|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेपाली काँग्रेसको बैठकमा प्रतिपक्षको हतासा![]() NC leaders at the Nepali Congress Central Committee meeting. Photos: Santa काठमाडौं, August 26, 2008- भदौ ९ गतेदेखि राजधानीमा जारी नेपाली काँग्रेस केन्द्रीय समितिको वैठकमा तीव्र विवाद उत्पन्न भएको छ। २०४६ सालमा प्रजातन्त्र स्थापना भएदेखि अहिलेसम्म झण्डै पुरै अवधि सरकारमा बसेको काँग्रेसलाई अहिले प्रतिपक्षको भूमिका फलामको चिउरा सरह भएको बताइएको छ । यो कुरा पार्टी मूख्यालय सानेपामा जारी वैठकमा बोल्ने केन्द्रीय सदस्यहरुको भनाईले नै पुष्टी गर्दछ । वैठकको पहिलो दिन महामन्त्री विमलेन्द्र निधिद्धारा प्रस्तुत ९ पेज लामो प्रतिवेदनमा केन्द्रीत रहेर बोल्ने भनिए पनि केन्द्रीय सदस्यहरुको भनाई आफैमा विरोधाभासपूर्ण थियॊ । काँग्रेस केन्द्रीय सदस्य सुनील भण्डारी यहि वैठकले महाधिवेशनको तिथि मिति घोषणा गर्ने बताउँछन् भने अर्का केस प्रदीप गिरी अहिले महाधिवेशन नभई महासमितिको वैठक आवश्यक भएको धारणा राख्छन् । माओवादी नेतृत्वमा सरकार गठन भएपछि माओवादी, एमाले लगायतका दलहरुसँगको सम्बन्ध कस्तो रहने भन्ने विषयमा पनि काँग्रेसी नेताहरुमा विवाद छ । सुनील भण्डारीले माओवादीसँगको सहमतीको राजनीति समाप्त भएकाले उसको विरोध गर्नुको विकल्प नभएको बताउँछन् । स्रोतका अनुसार भदौ १० गते बोल्ने मध्ये केही नेताहरुले माओवादीको सरकारलाई गुण र दोषको आधारमा सर्मथन वा विरोध गर्नु पर्ने धारणा राखेका थिए । माओवादी वाहेकको गठबन्धन बनाएर भएपनि अहिलेको सरकारलाई असफल बनाउने कुरा समेत वैठका उठेको स्रोतको भनाई छ । |
|
![]() आजको वैठकमा मानबहादुर विश्वकर्मा, सुप्रभा घिमिरे, उमा अधिकारी, सुनील भण्डारी, फरमुल्लाह मन्सुर, चिरन्जीवी वाग्ले लगायतले बोलेका थिए । माओवादी इतरको सरकार बनाएर पुन सरकारको नेतृत्व काँग्रेसले गर्नु पर्ने अडान राख्दै आएका उपसभापति रामचन्द्र पौडेल समूहले माओवादी सरकारको स्थायित्व लामो नहुने ठोकुवा गरेका थिए । वैठकले महाधिवेशनको मिति घोषणा गर्ने, संविधान सभा र संसदमा पार्टीको भूमिका निर्धारण गरिने, अन्तर पार्टी सम्बन्ध स्पष्ट गर्ने र विस्थापित तथा बाढी पिडितलाई सहयोग गर्ने बारे निर्णय गरिने नेता भण्डारीले जानकारी दिए । अझै दुई तीन दिन लम्बिने बताइएको सो वैठकमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भने उपस्थित थिएनन्। -Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||