|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मुलुकमा प्रचण्ड पथ नभई जंगबहादुरपथ चलाउने कोशिस काठमाण्डौं, December 2, 2008- संविधान सभा बैठक एक मिनेट मात्र बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । मंसिर १७ गतेको बैठकमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगबाट प्राप्त पत्र पढेर सुनाएपछि वैठक सकिएको हो । पत्रमा माओवादीका समानुपातिक सभासद मोहन बैद्य 'किरण'ले संविधान सभा सभासद पदबाट दिएको राजिनामा स्विकृत गरिएको र रिक्त स्थानमा दाङ निवासी कुवेरबहादुर ओलीलाई निर्वाचित गरिएको उल्लेख छ । ओलीलाई अध्यक्ष नेम्वाङले आजै पद तथा गोपनीयताको शपथ गराए । यसैवीच व्यवस्थापिका संसदको आजको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोख्रेरलले प्रस्तुत गरेको 'स्वस्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक २०६५' सर्वसम्मतीले पारित गरेको छ । व्यवस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्ने प्रतिपक्षी दलका सभासदहरुले सरकारको आलोचना गरेका छन् । काँग्रेस सभासद् डा. रामशरण महतले विशेष समयमा बोल्दै गृह मन्त्रीले अपराध नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । माओवादीले आफैले गरेका प्रतिवद्धता पुरा गर्न नसकेकाले सरकारका एक सय दिन पूर्णतया असफल भएको उनको भनाइ थियो । देशको आर्थिक विकास गर्ने तर्फ सरकारको ध्यान नगएको भन्दै उनले लगानी गर्ने वातावरण नै नभएको दावी गर्नुभयो । संसदमा जिम्मेवार रुपमा प्रस्तुत भएका दलहरुलाई दुश्मन, अवसरवादी र विदेशी दलाल भन्ने गरेको भन्दै महतले आलोचना गरे । वैठकमा नेकपा माओवादीका सभासद् लिला भण्डारीले कैलालीका पत्रकार जेपी जोसीको हत्याको छानविन गर्न माग गरिन् । राष्ट्रिय जनशक्ति पार्टीका सभासद प्रकाशचन्द्र लोहनीले मुलुकमा प्रचण्ड पथ नभई जंगबहादुरपथ चलाउने कोशिस भइरहेको भन्दै सरकारको आलोचना गरे । यस्तै व्यवस्थापिकाको शून्य समयमा बोल्ने सभासदहरुले आ-आफ्नो जिल्लाका समसामयीक विषयमा बोल्नुभएको छ । काँग्रेसका अर्का सभासद् धनराज गुरुङले प्रधानमन्त्रीले यही 'मंसीर १५ गतेसम्म घरजग्गा फिर्ता गरिसक्ने भनेर सदनमा गरेको प्रतिबद्धता पूरा नभएकोमा ध्यानाकर्षण गराए । व्यवस्थापिकाको अर्को वैठक मंसिर १९ गते विहान ११ बजे बस्ने भएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||