Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
सहमतिको ढोका बन्द गर्ने को हो?
पुरक विद्येयकले पनि वैठक सूचारु गर्न सकेन

काठमाडौं,  July 6, 2008- मधेशवादी दलहरुले सरकारले ल्याउन लागेको पुरक विद्येयकले पनि आफ्ना माग समेट्न नसकेको भन्दै विरोध कार्यक्रम जारी राख्ने निर्णय गरेका छन् ।

असार २१ गते सिंहदरबार स्थित सद्भावना पार्टी संविधानसभा दलको कार्यालयमा बसेको मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र नेपाल सद्भावना पार्टी आनन्दीदेवीको संयुक्त वैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख तीन राजनीतिक दलको सहमती अनुसार तयार गरिएको पुरक विद्येयकले संयुक्त मधेशी लोकतान्त्रिक मोर्चासँग सरकारले गत फागुनमा गरेको सम्झौताको उलंघन गरेको ठहर गरेको छ । वैठक पछि फोरम अध्यक्ष उपेन्द्र यादवले भने 'सरकारले मधेश आन्दोलनको अपमान गरेको छ । हामी अब सदन र सडक दुबै ठाउँबाट संघर्ष गर्छौ ।'

मधेशवादी दलले पुन सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि असार २१ गते पनि संविधानसभाको वैठक बस्न सकेन । व्यवस्थापिका संसदका कार्यवाहक महासचिव मनोहर प्रसाद भट्टराईले सूचना जारी गरेर अर्को वैठक असार २३ गते विहान ११ बजे बस्ने जनाएको छ ।

एका तिर सरकार सम्मिलित दलहरुको निर्णयपछि पनि व्यवस्थापिका संसदको वैठक सूचारु हुन सकेको छैन भने अर्को तिर बिभिन्न संघ संस्था तथा अन्य दलहरुले चर्को आलोचना गर्न थालेका छन् । मधेशीवादी दलको चिक्त बुझाउन नसकेको पुरक विद्येयक सरकारले ल्याउनॆ भएपछि तराई मधेशका संघ संस्था तथा अन्य दलहरुले 'एक मधेश एक प्रदेश' को विरोधमा प्रदर्शन गरेका छन् ।

अन्तरिम संविधानको पाँचौ संशोधन विद्येयकमा पुरकको रुपमा ल्याउन लागिएको पुरक विद्येयकको आशय 'एक मधेश एक प्रदेश' स्विकार्ने खालको रहेको उनीहरुको ठहर छ । सो विद्येयकमा अन्तरिम संविधानको धारा १३८ को उपधारा २ को अन्तिम वाक्यांशपछि 'आयोगले सुझाव दिदा नेपाल सरकारले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, नेपाल आदिवासी जनजाति महासंघ तथा आदिवासी जनजाति संयुक्त संर्घष समिति र संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा नेपाल लगायतका समूहहरुसँग गरेका सम्झौता र सहमतिलाई समेत आधारमा लिनेछ ।' भन्ने प्राबधान थप्ने सहमति भएको थियो ।

सात दल मध्ये नेपाल मजदुर किसान पार्टीले सदन चलाउने नाममा जस्तो सुकै दस्तावेजमा हस्ताक्षर नगर्ने प्रतिकृया दिएको थियो । जनमोर्चा नेपाल र नेकपा माले पनि नेमकिपासंग सहमत देखिएका छन् ।

उता थारु कल्याणकारिणी सभाले तराईमा मधेश भन्ने प्रदेश हुँदै नभएको दाबी गरेको छ । सभाले स्वायक्त थरुहट प्रदेशको प्रत्याभूति हुनु पर्ने माग गरेको छ । यसै गरी कोचिला, मिथिलान्‍चल जस्ता प्रदेश मधेशमा हुनु पर्ने अन्य मधेशी समुदायको माग रहेको छ ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®