाकर्मीले जीवित पक्राउ गरेका अजमल असिब कसाव तीन बर्षअघि भारतको अनुरोधमा नेपालमा पक्राउ परेको र भारतलाई सुपुर्दगी गरिएको समाचार पाकिस्तानको अंग्रेजी दैनिक पत्रिका 'इन्टरनेसनल द न्यूज' ले प्रकासित गरेको थियो । यस्ता घटना यस अघि हुँदा भारतीय सन्चारमाध्यमहरुले घटनामा संलग्न अपराधीहरु नेपालको बाटो हुँदै भारत पसेर घटना गराएको आरोप लगाउने गर्थे । सो पाकिस्तानी दैनिकले जीवित अभियुक्त भारतको आग्रहमा नेपालमा पक्राउ परेको समाचार प्रकासित गर्नुको पाकिस्तानी उद्धेश्य पक्राउ परिसकेको अपराधी भारतले नै छुटाएको सो घटनामा भारतीय संलग्नता रहेको पुष्टि गराउनु रहेको हुन सक्छ । किनभने घटनामा पाकिस्तानी संलग्नता रहेको आरोप भारतले लगाउँदै आएको छ । पाकिस्तानी संलग्नताको आरोपका साथ पाकिस्तानमाथि आक्रमणको दबाबपनि नयाँ दिल्लीमा बढ्दो छ । यसको काउन्टरमा त्यस्तो गलत समाचार छापेपछि शुक्रबार नेपालको परराष्ट्र मन्त्रालयले यसको खण्डन गरेको छ । 'कसाव भन्ने व्यक्ति नेपालमा कहिल्यै पक्राउ परेको थिएन र कहिल्यै कुनैपनि देशलाई सुपुर्दगी गरिएको थिएन' परराष्ट्र मन्त्रालयले भनेको छ- 'त्यसैले नेपालको छवि धुमिल पार्ने मनसायबाट प्रकासित उक्त समाचार भ्रामक निराधार र कपोलकल्पित छ ।' जानकारी अनुसार पाकिस्तानका अधिबक्ता तथा मानवअधिकारबादी कार्यकर्ता सीएम फारुकले कसाव नेपालमा ब्यवसाय गर्न गएका बेला भारतीय आग्रहमा पक्राउ परेको र बेपत्ता पारिएपछि नेपालको सर्बोच्च अदालतमा उनलाई सार्वजनिक गर्न मुद्धा दायर समेत गरेको कुरालाई उद्धृत गर्दै सोही अखवारले समाचार सो प्रकृतिको समाचार लेखेको थियो । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||