
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
एक मधेश एक प्रदेश नभए एक नेपाल पनि नहुने धम्की
काठमाण्डौं, December 21, 2008- तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष
महन्थ ठाकुरले एक मधेश एक प्रदेशको माग पुरा नभए नेपाल एउटा मुलुक नरहने
अभिब्यक्ति दिनुभएको छ ।
मधेश एक प्रदेश हुने वा नहुनेबारे विवाद चलिरहेको बेला ठाकुरले एक मधेश एक
प्रदेश नभए एक नेपाल पनि नहुने धम्की दिनुभएको हो ।
काठमाण्डौंमा शनिबार आयोजित कार्यक्रममा आफ्नो भाषण टुंग्याउँदै उहाँले
भन्नुभयो 'एक मधेश हुँदैन भने एक नेपाल पनि हुँदैन ।'
ठुला दलले आफुहरुको आवाज नसुनेको भन्दै आफ्नो भाषणभर आक्रोश पोखेका ठाकुरले
तीन दलले अधिनायकत्व लाद्न खोजेको आरोप लगाउनुभयो ।
तर मधेसी पत्रकार समाजले शनिबार काठमाण्डौंमा गरेको कार्यक्रममा मधेशी
सभासद्हरुले मधेस र पहाडबीच फाटो ल्याउन षडयन्त्र भैरहेको बताएका छन् ।
उनीहरुले षडयन्त्रकारीहरुलाई चिनेर त्यसै अनुसारको व्यवहार गर्नुपर्ने र
त्यस्ताहरुसँग सचेत रहन आग्रह गरेका छन् ।
माओवादी सभासद् देवेन्द्र पटेलले तराईवासी र पहाडियाबीच झगडा मच्चाएर आफ्नो
राजनीतिक अभिष्ट पुरा गर्न चाहनेहरु राष्ट्रघाती भएको बताउनुभयो ।
मधेशी नेता प्रभु शाहले तराई, पहाड र हिमाल जहाँ बसे पनि सबै नेपाली भएकाले
साम्प्रदायिक सद्भाव बचाउँदै राष्ट्रियता, अखण्डता र सार्वभौमिकता जोगाउन
नेपाली एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
-Khagendra Makhim in Kathmandu
|
|