Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Japan

जापानमा नेवा पुन्हीको रमझम



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV


Photos courtesy: Kumar

टोक्यो, 12 Mar, 09- नेवा: जागरण मन्च जापानको आयोजनामा ने.स.११२९ (मार्च ८ तारेख) टोक्योको आकाशाका स्थित नेपाली रेस्टुरेन्ट मन्डलाको सभाहलमा बिभिन्न सान्स्कृतिक कार्यक्रमका साथ 'होली पुन्ही' भब्य रुपमा सम्पन्न भएको छ।

होली पुन्हीको उपलक्षमा उपस्थित भएका सम्पूर्ण नेपाली तथा जापानी साथीहरुलाई धन्यवाद दिनुहुँदै मन्चका अध्यक्ष सुनिल कुमार शाक्यले कार्यक्रम आरम्भ गर्नु भएको थियो। बिदेशमा बसेर पनि स्वदेशको सन्स्क्रिती झल्कने गरी होलिपुन्ही मनाउन पाएकोमा अत्यन्त खुशी भएको कुरा ब्यक्त गर्नुहुँदै शाक्यले जपानवासी नेपालीहरुको एकआपसको मैत्री भावमा घनिस्टता बढाउने र नेपालको रोजगारी प्रशिक्षणमा लगानी गर्ने मञ्चको उद्वेष्य रहेको कुरा बताउनुभयो।

शाक्यले होली पुन्हीको बारेमा सँक्षिप्त परिचय दिनु हुँदै होली पुन्हीको लोक भाका गाएर सुनाउनु भएको थियो।

नेवा: समुदयमा होली पुन्हीको बेलामा 'होलिया मेला मयजु मस्युला अबिर भचा न तय मज्युला' भन्ने लोक भाका गाएर नाच गान गरी अबीर लगाएर होली मनाउने चलन छ।

सान्स्कृतिक कार्यक्रमका क्रममा नेपाली नृत्य मयुर ग्रुप र सुपेअरिबु ग्रुपले साँस्कृतिक नाच एवंम रोमान्चक गीतहरु प्रस्तुति गरेको थियो भने जनक राज शाक्य, उपेश श्रेष्ठ, सुमित्रा शाक्य, श्याम तन्दुकार, कौसल्या बज्राचार्यका गीतहरुले उपस्थित हुनुभएका नेपाली तथा जापानी साथीहरुलाई उत्साहका साथ नचाउन सफल भएको थिए ।

त्यस्तै अनिल कुमार शाक्यले 'सम्हा:या सँया झ्या: कुली कुली चिन्का मिखाय अज: बाला बाला ह्याउँ सिन्ह: तिना' भन्ने गीत गाउँदा उपस्थित स- साना बालकहरु झुम्मिएर नाचेका थिए ।
 

Photos courtesy: Kumar

कार्यक्रममा नेपाली पुरुष र जापानी महिलाबिच बैबाहिक सम्बन्ध गास्नुभएका नेवा: साथीहरु आफ्नो श्रीमती र छोरा छोरीका साथ उल्लेख्य रुपमा उपस्थित हुनु भएको थियो ।

त्यस्तै, जापानी तथा अरु नेवा: साथीहरुको उपस्थिति भएको होली पुन्हीको कार्यक्रममा नेवा:खानाले आफ्नो सन्स्क्रिती र मातृभूमी नेपालको सम्झना गराएको थियो। उक्त दिनको कार्यक्रमको सन्चालन नेवा: जागरण मन्च जापानका उपाध्यक्ष कृष्ण बदन जोशीले गर्नु भएको थियो।

-Kumar Bajra in Japan



Photos courtesy: Kumar





Photos courtesy: Kumar






Photos courtesy: Kumar
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®