Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

नब निर्वाचित पत्रकार महासंघका पदाधिकारीहरुलाई बधाईको ओइरो


शहीदहरुप्रति श्रद्धान्‍जली अर्पण गर्दै बनमन्त्री मातृका यादव र पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरु Photo: Sitaram Baral

काठमाडौं, May 8, 2008-पहिलो पटक मधेशी मूलका अध्यक्ष चुनिएपछि हर्षले गद्गद् भएका मधेशीहरुले नेपाल पत्रकार महासंघका नब निर्वाचित अध्यक्ष धर्मेन्द्र झालगायत अन्य पदाधिकारीहरुलाई अभिनन्दन गरेका छन् । महासंघका नव निर्वाचित पदाधिकारीलाई बधाई तथा अभिनन्दन कार्‍यक्रममा जान नै भ्याई-नभ्याई भएको छ । नयाँ कार्यसमितिले श्रम्जीवी पत्रकार ऐन र सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा जोड दिने निर्णयसमेत गरेको छ ।

माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले बुधबार महासंघका अध्यक्ष झालगायत नव निर्वाचित पदाधिकारीहरुको अभिनन्दन गर्यो । अध्यक्षमात्र होइन महासंघमा पहिलो पटक उल्लेख्य संख्यामा मधेशीहरु निर्वाचित भएको उपलक्ष्यमा मोर्चाले अभिनन्दन कार्यक्रम आयोजना गरेको हो । अध्यक्षमा झाका अलवा केन्द्रीय सदस्यमा पूर्वान्‍चलबाट शम्भु झा, मध्यमान्‍चलबाट शितल शाह, मधेशीबाट महेश दास गरी ४ जना निर्वाचित भएका छन् ।

बन मन्त्री एबं माओवादी केन्द्रीय सदस्य मातृका यादवले महासंघका पदाधिकारीहरुको अभिनन्दन गर्दै भने- 'मधेशी, दलित, जनजाति, महिला र पिछडिएको क्षेत्रको जनसंख्या अनुसार महासंघमा समानुपातिक प्रतिनिधित्व भएको देखिन्न । तर सबै समुदायको समावेशी प्रतिनिधित्व भने पत्रकारहरुको संगठनमा भएको छ । यसप्रति हामीलाई गौरव लागेको छ ।' माओवादी जनयुद्धकाकारण यो स्थिति आएको भन्नपनि उनले भुलेनन्।

मन्त्री यादवले प्रेस स्वतन्त्रताको सम्मान सबैले गर्नुपर्ने बताउँदै स्वतन्त्रताको नाममा अराजकता हुननहुने बताए । 'आफ्नो अधिकार खोज्ने पत्रकारहरुको कलमले देश र जनताको सेवा गर्नुपर्छ' उनको भनाई थियो- 'अरुको आलोचना गर्ने प्रेसले आफ्नो आलोचना गरेकोपनि सुन्न सक्नुपर्छ ।' उनले कतिपय मामिलामा 'प्रेस आतंक' समेत रहेको बताउँदै महासंघको कार्यसमितिले प्रेस आतंक रोक्न भूमिका खेल्नुपर्ने सुझावपनि दिए ।

नेपाल पत्रकार महासंघ कान्तिपुर टेलिभिजन शाखाले आयोजना गरेको अभिनन्दन कार्यक्रम सकेर मधेशी मोर्चाले आयोजना गरेको अभिनन्दन कार्यक्रममा महासंघका पदाधिकारीहरु पुगेका थिए । तर त्यो कार्यक्रम सिकंदा-नसिकंदै प्रधानन्यायाधिस केदारप्रसाद गिरीको उपस्थितिमा रिपोटस्र क्लवले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पुग्न नव निर्वाचित पदाधिकारीहरुलाई हतार भैसकेको थियो ।

निर्वाचित भएलगत्तै महासंघको बैठक बसेको थियो । बैठकले अन्तरिम व्यवस्थापिका-संसदबाट पारित भैसकेको श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ पहिलो संसोधन २०६४ र सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयन गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेको छ । बुधबार भएको तीन वटै अभिनन्दन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष झाले भने- 'यी ऐनहरु कार्यान्वयनकालागि हामी जस्तो सुकै संघर्ष गर्न तैयार छौं । तर त्यसका लागि आम पत्रकारहरुको सहयोग चाहिन्छ ।'

-Sitaram Baral in Kathmandu






















तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®