Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

'नयाँ राजा'हरुको उदय भएकोमा प्रचन्डको खबरदारी


कार्यक्रममा उपस्थित माओवादी नेताहरु Prachanda and other Maoists leaders in Gorkha rally. Photo: Sitaram

काठमाडौं,  June 2, 2008- माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार बनाउने बाटो छिट्टै खुला नगरिए गिरिजाप्रसाद कोइराला नेतृत्वको बर्तमान सरकारबाट बाहिरिएर आफ्नो पार्टी आन्दोलनमा जाने बताएका छन्।

'हामी गोर्खाबाट फर्केपछि नयाँ सरकार गठनकालागि अरु दलहरुसँग कुराकानी हुनेछ, २, ४ दिनभित्र सहज निकास निस्कियो भने राम्रै भयो' संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको उत्सवमा पार्टीको गोर्खा जिल्ला समितिले आयोजना गरेको सभामा आइतबार सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने- 'यदि नयाँ सरकार बनाउने बाटो खुला गरिएन भने हामी सरकार छाडेर सडक आन्दालनमा आउनेछौं ।'

कांग्रेस र एमाले मिलेर माओवादीलाई सडकमा आउन बाध्य पार्न थालेको आरोपपनि उनले लगाए । प्रचण्डको भनाई थियो- 'हामीलाई जनताले बिजयी बनाएर पठाएका छन् तर बालुवाटार र सिंह दरवारमा हाम्रो शक्ति स्थापित भएको छैन त्यसैले त्यहाँ जनताको शक्ति स्थापनाकालागि हामी फेरि जनताको बीचमा आउनुपर्ने स्थिति देखिएको छ ।' उनले सहज निकासकालागि बाटो खुल्ला गर्न कांग्रेस, एमालेसँग आग्रह गरे । त्यो नहुने सम्भावनापनि उत्तिकै रहेको औंल्याउँदै प्रचण्डले भने- 'त्यसैले आन्दोलनकालागि तैयार रहनपनि म गोर्खाली जनतासँग आग्रह गर्दछु ।'

राजतन्त्रको अन्त्य जेठ १५ गते संविधान सभाको पहिलो बैठकले गरेपनि 'नयाँ राजा' को रुपमा प्रधानमन्त्री कोइराला अगाडि सरेको उनले बताए । 'निर्वाचन जितेको शक्तिलाई सहज ढंगले सत्ता नछाडेर फेरि राजाबादी मान्यता थोपर्ने काम हुन थालेको छ, सत्ता नछाड्न हामीमाथि विभिन्न शर्त राख्ने काम भएको छ' प्रचण्डले भने- 'हारेको कांग्रेसले सत्ताकालागि हामीमाथि शर्तमाथि थोपर्ने अधिकार कहाँबाट पायो "' विदेशी कुटनीतिज्ञहरुले समेत आफूसँगको भेटमा कांग्रेसले सहज ढंगले सत्ता नछोडेर नेपालको बदनाम गराएको बताएको दावी उनले गरे ।

आफ्नो सत्ता गुम्ने भयो भनेर राजतन्त्रको अन्त्यपछि कांग्रेसका केही नेताहरु पछुतो मान्न थालेको सूचना आफूले पाएको प्रचण्डको दावी थियो । 'हिजो शनिवार बेलुका कांग्रेसको नेतृत्वमा रहेका केही नेताहरुको बैठक भएको सूचना मैले पाएँ, कांग्रेस ज्ञानेन्द्रसँगै भएको भए अरु १०-२० वर्ष सत्तामा बस्न पाइन्थ्यो तर माओवादीसँग मिल्दा सत्ताबाट हट्नुपर्ने भयो भनेछन्' प्रचण्डले भने- 'कांग्रेसले सत्ताबाहेक अरु केही देखेको रहेनछ भन्ने कुरा यसबाट देखिन्छ, ज्ञानेन्द्रकै जस्तो बुद्धि कांग्रेसमापनि पलाउन थालेको छ, ज्ञानेन्द्रको र कांग्रेस-एमालेको सोच्ने तरिका अहिलेपनि एउटै छ ।'

माओवादी विरुद्ध संकटकाल लगाएर आफूहरुको टाउकाको मोल तोक्ने कांग्रेस र एमाले भएको बताउँदै प्रचण्डले आफूहरुले दरवार हत्याकाण्डपछि नै राजतन्त्र फाल्न आग्रह गरेको तर कांग्रेस र एमाले राजा ज्ञानेन्द्रसँग हातेमालो गर्न गएको बताए । प्रचण्डले भने- 'हामी जतिबेला अब देशमा गणतन्त्र स्थापना गनुपर्छ भन्दै थियौं र गणतन्त्रकालागि दलहरुसँग सहकार्यको हात बढाइरहेका थियौं त्यो बेला आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेस र कम्युनिष्ट भन्ने एमाले हत्याराहरुसँग गठजोड गरेर राजतन्त्र जोगाउने र गणतन्त्रकालागि लड्ने हामीलाई मार्न सेना परिचालन गर्दै थिए ।'

कार्यक्रममा बोल्दै माओवादीका बरिष्ठ नेता डा. बाबुराम भटराईले जनताले विजय गराएको माओवादीलाई सहज ढंगले सत्ता हस्तान्तरण नगरे कांग्रेस र एमालेको हालतपनि राजा ज्ञानेन्द्रको जस्तै हुने चेतावनी दिएका थिए भने साहित्यकार खगेन्द्र संग्रौलाले चुनावमा पराजित भएका कांग्रेस-एमालेले सहजै माओवादीकालागि सत्ता नछोड्नु खेदजनक भएको बताए । संग्रौलाको भनाई थियो- 'अहिले उनीहरु माओवादीको विरुद्ध हामी सबैको जोड्दा यति मत छ भनेर बार्गेनिङ्ग गर्न थालेका छन्, यसले देश-विदेशमा राजनीतिक दलप्रति राम्रो सन्देश गएको छैन ।'

त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले शाह बंशको स्थापना भएको गोरखा दरवारमा गई त्यहाँको अवलोकन गरेका थिए । उनले उपल्लो गोरखा दरवारलाई 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' को रुपमा उद्घाटन गरेका थिए भने तल्लो गोरखा दरवारलाई गोरखा संग्रहालयको रुपमा उद्घाटन गरेका थिए ।

यस सम्बन्धी रमाईलो रिपोर्ट प्रकासित हुँदै छ ।

-Sitaram Baral in Gorkha
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®