|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सेना समायोजन विशेष समितिमा नेपाली कांग्रेस
ल्याइने काठमाण्डौं, December 2, 2008- नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कुनै हालतमा सेना समायोजन हुन नदिने बताइरहेका बेला नेकपा माओवादी का सचिवालय सदस्य वर्षमान पुन 'अनन्त' ले सेना समायोजनको विशेष समितिमा नेपाली कांग्रेसलाई ल्याउने सबै आधार र प्रकि्रया पूरा भइसकेको बताएका छन् । विशेष समितिमा कांग्रेसलाई ल्याउन भोलि चार दलको बैठक बस्नलागेकोसमेत बताउँदै माओवादी नेता अनन्तले त्यसपछि समायोजन प्रकृया अघि बढ्ने विश्वास लिएका छन् । 'सेना समायोजनको विशेष समितिमा नेपाली कांग्रेसलाई ल्याउन सबै आधार तयार भइसकेको छ' अनन्तले भने- 'कांग्रेस विशेष समितिमा आउँछ भोलि मंगलबार चार दलको शीर्ष नेताको बैठकले यसबारे टुंगो लगाउनेछ ।' शान्ति प्रकि्रयाको महत्वपूर्ण पाटोका रुपमा सेना समायोजन रहेकाले कांग्रेसले जिम्मेवारी देखाउनुपर्ने बताएका उनले कांग्रेसविनाको सेना समायोजन विशेष समितिको काम अगाडि बढाउने नसोचेको बताए । सेना समायोजन विगतको सम्झौताअनुरुप हुने बताउँदै माओवादी नेता अनन्तले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सेना समायोजनकोविरुद्ध अभिव्यक्ति दिएको भन्दै आलोचना गर्न चुकेनन् । 'गिरिजाप्रसाद कोइराला कहिले सेनामा समायोजन गर्न दिन्न भन्नुहुन्छ त कहिले वाइसिएल बिघटन गर्नुपर्छ भन्नुहुन्छ' उनले भने- 'कहिले अन्मिनको विरोध गर्नुहुन्छ कहिले कसको, उहाँको भर नै हुन छाड्यो ।' जनसेनालाई नेपाली सेनामै समायोजन गर्नुपर्नेमा उनको जोड थियो । कोइरालाले भनेजस्तो 'वाइसिएल' बिघटन नहुने भन्दै कमी-कमजोरीको समिक्षा गर्न तयार भएको बताए । मुलुक संघीयतामा जाने निश्चित भइसकेको बताउँदै वैज्ञानिक किसिमले संघीयताको टुंगो लगाएर मुलुकको एकतालाई मजबुद पार्नुपर्नेमा उनको जोड थियो । आज बसेको तीन दलको बैठकले सरकार संचालनका लागि संयन्त्र बनाएको बताउँदै उनले संयन्त्रमा माओवादीबाट देव गुरुङ र वर्षमान पुन, एमालेबाट माधव नेपाल र भीम रावल, मधेशी जनअधिकार फोरमबाट उपेन्द्र यादव र शरदिसंह भण्डारी रहेको बताए । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||