|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
संविधान निर्माण प्रकृया: दशैं अगाडि सिन्को नभाँच्ने निश्चित काठमाडौँ, October 1, 2008- संविधान सभा निर्वाचन सम्पन्न भएको दुई वर्ष भित्र नयाँ समावेशी संविधान बनाउने कसम खाएका सभासदहरुले दशैंभन्दा पहिले संविधान निर्माण सम्बन्धी कुनै काम नगर्ने पक्का-पक्की भएको छ । संविधान सभाका सबैभन्दा महत्वपूर्ण मानिएको 'संवैधानिक समिति' पहिले यसको नाम 'संविधान मस्यौदा समिति' राख्ने कुरा थियो, बनाउन आवश्य संविधानसभा नियमावली पारित नभएपछि यस्तो अवस्था आएको हो। नियमावलीको अभावमा संविधान सभा सम्बन्धी कुनै पनि प्रकृया अगाडि बढ्न नसकेको संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले युएसनेपाल अनलाइनलाई बताए । अध्यक्ष नेम्वाङ्गले नियमावली मस्यौदा समितिले अब एउटा बुँदामा मात्रै सहमती बन्न बाँकी रहेकाले अब छिट्टै नियमावली बन्ने बताएका थिए । जसरी पनि टुङ्गो लगाउने भनेर बसेको मस्यौदा समितिको असोज १५ गतेको वैठक पनि निश्कर्षहिन रह्यो । समितिका संयोजक नारायणमान विजुक्छेका अनुसार सभासदहरुलाई विवेकको मत प्रयोग गर्ने अधिकार दिने कि नदिने भन्ने विषयमा एकमत हुन नसक्दा वैठक निश्कर्ष विहिन भएको हो । सरकारको नेतृत्व गरी रहेका नेकपा माओवादी, एमाले तथा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिन नहुने पक्षमा देखिएका छन् । उता सरकारमै सहभागी मधेशी जनअधिकार फोरम, अर्का प्रतिपक्षी तराई मधेश लोकतान्त्रि पार्टी लगायत प्राय सबै साना दलहरु विवेकको मतको पक्षमा छन् । सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिदा पार्टी नै नरहने तीन ठूला दलको तर्क रहेको छ । साना दलहरु भने संविधान सभामा विवेकको मत प्रयोग गर्न नपाउदा सभासदहरु रबर स्ट्याम्प मात्रै बन्ने बताउँछन् । विवेकको मत पक्षधर सभासद विश्वेन्द्र पासवानले भने 'विवेकको मत प्रयोग गर्न नदिनु वाहुनवादी संविधान बनाउने षडयन्त्र हो । उनीहरु दलित, जनजाति, अल्पसंख्यक र महिलाको पक्षमा संविधान बनोस भन्ने चाँहदैनन् ।' -Santa Bagam in Kathmandu |
|
| <> | ||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||