Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
तीन दलको नयाँ गठबन्धन अपबित्र र अनैतिक भएको प्रचण्डको आरोप

काठमाडौं,  July 21, 2008- नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले काँग्रेस, एमाले र फोरमवीचको सम्बन्धले शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुग्नमा बाधा उत्पन्न गर्न सक्ने बताएका छन् ।

साउन ४ गते राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतदान शुरु भईसकेपछि भएको तीन दलको नयाँ गठबन्धनलाई अध्यक्ष दाहालले अपबित्र र अनैतिक भएको आरोप लगाएका छन् ।

विचार धारात्मक रुपमा टाट पल्टिसकेको विचारलाई बोकेर हिड्दा मुलुकले दुःख पाउने अध्यक्ष दाहालको भनाई थियो । साउन ५ गते सिंहदरबार स्थित माओवादी संविधान सभा दलको कार्यालयमा सन्‍चारकर्मीसँग कुरा गर्दै उनले भने 'उहाँहरुवीच नयाँ गठबन्धन बने पनि शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याउन र नयाँ संविधान निर्माण गर्न सहमती र सहकार्यको खाँचो छ ।' आफूहरुले रिस र आवेग नलिई धैर्यता पूर्वक अघि बढ्ने पनि उनले बताए ।

'१२ बुदे समझदारीदेखिको शान्ति प्रकृया यो अपवित्र गठबन्धनसंगै संकटमा परेको छ' प्रचण्डले भने- 'राजनीतिक पूर्वाग्रहका कारण अपवित्र गठबन्धन गरिएको छ यसले देशलाई संकटमा पार्नेछ ।' उनले एमाले र मधेशी जनअधिकार फोरमले आवेगमा आएर नयां समीकरण निर्माणमा लागेको आरोपसमेत लगाएका छन् ।

अध्यक्ष दाहालले आफ्नो पार्टीले उठाएको राष्ट्रपतिका उम्मेदवार रामराजाप्रसाद सिंहलाई जिताउन साना दलहरुसँग छलफल गरेको र ठूला दलसँग पनि कुराकानी गर्ने जानकारी दिए ।

साउन ६ गते विहान ८ बजे हुने निर्वाचनमा एमालेसँग सहकार्य गर्ने प्रश्ताव एकता केन्द्रका महासचिव तथा सभासद नारायण काजी श्रेष्ठ 'प्रकाश' मार्फत पठाएका थिए । तर एमाले महासचिव झलनाथ खनालले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा यस्तै भयो सरकार बनाउँदा सहकार्य गरौंला भन्ने जवाफ दिएको प्रकाशलाई उधृत गर्दै प्रचण्डले बताए ।

माओवादी उम्मेदवार सिंह कथंकदाचित पराजित भएमा माओवादी सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्ने आधारिक निर्णय नभई सकेको प्रचण्डको भनाई थियो ।

उता रिपोटस्र क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माओवादीका बरिष्ठ नेता मोहन बैद्य 'किरण' ले राष्ट्रपतिमा रामराजाप्रसाद सिंह विजयी नभए माओवादी सरकारमा नजाने बताएका छन् । बैद्यले माओवादी पार्टीको विरुद्ध घेराबन्दी सुरु भएको बताउंदै घेराबन्दीका बीच सरकारमा जांदा जनताको पक्षमा काम गर्न नसकिने बताएका छन् ।

'हाम्रो पार्टी विरुद्ध घेराबन्दी गरिएको छ यो घेराबन्दीकाबीच हामी सरकारमा जांदैनौं' माओवादी नेता किरणले भने- 'बहुमत हुनेहरुले सरकार बनाएर देखाए हुन्छ हामी सरकार बाहिरै बसेर संविधान निर्माणमा भूमिका खेल्नेछौं ।'

-Santa Bagam and Vivek Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®