Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

नेपाली भाषामा ५३६ चलचित्र, मगर भाषामा १७ वटा मात्रै चलचित्र बन्नु दु:खद



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

अन्य मातृभाषाहरुमा गुरुङ्ग ५८, तामाङ ५०, नेवारी ४३, लिम्बु ९, राई ३ चलचित्र बने

Magar movie professional and writers at the seminar. Photo: Santa

काठमाण्डौ, 31 Jan, 09-
नेपालमा ब्रामण र क्षेत्रीपछि तेस्रो ठूलो जनसंख्या भएका मगर समुदायका चलचित्रकर्मी तथा साहित्यकारहरुले मगर भाषा, साहित्य र चलचित्र निर्माणमा गुणात्मक विकास नभएकोमा दुःख प्रकट गरेका छन् ।

नेपाल आदिवासी मगर प्रतिष्ठान (नीम) फाउण्डेसन, मगर चलचित्रकर्मी संघको आयोजना तथा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आयोजन गरिएको 'मगर साहित्य र मगर चलचित्र विषक विचार गोष्ठी' कार्यक्रममा उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

राजधानीमा माघ १८ गते आयोजित विचार गोष्ठी कार्यक्रममा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका सदस्यसचिव लोकबहादुर थापा मगरले साहित्य र चलचित्रमा विकास नभएसम्म कुनै पनि जातिको समग्र विकास हुन नसक्ने धारणा राखे । मगर साहित्यमा कलम चलाउँदै आएका थापा मगरले चलचित्र र साहित्य क्षेत्रमा कि्रयाशिल पुराना सर्जकहरुको निरन्तर योगदान तथा युवा पुस्ताको सकि्रयता विना कुनै पनि जातिको भाषा, साहित्य, चलचित्र क्षेत्रको विकास असंभव हुने ठोकुवा गरे ।
 

Photo: Santa

कार्यक्रमका वक्ताहरुले नेपाली भाषामा ५ सय ३६ चलचित्र बनी सक्दा पनि मगर भाषामा जम्मा १७ वटा मात्रै चलचित्र बन्नु अत्यन्त लज्जस्पद भएको टिप्पणी गरे । अन्य मातृभाषाहरु मध्ये अहिलेसम्म गुरुङ्ग ५८, तामाङ ५०, नेवारी ४३, लिम्बु ९, राई ३, धिमाल २, दुरा १ र थारु भाषामा करिब डेढ दर्जन चलचित्र निर्माण भएको छ ।

कार्यक्रममा मगर साहित्य र चलचित्रको गुणस्तर सुधारको विषयमा ७ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । मगर चलचित्र कर्मी संघका महासचिव मेजन पुन मगरले 'मगर चलचित्रमा मगर संस्कृतिको मापदण्ड कति?' भीम राना मगरले 'चलचित्रमा प्रकाशको भूमिका?, वैरागी नाता मगरले 'साहित्य र चलचित्रमा मगर भाषा केहि समस्या र समाधान' शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी नीम फाउण्डेसन तथा मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की राना मगरले 'मगर चलचित्रहरुको मापदण्ड, चुनौति र संभाव्यता', जेबी घले मगरले 'मगर चलचित्रको धार-सस्तो मनोरन्‍जन या समाज परिवर्तन', मगर चलचित्रकर्मी संघका उपाध्यक्ष संजोग लाफा मगरले 'मगर भाषा र चलचित्र' तथा नेपाल मगर संघका भाषिक उपाध्यक्ष नवीन रोका मगरले 'कस्तो बन्नु पर्छ अबको मगर चलचित्र?' शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए ।

-Santa Bagam in Kathmandu
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®