Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
Faces
of the Week
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
नयाँ सरकारमा सामेल हुन आग्रह गरेपनि कांग्रेस
प्रतिपक्षमै बस्ने
काठमाडौं, July 11, 2008-
माओवादी अध्यक्ष प्रचण्डले पर्सी असार २९ सम्म देशले नयाँ राष्ट्रपति
पाइसक्ने बताएका छन् ।
विहीबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको भेटपछि अध्यक्ष प्रचण्डले
सो कुराको खुलाशा गरेका हुन् । कोइरालासँगको भेटपछि प्रचण्डले
सन्चारकर्मीहरुसँग भने- 'यो महिनाभित्रै नयाँ सरकार बनिसकेको हुनेछ, असार
२९ गतेसम्म को-को राष्ट्रपति र उपराष्ट्रपति, संविधान सभाको अध्यक्ष र
उपाध्यक्ष बन्ने भन्ने सबै कुराको टुङ्गो लागिसक्नेछ ।'
नयाँ सरकार गठनकालागि सल्लाह गर्न माओवादी अध्यक्ष प्रचण्ड विहीबार
प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बरिष्ठ माओवादी नेता डा.
बाबुराम भट्टराईसहित बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्री कोइरालाले
सरकार गठनको गृहकार्य सुरु गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री कोइरालाले
नयाँ सरकारको नेतृत्वकर्ताका नाताले सबै पार्टी र समूहसँग कुराकानी गरी
सहमति निर्माण गरेर अघि बढ्न माओवादी नेताद्धयलाई सुझाव दिएका थिए ।
प्रत्युत्तरमा प्रचण्डले आफ्नो नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेसपनि
सहभागी बन्नुपर्ने आग्रह गरेका थिए। प्रचण्डको भनाई थियो- 'अहिलेको प्रमुख
कर्तव्य नयाँ संविधान निर्माण गर्नु हो, सहमतिमा अघि बढ्नुपर्ने गरी जनताले
मत दिएका छन्, त्यसैले नेपाली कांग्रेसपनि सरकारमा सँगै रहनुपर्छ ।' तर
कोइरालाले नेपाली कांग्रेस प्रतिपक्षमै बस्ने जानकारी माओवादी नेताद्धयलाई
दिए ।
-Sitaram Baral in Kathmandu
|
|