|
१.
नेपालको
ईतिहासमा
पहिलो
पटक
जेठ
१५
गते (मे
२८,
२००८)
२०६५
का
दिन
जननिर्वाचित
संविधान
सभाको
प्रथम
सभाबाट
नेपाललाई
संघीय
लोकतान्त्रिक
गणतन्त्र
घोषणा
गरेपछि
नेपाल
नेपाली
जनतालाई
अपरिवर्त्य
संप्रभूता,
पूर्ण
स्वतन्त्रता
र
सामाजिक
न्याय
प्रत्याभूत
गरी
प्रगतिको
मार्ग
प्रशस्त
गर्ने
पूर्ण
लोकतान्त्रिक
युगमा
प्रवेश
गरेको
यस
ऐतिहासिक
सन्दर्भमा;
नेपाली
जनताको
लोकतान्त्रिक
संघर्षमा
सधैं
सगौरव
ऐक्यवद्धता
र
सहयोग
गर्दै
आएका
हामी
न्यूयोर्कवासी
नेपालीहरु
हर्ष विभोर
भएका
छौं
।
र,
यस
अवसरमा
ठूलो
द्वन्द
भोगेर
पनि
धैर्यता
नगुमाई
विश्वलाई
नै
प्रेरणा
दिने
उचाईको
निर्णायक
आन्दोलन
गरी
लोकतन्त्र
स्थापना
गर्न
सफल
नेपाली
जनतालाई
अभिवादन
गर्दछौं
।
र
संविधान
सभाको
सफलतापुर्बक
निर्वाचन
सम्पन्न
गरेकोमा
वर्तमान
अन्तरिम
सरकारलाई
हार्दिक
बधाई
ज्ञापन
गर्दछौं।
२.
नेपाली
जनताले
आधा
शताब्दीभन्दा
लामो
समय
लोकतन्त्रको
स्थापनाको
लागि
गरेका
संघर्ष,
र
तिनका
आंशिक
उपलब्धीलाई
मनन
गर्दै;
ऐतिहासिक
जनआन्दोलन-२
बाट
सामाजिक
परिवर्तन
र
राजतन्त्रको
तत्कालिन
महत्वाकांक्षाको
विरुद्ध
भएको
निर्णायक
र
युगान्तकारी
जनआन्दोलनको
उच्च
मुल्याङ्कन
गर्दै,
यसको
एउटै
निचोड
समावेशी
लोकतान्त्रिक
गणतन्त्र
थियो
भन्ने
तथ्यलाई
पुष्टी
गर्दै
यसको
सगौरव
घोषणा
संविधान सभाको
प्रथम
सभाले
गरेर
एउटा
महान
दायित्व
पुरा
गरेको
यस
ऐतिहासिक घडिमा;
३.
संविधान
सभाले
यस
गौरवपूर्ण
जनादेशलाई
निरन्तरता
दिई
दलगत
स्वार्थबाट
माथि
उठेर
नेपाली
जनताको
सर्वोत्तम
हीतलाई
सर्वोपरी
राख्दै;
राज्य
सत्तामा
हालसम्म
भएको
केन्द्रिकृत राज्य ब्यबस्था,
सीमित
जातीय तथा वर्गिय
बर्चस्वको
अन्त्य
गर्दै
राज्यद्वारा
आदिबासी-जनजाति,
महिला,
मधेशी,
दलित,
उत्पीडित,
अल्पसंख्यक
वा
सिमान्तकृत
समूहहरुलाई
समान
अधिकार
र
अवसर
प्रदान
गर्ने,
जनताको
आधारभूत
आवश्यकता
पुरा
गर्ने,
विद्यमान
गरीविको
निवारण
गरी
सम्पन्नता
हासिल
गर्ने
अवसर
प्रदान
गर्ने,
व्यक्तिगत
कृपामा
निर्भर
रहनु
नपर्ने
पद्धतिको
स्थापना
गर्ने,
पारदर्शिता,
जवाफदेहिता
र
योग्यताको
आधारमा
सुशासन
पद्धति
र
त्यस
अनुरुपको
संविधान
निर्माण
गर्नेछ
भन्ने
कुरामा
विश्वस्त
हुँदै;
४.
संविधान
सभामा
अहिले
भएको
समावेशी
प्रतिनिधित्वले
जातीय,
भाषिक,
धार्मिक,
लैङ्गिक,
क्षेत्रगत
र
बर्गिय
बिबिधताको
उजागर
गरेको
महसुस
गर्दै,
यसले
नेपालको
अखण्डता,
अविभाज्यता
र
एकतालाई
अझ
बलियो
बनाउँदछ
भन्ने तथ्य प्रति
विश्वसत छौं।
नेपालको
नयाँ
संबिधानमा
पूर्ण
समावेशी
नीति
स्पष्ट
उल्लेख
गर्दै
संबैधानिक
ग्यारेन्टीसमेत
गरिनु
पर्दछ
भन्ने
जोडदार
माग
गर्दछौं।
५.
नयाँ
नेपालमा
सरकारले
विश्वब्यापी
मानव
अधिकार घोषणापत्रको
मुल्य,
मान्यतालाई
व्यबहारमा
लागु
गर्दै, दण्डहीनताको अन्त्य र कानूनी राज्यको सुनिश्चितता
गर्दै,
नागरिकको
नैसर्गिक
हक,
अधिकारको
ग्यारेन्टी
गर्नु
पर्दछ
।
साथै
जनताको
सुसुचित
हुने
अधिकार
र
प्रेस
स्वतन्त्रता
प्रति
सरकार
र
राजनीतिक
दलहरुले
प्रतिबद्धता
जाहेर
गर्नु
पर्दछ।
६.
नेपाल
सरकारले
विश्वमा
छरिएर
रहेका
नेपालीहरुको
हक,
अधिकारलाई
सुनिश्चित
गर्दै
उनिहरुको
साधन,
श्रोत
र
दक्ष
जनशक्तिलाई
नेपालमा
उपयोग
गर्ने,
गराउने
स्पष्ट
नीति
तर्जुमा
गर्न
हामी
न्यूयोर्कबासी
नेपालीहरु
नेपाल
सरकारसँग
आग्रह
गर्दै;
७.
नेपालको
पछिल्लो
कालखण्डमा
भएको
राजनैतिक
द्वन्दको
मार
भोगेका,
मानव
अधिकार
हनन
भएका,
सम्मान
र
जीवन
हरण
भएका
र
बेपत्ता
पारिएका
अज्ञात
नेपालीहरुले
पूर्ण
न्याय
प्राप्त
भएको
दिन
गणतन्त्रको
वास्तविक
नैतिक
प्रत्याभुति
हुनेछ
भन्ने
स्मरण
गराउँदै;
८.
अन्त्यमा,
आम नेपाली जनतालाई सार्बभौमता दिलाउने क्रममा जन
आन्दोलनमा
जीवन
उत्सर्ग
गर्ने
ज्ञात-अज्ञात
शहीदहरु,
जो
नेपालको
यस
महान
परिवर्तनका
बाहक
र
हकदार
हुन्, उनिहरु
प्रति
हार्दिक
सम्मान
र
श्रद्धाञ्जली
व्यक्त
गर्दछौं।
संघीय
लोकतान्त्रिक
गणतन्त्र
नेपाल
–
जिन्दावाद
!
न्यूयोर्क
गणतन्त्र
नेपाल उत्सब
आयोजक
समिति
(New York Ganatantra Nepal Utsav Aayojak Samiti)
अनिल
जे.
शाही,
शैलेश
श्रेष्ठ,
सोमनाथ
घिमिरे,
विश्व
शाह,
बिनोद
लिम्बु,
अर्जुन
गुरुङ,
बिष्णु
सुबेदी,
टेक
गुरुङ,
सञ्जय
पराजुली,
प्रदीप
थापा
मगर,
सतेन्द्र
शाह,
सिता
खरेल,
केशबराम
राई, मुनिन्द्र नेम्बाङ, ईन्द्र तामाङ, पासाङ दोर्ची शेर्पा
तथा,
संयुक्त
राज्य
अमेरिका,
न्यूयोर्कवासी
नेपाली र संघ-संस्थाहरु
यहाँ उल्लेखित हाम्रो उपस्थिती र हस्ताक्षर नै साक्षीको द्योतक
हो:
|
|
1.
For the first time in the history of Nepal, in the first
sitting of the Constituent Assembly elected directly by the
people of Nepal, Nepal has been declared a Federal
Democratic Republic, thereby realizing and guaranteeing
irreversible people’s sovereignty, complete freedom and
social justice, thereby providing innumerable possibilities
of progress and prosperity by heralding a truly democratic
age in Nepal. In this truly historical context;
We, the Nepalese residing in the Greater New York area,
which have proudly expressed solidarity with, and provided
assistance to, the democratic struggle of the Nepalese
people, express our exhilaration. We salute the Nepalese
people who have, through their exemplary and decisive
people’s movement capable of inspiring the rest of the
world, and despite pressing civil conflict, successfully
established a true democracy. We congratulate the present
interim government of Nepal for the completion of a
successful Constituent Assembly election.
2.
Taking into consideration the Nepalese people’s half-century
of struggle to establish democracy, and the partial
successes thereof;
In giving the highest regard to the process of social
transformation and the struggle against the then-ambitious
monarchy, and the fact that the only logical conclusion of
the decisive and historic People’s Movement II would have
been an inclusive, Democratic Republic, the Constituent
Assembly has fulfilled its monumental duty by proudly making
a declaration accordingly. In this historic moment;
3.
We believe that the Constituent Assembly will honor and
provide continuity to the proud will of the people by rising
above party politics and giving the highest regard to the
interests of the Nepalese people, thereby;
Bringing an end to the influence of a centralized governing
system, limited caste and class hierarchy in the state
administration and mechanism,
thereby, providing equal rights and opportunities to
the indigenous ethnic groups, women, Madheshis, Dalits, the
underprivileged, the minority and the marginalized groups,
thereby, fulfilling the people’s basic needs, eradicating
the current level of poverty, thereby, establishing a system
which will prevent nepotism,
thereby, strengthening transparency, accountability,
and good governance based on merit, thereby, constructing a
constitution accordingly;
4.
Realizing inclusive representation in the Constituent
Assembly of various castes, languages, religions, gender,
regions and classes, we are of the belief that this will
further strengthen sovereignty, solidify indivisibility and
national unity. We demand that the similar fully inclusive
policies be clearly stated in the new constitution, and that
they constitutionally guarantee the implementation thereof;
5.
The government of new Nepal must honour and practice the
values and agreements of the Universal Declaration of Human
Rights, thereby bringing an end to impunity and ensuring law
and order, guaranteeing respect for inalienable and
fundamental rights of the people. Further, the government
and the political parties must demonstrate commitment to the
people’s right to information and freedom of the press.
6.
We, the Nepalese of the Greater New York area urge the
Government of Nepal to adopt clear policies that ensure the
proper rights of the Nepalese Diaspora
around the world
and utilize their resources, skills and talents
toward the development of
Nepal;
7.
By reminding that the real, moral guarantee of the advent of
the republic in Nepal can only be achieved by providing full
justice to those Nepalese who have suffered in political
conflicts in the past, to those whose human rights have been
violated, to those whose human dignity and life have been
stolen, to
those known and unknown who were disappeared;
8.
We close this declaration by expressing our deep respect and
condolence to those who made the ultimate sacrifice in the
process of securing sovereignty for the Nepalese people
through people’s movements, for they are the ones who are
the true and rightful owners and the instruments of this
great transformation.
Long Live the Federal Democratic Republic of Nepal!
New York Republic Nepal Utsav Committee
Anil J. Shahi, Shailesh Shrestha, Somnath Ghimire, Biswa
Shah, Binod Limbu, Arjun Gurung, Bishnu Subedi, Tek Gurung,
Sanjaya Parajuli, Pradeep Thapa Magar, Satendra Shah, Sita
Kharel, Keshabram Rai, Munindra Nembang, Indra Tamang,
Pasang Dorchi Sherpa, and,
Nepalese and the Nepalese organizations of the Greater New
York area, USA.
This is our testimony, which we who are present give witness
by signing here below:
|