|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'नेवाः स्वायत्त सरकार, अग्राधिकार र आत्म निर्णयको अधिकार' Newars gathered in thousands at the rally in Kathmandu. Photo: Min Ratna Bajracharya काठमाण्डौ, January 16, 2009- नेवा:स्वायत्त राज्य संयुक्त संघर्श समितिको आह्वानमा नेपाल मण्डलमा 'नेवाः स्वायत्त सरकार, अग्राधिकार र आत्म निर्णयको अधिकार' भन्ने मूल नाराका साथ नेवार सम्बद्ध बिभिन्न संघ सँस्थाहरुले राजधानीमा विशाल र्याली प्रदर्शन गरेका छन् । दिउसो ११ बजे काठमाडौंको बसन्तपुरबाट नेवा: स्वायत्त राज्य प्राप्तका लागि लाखौं नेवा:हरुले शान्तिपूर्ण बिशाल प्रदर्सन गरे। उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरलगायत ११ जिल्लाका नेवा: बाहुल्य क्षेत्रलाई समेटी संविधानमा नेवाः राज्य 'नेपाल मण्डल' इलाका निर्धारण गरी नेवा: स्वायत्त राज्य बनाउनै पर्ने, नेवा:हरुका साथै सम्पूर्ण जनजातिहरुलाई आ-आफ्नो आदि भुमिमा अग्राधिकार दिनै पर्ने भन्ने माग गर्दै शुक्रबार राजधानीमा निस्किएको बृहत् र्यालीले संवैधानिक समितिका सदस्य नीलाम्बर आचार्यलाई ज्ञापनपत्र बुझाएको छ। नेवाः राज्य नेपालमण्डलको इलाका लिच्छवि कालमा काठमाडौं तीन जिल्ला केन्द्र मानी काभ्रेपलान्चोक, मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, धादिङ, रामेछाप, सिन्धुली, रसुवा र सोलुखुम्बु गरी १३ जिल्लामा ऐतिहासिक, सांस्कृतिक र भौगोलिक अस्तित्व बनाएको बताइन्छ तर वर्तमान नेपालको व्यावहारिकतालाई ध्यानमा राखी उपत्यका र वरिपरिका नेवा:बाहुल्य क्षेत्रलाई नेवाः राज्य नेपाल मण्डल इलाका निर्धारण गरिनुपर्ने नेवाः स्वायत्त राज्य संयुक्त संर्घष समितिले जनाएको छ। |
|
![]() Photos: Padam Shrestha & Saroj Ratna Shakya वसन्तपुर कुमारीघरअगाडि दशअवतार मन्दिरमा भेला भई बृहत् र्यालीका साथ संविधान सभा भवन नयाँबानेश्वर पुगी बुझाइएको ज्ञापनपत्रका साथ नेवाः स्वायत्त राज्य नेपालमण्डलप्रति प्रतिबद्धता जनाउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लगायत ६०१ सभासद्सहितको हस्ताक्षरयुक्त कपडाको तूल रहेको छ। बिभिन्न राजनीतिक पार्टीहरुमा आवद्ध जातीय संघसंगठन, खल:, गुठी लगायतको सहभागीता रहेको र्याली काठमाडौंको बसन्तपुरबाट सुरु भई िसंहदरबार हुँदै नयाँ बानेश्वर स्थित संविधान सभा भवनमा पुगेर टुङ्गिएको थियो । उनीहरुले संविधान सभा भवनमा पुगेर सभाध्यक्ष सुवास नेम्वाङ र संवैधानिक समितिका सभापति माधवकुमार नेपाललाई भेटेर नेवारहरुको आदीम थलो काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरुलाई नेवा: स्वायत्त राज्यको माग गरेका थिए । बसन्तपुरबाट र्याली सुरु हुनु अघि बोल्दै नेकपा माओवादी नेवाः राज्य समितिका इन्चार्ज हितमान शाक्य 'सुमन' ले नेवाः स्वायत्त राज्य स्थापनाका लागि अन्तिम समयसम्म पनि संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका थिए । -Santa Bagam in Kathmandu. Also reported by Padam Shrestha & Saroj Ratna Shakya (पदम श्रेष्ठ/सरोज रत्न शाक्य) in Kathmandu. ![]() Photos: Padam Shrestha & Saroj Ratna Shakya ![]() ![]() Photos: Padam Shrestha & Saroj Ratna Shakya |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||