|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मधेशी मागका लागि पुरक विद्येयक ल्याउने तर 'एक
मधेश एक प्रदेश' बनाउन नसकिने काठमाडौं, July 1, 2008- गत फागुनमा सरकार र संयुक्त मधेशी लोकतान्त्रिक मोर्चावीच भएको सम्झौतालाई पुरक विद्येयकको रुपमा संसदमा लैजान ६ दलवीच सहमती भएको छ । नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले तथा मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी सम्मिलित असार १७ गतेको संयुक्त वैठकले यस्तो सहमती गरेको हो । सम्झौताका भावलाई सम्वोधन गर्ने गरी पुरक विद्येयको मस्यौदा तयार गर्न तीन सदस्यीय समिति बनाईएको छ । मस्यौदा समितिमा माओवादीका देव प्रसाद गुरुङ्ग, काँग्रेसका विमलेन्द्र निधि र एमालेका भीम रावल सदस्य रहेका छन् । समितिले मस्यौदा तयार गर्न नसकेपछि भोलि विहान ९ बजे अर्को वैठक बस्ने भएको छ । वैठकमा सहभागी माओवादी अध्यक्ष पुष्पकमल दाहालका अनुसार विगतका सम्झौतालाई प्रतिविम्वित गरेर पुरक विद्येयक मस्यौदा बनाउँदा 'एक मधेश एक प्रदेश' भन्ने अर्थ नलागोस भन्ने तर्फ प्रर्याप्त ध्यान दिइनेछ । अर्का सहभागी एमाले महासचिव झलनाथ खनालले भने 'स्वायक्त मधेश प्रदेशहरु बारे उल्लेख गर्दा मधेशमा रहेका सबै जाती, भाषा, क्षेत्र र संस्कृतिमा रहेका जनताको भावनामा आँच नपुर्याउने विद्येयक बनाइनु पर्छ ।' 'एक मधेश एक प्रदेश' बनाउन नसकिने र सेनामा समूहगत प्रवेश गराइन नहुनेमा काँग्रेस, माओवादी र एमाले सहमत छन् । सहमतीबाट कुरा नमिले संसदमा मतदान हुन सक्ने एमाले महासचिव खनालले बताएका छन् । दलहरुवीचको सहमतीका बावजुद पनि व्यवस्थापिका संसदको हैसियतमा बस्न लागेको संविधान सभाको आजको वैठक भने सन्चालन हुन सकेन । मधेशी दलले असार ११ गतेदेखि निरन्तर रोस्टम घेराउ र नारावाजी गरेर वैठक अवरुद्ध पार्दै आएका छन् । आजको वैठक भने सूचना जारी गरेर स्थगीत गरिएको थियो । संविधान सभाको अर्को वैठक असार १८ गते विहान ११ बजे बोलाइएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||