नयाँ बर्षको पहिलो संघर्ष : समर्थन फिर्ता लिदै आन्दोलनको घोषणा
Terai Medhesh Loktantrik Party leaders at the press meet.
Photo: Santa काठमाण्डौं,January 3, 2009-प्रतिपक्षमा रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारले
मधेशका मुद्दाप्रति उदासिन रहेको भन्दै आन्दोलनको कार्यक्रम सार्वजनिक
गरेको छ ।
पुस १९ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको कार्यक्रम अनुसार पुस
२८ गते तराई मधेशका सबै जिल्ला सदरमुकाममा विरोध प्रर्दशन माघ ३ गते तराई
मधेशका जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना दिने कार्यक्रम
रहेको छ ।
यसैगरी माघ ५ गते बलिदानी दिवस मनाउने तथा माघ ७ गते लोडसेडिङ्गको
विरुद्धमा तराई मधेशमा पर्ने विद्युत प्राधिकरण कार्यालय अगाडि धर्ना तथा
विरोध गर्ने भएको छ । आफ्नो पार्टीले मंसिर १६ गते प्रधानमन्त्री समक्ष
राखेको १३ बुँदे माग पुरा नभए माघ ९ र १० गते भैरहवामा हुने राष्ट्रिय
कार्यकर्ता भेलाले दोस्रो चरणको आन्दोलन तय गर्ने अध्यक्ष महन्थ ठाकुरले
बताए ।
मंसिर १६ गते बुझाएको १३ बुँदामा ०६४ फागुन १६ गते मधेशी मोर्चासँग सरकारले
गरेको सम्झौताकार्यान्वयन हुनु पर्ने मधेशी समुदायलाई सेना, प्रहरी तथा
निजामती सेवामा सामुहिक प्रवेश गराउनु पर्ने लगायतका माग राखिएका छन् ।
मधेशी दलहरुसमेत सम्मिलित सरकारले मधेशका मुद्दालाई सम्वोधन गर्न नसकेको
भन्दै पुस १७ गते नै सो पार्टीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने
घोषणा गरेको थियो ।