|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
अहिलेका सांसदलाई कसम खुवाउने कानून अझै छैन काठमाडौं, May 5, 2008-संविधान सभा सदस्यले गर्ने शपथ ग्रहणको व्यहोरा सरकारले अध्यादेशमार्फत् ल्याउने भएको छ । संविधान सभा निर्वाचनपछि पहिलो पटक आइतबार बसेको मन्त्री परिषद्को बैठकले यो निर्णय गरेको हो । सात राजनीतिक दलको सहमतिमा शपथ ग्रहणको व्यहोरा निर्माण गरी अध्यादेशमार्फत् त्यसलाई जारी गर्ने निर्णय आइतबारको बैठकले गरेको छ । संविधान सभाका सदस्यहरुको सपथ ग्रहण सम्बन्धी प्रावधान कुनैपनि कानूनमा छैनन् । यसअघि यस सम्बन्धी व्यवस्था गरिएको थिएन । त्यसैले संविधान सभाको पहिलो बैठक अघि सभासद्हरुले के कस्तो शपथ लिने भन्ने अन्योल जारी थियो । प्रधानमन्त्री निवास बालुवाटारमा संविधान सभाको निर्वाचनपछि बसेको पहिलो बैठकले उपरोक्त निर्णय गरेपछि यस सम्बन्धी अन्योल समाप्त भएको छ । बैठकमा राजिनामा दिएपनि स्वीकृत नभएका एमाले मन्त्रीहरुको उपस्थिति थिएन । शपथ ग्रहणको व्यहोरासम्बन्धी अन्योल समाप्त भएपनि अन्य केही अन्योल भने कायमै छन् । संविधान सभाका २६ सदस्यको मनोनयन कुन मन्त्री परिषद्ले गर्ने भन्ने अन्योल कायमै छ । आइतबारको बैठकमा यस सम्बन्धमा कुनै कुराकानी नभएको सन्चारमन्त्री कृष्णबहादुर महराले बताएका छन् । यही सरकारले मनोनयन गर्ने कि अब बन्ने नयाँ सरकारले भन्ने बारेमा विवाद छ । निर्वाचनको माध्यमबाट आउन नसकेका विभिन्न जाति-जनजातिलाई मनोनित कोटाबाट लैजाने प्रावधान छ । |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®