|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
माओवादीले सत्ता कब्जा गरे कांग्रेसको पालो
जंगल जाने? काठमाडौं, May 15, 2008-नेपाली
कांग्रेसका नेताले माओवादी सत्ता कब्जाको बाटोमा जाने हो भने नेपाली
कांग्रेसपनि हिजो माओवादी झैं जंगल जाने चेतावनी दिएका छन्।कांग्रेसका सहमहामन्त्री अर्जुननरिसंह केसीले यस्तो चेतावनी दिएका हुन् । माओवादीलाई जंगलबाट शान्ति वार्तामा ल्याइएका बेला बुधबार रिपाटस्र क्लबद्धारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री केसीले माओवादीको सत्ता कब्जालाई आधार बनाउँदै जंगल जाने चेतावनी दिएका हुन् । सो कार्यक्रममा बोल्दै माओवादी वरिष्ठ नेता मोहन वैद्य 'किरण' ले दुई तिहाई बहुमतले प्रधानमन्त्री हटाउने संवैधानिक प्रावधान संसोधन गरिए नेकपा माओवादी सरकारमै नजाने बताए । माओवादी सत्तामा जाने देखिएपछि अन्तरिम संविधानमा संसोधन गरी सामान्य बहुमतले सरकार बनाउन सकिने र हटाउने प्रावधान राख्नुपर्ने शर्त नेपाली कांग्रेसले अघि सारेको छ । कांग्रेसको शर्त गलत भएको बताउँदै माओवादी नेता किरणले भने- 'त्यसो भए हामी सरकारमा जाँदैनौं ।' उनको थप भनाई थियो- 'प्रधानमन्त्री बन्ने र हट्ने सम्बन्धमा अन्तरिम संविधानमा जे प्रावधान छ त्यही हुनुपर्छ माओवादी संशोधनको पक्षमा छैन किनभने संविधान संसोधन गर्नासाथ राजनीतिक अस्थिरता बढ्छ ।' उनले प्रश्न गरे- 'माओवादी सरकारमा जाने भएपछि संविधान संसोधन गरी साधारण बहुमतबाटपनि सरकार हटाउन सकिने प्रावधान राख्न खोजिनुको कारण के हो विगतमा आफैले बनाएको संवैधानिक प्रावधानमाथि प्रश्न उठाउनु राजनीतिक बेइमानी हो कि होइन ?' कांग्रेस र एमाले चुनावमा पराजित भएपछि अनेकन शर्तहरु तेर्स्याएर बखेडा झिक्न खोजेको आरोप लगाएका माओवादी नेता किरणले सरकारको नेतृत्व गर्नबाट माओवादीलाई कसैले रोक्न नसक्ने दावीपनि गरे । तत्कालका लागि 'कार्यवाहक राष्ट्रपति' का रुपमा मुलुक चलाइने बताउँदै उनले माओवादीबाट प्रचण्डबाहेक कोही प्रधानमन्त्री या राष्ट्रपनि बन्ने अवस्था नरहेकोपनि बताए । उनले भने- 'हामी गिरिजाबाबुलाई सम्मान गर्छौं तर राष्ट्रपति या प्रधानमन्त्री बनाउन्नौं ।' माओवादीले सत्ता कब्जा गरे कांग्रेस जंगल जाने चेतावनी दिएका कांग्रेस सहमहामन्त्री अर्जुननरिसंह केसीले पार्टीले प्रस्तुत गरेको सात बुंदे माग पूरा नभई सरकारमा पनि नजाने र माओवादीसंग सहकार्य पनि नगर्ने कुरा दोहोर्याए । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजिनामाका सम्बन्धमा उनले भने- 'माओवादीले डर धम्की दिने काम छाडुन्, युद्धकालिन संरचना अन्त गरुन्, दुई सेनाको अवस्था अन्त गरुन्, कब्जा गरिएका घरजग्गा सम्पत्ति फिर्ता गरुन् , त्यसपछि कोइरालाले आजै राजीनामा दिनुहुन्छ ।' उनले राजिनामा कसलाई दिने भन्ने समस्या रहेकोपनि बताए । कांग्रेसले सत्ताका लागि होइन लोकतान्त्रिक परिपाटीको सुनिश्चितताका लागि माओवादीसामु शर्त राखेको दावी सहमहामन्त्री केसीको थियो । 'हामीपनि सहमति र सहकार्यको पक्षमा छौं तर माओवादी नेतृत्वको सरकारमा जाँदैनौं' उनले कारण खुलाए- 'माओवादीले बनाएको सस्ता नाराको अचानो बन्न कांग्रेस सरकारमा जाँदैन ।' एमालेलाई पनि माओवादी नेतृत्वको सरकारमा गएर माओवादीको अचानो नबन्न सुझाव दिएका कांग्रेस नेता केसीले माओवादी नेतृत्वको सरकारलाई बाहिरै बसी सहयोग गर्न कांग्रेस तैयार रहेको बताए । सहमहामन्त्री केसीले नयां सरकार गठनपूर्व सामान्य बहुमतले प्रधानमन्त्री हटाउने प्रावधान राखिनुपर्ने बताएका थिए । Arjun Narsingh KC. Photo contributed: Sirab -Vivek Baral in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®