|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली कांग्रेसको संघीय संरचनामा ६ प्रदेशको
अवधारणा काठमाण्डौं, November 30, 2008- संविधान सभामा सहभागी अधिकांश दलहरुले राज्यको पुनःसंरचना सम्बन्धीको अवधारणा सार्वजनिक गरिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संघीय संरचनाको अन्तिम तयारी गरिरहेको छ । कांग्रेसले अघि ल्याउन लागेको राज्यको पुनःसंरचनासम्बन्धीको अवधारणा ६ प्रदेशको हुने स्रोतले बताएको छ । कांग्रेसले पूर्व प्रदेश, मध्यप्रदेश, बाग्मती प्रदेश, गण्डक प्रदेश, पश्चिम प्रदेश र कर्णाली प्रदेश गरी ६ प्रदेशको अवधारणा सार्वजनिक गर्दैछ । नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले कांग्रेसको यससम्बन्धी अवधारणाको अन्तिम तयारी पूरा भएको र चाँडै सो अवधारणा सार्वजनिक गरिने यूएसनेपाल अनलाईनसँग बताउनुभयो । कांग्रेसले अघि सार्ने अवधारणामा पूर्व प्रदेशमा इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपूर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपूर गरी १४ जिल्ला समेटिएको छ भने मध्यप्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, रौतहट, बारा, पर्सा र मकवानपूर गरी ११ जिल्ला समेटिएको छ । यसैगरी बाग्मती प्रदेशमा काठमाण्डौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, दोलखा, सिन्धुपाल्चोक र काभ्रे गरी ९ जिल्लाको प्रस्ताव गरिएको छ । त्यस्तै चितवन, गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, पाल्पा र नवलपरासी गरी १३ जिल्लाको गण्डक प्रदेश बनाउन लागिएको छ। यसैगरी पश्चिम प्रदेशमा रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, प्युठान, रोल्पा, डोल्पा, रुकुम, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत र जाजरकोट गरी १३ जिल्लालाई समेटिएको छ भने कर्णाली प्रदेशमा दार्चुला, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, दैलेख, अछाम, डोटी, कैलाली, कन्चनपुर, डडेल्धुरा र बैतडीलाई समेट्ने प्रयास गरिएको छ । कांग्रेसले ६ प्रदेशको प्रस्ताव अघि बढाउन खोजे पनि यस्तो खाकाले कांग्रेसलाई झन् कमजोर बनाउने भनेर कांग्रेसभित्रै मतान्तर भइरहेको स्रोतले बताएको छ । स्रोत साधनले सम्पन्न भएका अन्य कतिपय जिल्लाहरुलाई मिलाएर ऐतिहासिक आधारमा जाति, भाषा र जनसंख्यालाई मिलाइएको खाका अघि सार्न केहि नेताहरुले जोड दिएको पनि स्रोतले बताएको छ । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||