|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सबै दलहरुले नयाँ नेपालको कुरा गरेपनि संख्याकै भागबण्डमा तल्लिन |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, December 9, 2008-
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ६ वटा दल छ
तिर फर्केकोले सरकारलाई काम गर्न अप्ठेरो परेको बताएका छन् । राजनैतिक, सुरक्षा, कर्मचारी, प्रशाशनलगाएत राज्यका सपूर्ण संयन्त्रमा यथास्थितिवादी चिन्तन हावी रहेको बताउँदै उनले परिबर्तनलाई आत्मसाथ गरी जनअपेक्षा अनुसारको काम गर्नुपर्नेमा जोड दिए । राजधानीमा मंसिर २४ गते आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठनको दोस्रो बर्षगाँठ तथा नेपाल राष्ट्रिय कर्मचारी महासंघको घोषणा सभामा बोल्दै प्रचण्डले सबै दलहरुले नयाँ नेपालको कुरा गरेपनि संख्याकै भागबण्डमा दलहरुबीचमा कुरा नमिल्दा महत्वपूर्ण आयोग गठनमा ढिलाई भैरहेको बताए । अहिले बिशेषगरी मधेशवादी दलहरुबाट बिभिन्न ज्ञापनपत्र सहित आन्दोलनको चेतावनी आइरहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तै अबस्था रहिरहे नेपालको शान्ति प्रकृया, संबिधान निर्माण र जनअपेक्षाको कदर हुन नसक्ने उल्लेख गरे । प्रधानमन्त्रीले सरकारमा सहभागी भएका र सरकार भन्दा बाहिर रहेका दलहरुले धम्कीपूर्ण अल्टिमेटम दिइरहेको भन्दै प्रचण्डले भनॆ- 'राष्ट्रिय एकता, भौगोलिक अखण्डता र शान्तिको चाहनामा यसले कस्तो असर पार्ला?' उहाँले सरकारको नेतृत्व गरिरहेको शक्तिमा क्रमभंगता नआओस भन्ने पक्षमा आफूरहेको भन्दै यहि अबस्थाबाट शान्तिप्रकि्रयालाई निश्कर्षमा पुर्याउने प्रतिबद्धता जनाए । ६ दलहरुबीच छलफल जारी रहेकोले आयोगहरु छिट्टै गठन हुने उहाँले बिश्वास पनि व्यक्त गरे । बजेटको कार्यान्वयन, राहत वितरण, भुमिसुभार आयोग, राज्यपूनसर्ंचना आयोगका साथै घाइते, अपाङग, सहिद र बेपत्ताका विषयमा कुनै न कनै निर्णयमा पुगिने उहाँको भनाई थियो । सुचना तथा सन्चारमन्त्री कृष्ण बहादुर महराले राजतन्त्रको अन्त्य भएपनि सामन्तवादको अबशेष बाँकि नै भएकोले त्यसलाई समाप्त पार्न कर्मचारी प्रशाशनको भूमिका महत्वपूर्ण हुने बताए । सोहि कार्यक्रममा सामान्य प्रशाशन मन्त्री पम्फा भुषालले सरकारका निति, योजना तथा कार्यक्रमलाई कार्यान्बयन गर्न कर्मचारी प्रशाशनको महत्वपूर्ण भूमिका हुने बताउँदै राजनितिक परिबर्तन अनुसार प्रशाशन संयन्त्रमा परिबर्तन ल्याउन सरकारले प्रशाशन पुनरसंरचना आयोग गठन गर्न लागेको जानकारी दिए । यस्तै सरकारका मुख्य सचिब भोजराज घिमिरेले राजनितिक परिबर्तनले लिएको गतीको अनुपातमा राज्यका संयन्त्रहरुमा परिबर्तन हुन नसेकेको सत्य औंल्याउँदै परीबर्तनलाई आत्मसात गरेर अगाडी बढ्नुको बिकल्प नभएको बताए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||