|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
अबको ३ हप्ता भित्र माओवादीको सरकार र प्रचण्ड
प्रधानमन्त्री बन्ने![]() Prachanda aka Pushpa Kamal Dahal. Photo: Santa Gaha Magar काठमाडौं, April 25, 2008-माओवादीका एक केन्द्रीय नेताले नयाँ सरकार बन्न करिव तीन हप्ता लाग्ने संकेत गरेका छन् । नेता दीननाथ शर्माले जेठ १० गतेभित्र माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएपछि माओवादी नेतृत्वको सरकार हेर्न अझै तीन हप्ता कुर्नूपर्नेछ । उनले माओवादीको नेतृत्वमा नयाँ सरकार गठनबारे कांग्रेस-एमालेबीच सहमति भैसकेको खुलाशापनि गरेका छन् । संविधान सभामा प्रत्यक्षबाट २ सय ४० र समानुपातिक निर्वाचन प्रणालीबाट ३ सय ३५ गरी जम्मा ५ सय ७५ सदस्य निर्वाचित हुन्छन् । बाँकी २६ विशिष्ठ व्यक्तिलाई मन्त्री परिषदले चयन गरेपछिमात्र ६ सय १ सदस्यीय संविधान सभाले पूर्णता पाउँछ । अन्तरिम संविधानमा भएको यस प्रावधान अनुसार संविधान सभाका २६ सदस्य हालकै मन्त्री परिषद्ले चयन गर्छ वा नयाँ सरकारले यसबारे विवाद कायमै छ । संविधान सभाका २६ सदस्य नयाँ सरकारले चयन गर्ने दावी माओवादी नेता शर्माले गरेका छन् । राजधानीमा विहीबार आयोजित साक्षात्कारमा शर्माले भने- 'जेठ १० गतेभित्र नयाँ सरकार बन्नेछ र नयाँ सरकारले २६ जना थप सदस्य मनोनयन गरेपछि संविधानसभाको बैठक बस्नेछ ।' उनका अनुसार जेठको पहिलो साताभित्रै संविधानसभाको पहिलो बैठक बसिसकेको हुनेछ । राजतन्त्र अन्तका लागि आफ्नो दलले प्रस्ताव दर्ता गर्ने जानकारी िदंदै आफूहरु रक्तपातविना राजाले दरबार छोडुन् भन्ने पक्षमा रहेको भनाई दोहोर्याए । शर्मा अन्तरिम संसद- व्यवस्थापिकामा माओवादीको संसदीय दलको प्रमुख सचेतक छन् । उनी समानुपातिक सिटबाट संविधान सभा सदस्य हुँदैछन् । रिपोटस्र कल्बले आयोजना गरेको सो साक्षात्कार कार्यक्रममा उदयपुर- १ बाट निर्वाचित नेपाली कांग्रेसका डा. नारायण खड्काले संविधानसभालाई सरकार गठनका दृष्टिलेमात्र हेरिननहुने बताए । उनले भने- 'संविधान सभाको चुनाव सरकार गठनका लागि भएको थिएन संविधान बनाउन भएको थियो ।' उनले पार्टी केन्द्रीय समितिको बैठकले सरकारमा नजाने निर्णय गर्ने दावी गरे । एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले नयां सरकार गठन र नयां संविधान निर्माणको प्रकि्रयाबारे तत्काल छलफलको आवस्यकता रहेको बताउँदै सरकार बाहिरै बसेर एमालेले माओवादीलाई सघाउने बताए । उनको भनाई थियो- 'यो बेला माओवादीलाई एकलौटी सरकार गठन गर्न दिएर सहयोग गर्नुपर्छ ।' -Sitaram Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®